४७ जना चिनियाँ नागरिक पक्राउ

देश/विदेश समाचार

आज सिंहदरबारको गेटमा चिनियाँले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिय । उक्त प्रदर्शनका क्रममा प्रहरी माथी आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । त्यस क्रममा महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका हुन् । त्यसै क्रममा ४ जना चिनिया नागरिक पनि घाइते भएका थिए ।

उनीहरु सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *