मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

प्रमुख समाचार

ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन्। काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन त्यहाँ पुगेका थिए।

काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका ३ सय मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् । काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *