कामदारको अभाममा विकासका कामहरु पूरा हुन मुश्किल भइरहेको छ

अन्तरवार्ता प्रमुख प्रशासन सुदूरपश्चिम प्रदेश

 

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना निर्माणका कामहरु कसरी भइहेको छ ? सडक निर्माण, पुल निर्माण, आवास निर्माण र पूर्वाधार विकास मन्त्रालयको वर्तमान अवस्थाबारे मन्त्रालयका सचिव धर्मेन्द्रकुमार झासँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

० विश्व यतिबेला कोरोना कहरको मारमा छ । नेपालीहरु पनि घरबन्दीमा छन् । यसबीचमा विकास निर्माणका कामहरु कसरी भइरहेका छन् ?
– विकास विर्माणका कामहरुले पहिलेजस्तो तिव्रता पाउन सकेका छैनन् । विगतमा तीव्र गतिमा निर्माण कामहरु हुँदै आएकामा चालू आर्थिक वर्षको चैतपछि बल्ल आएर विकासका कामहरुलाई सुचारु गरेका छौँँ । तर, अझै पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेका छैनाँै । विकासका कामहरु अझै ओझेलामा छन् । अहिले कामदार पाउनै सकस छ । यहाँका पहाडी क्षेत्रमा तराइबाट कामदार ल्याउनुपर्छ । तराइका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम भएकाले धेरै आयोजनाहरु अलपत्र अवस्थामा छन् । केही आयोजनाको काम भइरहेका छ ।
० सञ्चालित आयोजनाको काम कसरी भइरहेको छ ?
–अहिले मुख्यगरी सडक निर्माणका कामहरुले तिव्रता पाएका छन् । मुगु र हुम्लामा हामीले चाहेजस्तो काम गर्न सकेका छैनौँ । अन्य स्थानहरु दैलेख, कालिकोट, सुर्खेतलगायत जिल्लाहरुमा धमाधम काम भइरहेको छ । प्रयाप्त स्रोत साधनको भने अभाव छैन ।
० स्रोत साधन सबै तराइबाटै आयात गर्नुपर्ने हुन्छ । त्यसमा पनि नेपालगन्ज कोरोनाका हब बनिसकेको छ । कसरी सुरक्षित गराउनुहुन्छ, कामदारहरुलाई ?
यो हामीलाई पनि चुनौतीको विषय बनिरहेको छ । हामीले नेपालगन्जबाट सामान आयात गर्न सकिरहेका छैनौँ । त्यहाँ जानका लागि यहाँका ट्रक चालकहरु मान्दैनन् । कोरोनाको त्रास देखाउँछन् । यद्दपि, सामान भने आइरहेको छ । हामीले कोरोना नसरोस् भन्नका लागि पहिलो सामान ४–५ दिन ट्रकमै राख्छौँँ । अनि समय पुगेपछि मात्रै सामान झारेर प्रयोग गर्छौँँ ।
० कामदारलाई कोरोना नसरोस् भनेर कुनै सुरक्षा व्यवस्था अपनाउनु भएको छ ?
–यहाँका कामदारहरु आफूले काम गर्ने स्थानमै बस्छन् । उनीहरुको त्यो क्वारेन्टाइन मात्र होइन, आइसोलेसन नै हो । यसैले त्यहाँ उनीहरुलाई सहज छ । तर पनि काम गर्दा सोसियल डिस्ट्यान्स अर्थात सामाजिक दूरी कायम गरेका छौँँ । बाहिरबाट आएको तरकारी फलफूल नखानू भनेका छौँ । उनीहरुले त्यसै गरिरहेका छन् । कामदारहरु एकदमै सुरक्षित छन् ।
० विकास निर्माणका क्षेत्रमा प्रदेश सदरमुकाम सुर्खेतमा अहिले के कति भइरहेको छ ?
कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत विभिन्न आयोजनाहरु अहिले सञ्चालित छन् । सडक निर्माणको क्षेत्रमा बहुवर्षीय सडक कार्यक्रमअन्तर्गत छेडा–घोडाआँखे–कल्याणकाँध– मन्मडी– धनरास सडकको इलाइट कन्ट्रक्सन प्रा.लि. सुर्खेतले २०७६÷०९÷१४ गते करिब रु ५ करोड ६५ लाखमा सम्झौता गरेर ९ किलोमिटर ट्र्याक खोल्ने र १८ किलोमिटर सडक चौडा बनाउने काम २०७७÷०८÷२८ मा सम्पन्न गर्ने गरी काम भइरहेको छ । बहुवर्षीय कार्यक्रमअन्तर्गतकै धरमपोखरा–अवलचिङ–ढाडखेत–रानीबास–रहकुल– वादसाला–छिन्चु–जाजरकोट जोडने सडकको दुई प्याकेजमा निर्माण व्यवसायी श्री मजुर, खड्का जे.भि. सुर्खेत र श्री राधाकृष्ण एण्ड ब्रोदर्श सिन्धुपाल्चोकले संयुक्त २०७६÷१२÷२७ मा ९ करोड ६९ लाखमा सम्झौता गरेर १३.७ किलोमिटर सडक चौडा गरी स्तरोन्नति गर्ने योजनाका साथ २०७७÷११÷२१ गर्नेगरी काम गरिरहेका छन् । बहुवर्षीय योजना अन्तर्गतकै अन्तर्गत रत्न राजमार्ग–फलाट–रानीघाट–तेलपानी–भुरीगाउँ सडकको गत आर्थिक वर्ष २०७५÷०७६ मा ठेक्का भएर श्याम एण्ड शंकर कन्ट्रक्सनले २०७६÷०९÷२३ गते १० करोड ३० लाखमा सम्झौता गरेर ३ किलोमिटर सडक कालोपत्रे गर्ने र ७ किलोमिटर सडक स्तरोन्नती गर्ने २०७७÷०३÷०९ मा सम्पन्न गर्नेगरी काम निर्माणको काम भइरहेको छ । उक्त सडकको रानीघाट–तेलपानी–भुरीगाँउ सडक खण्डमा चालू आर्थिक वर्ष २०७६÷०७७ मा करिब २० करोड ठेक्का आह्वान गरी १८ किलोमिटर ट्र्याक खोली स्तरोन्नति गर्ने उद्देश्यका साथ २०७८ को अन्तिमसम्म काम सक्नेगरी २०७७÷०२÷१५ मा सम्झौता गर्ने गरी कार्य अगाडि बढिरहेको छ । अन्तर प्रदेश रणनैतिक सडक कार्यक्रमअन्तर्गत रत्न राजमार्ग थानीचौर– मदानीचौर – घारीवन – काल्चे भदाले–निगालचुला सडकको गत आर्थिक वर्ष २०७५÷०७६ मा ठेक्का भएर श्री गाल्वा–नान्जिला एण्ड आकांक्षा जे.भिले २०७६÷०७÷२२ मा २ करोड लागतमा सम्झौता गरी ५ किलोमिटर सडकको ट्र्याक खोली २०७७÷०३÷१५ मा सम्पन्न गर्नेगरी काम भइरहेको छ । साथै उक्त सडकको सोही खण्डमा ग्राबेलिङ र स्तरोन्नति गर्ने कामका लागि चालु आर्थिक वर्ष २०७६÷०७७ मा ६ करोडको ठेक्का आह्वान गरी करिब ०७७ असारसम्म काम सक्ने गरी २०७७÷०२÷१५ मा सम्झौताको प्रक्रिया अगाडि बढाएको हो ।
प्रदेश महत्वका सडकको रुपमा रहेको साँधिखवला–तल्लो करेली–ज्यामीचौर–गाईघाट सडकको निर्माण व्यवसायी गाल्वा निर्माण सेवा, काठमाडौंले २०७६÷०७÷२० मा २ करोड २३ लाखमा सम्झौता गरेर ३ किलोमिटर सडक चौडा गरेर स्तरोन्नती गर्ने उद्ददेश्यकासाथ २०७७÷०३÷१५ बाट निर्माण थालिएको छ । प्रदेश राजधानी सहरी सडक अन्तर्गत विभिन्न ३६ वटा साना सडकहरु निर्माण व्यवसायीहरुसंग सम्झौता गरी चालु आ.व. २०७६÷०७७ को अन्तिमसम्म निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ भने समपुरक सडक आयोजना अन्तर्गत प्रदेश राजधारी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडकको लगभग ६ किलोमिटर सडक कालोपत्रे गर्ने तीनवटा प्याकेजमा निर्माण कम्पनीहरु मजदुर कन्ट्रक्सन र श्याम एण्ड शंकर कन्ट्रक्सन, काठमाण्डौसँग १९ करोड ९३ लाखमा २०७८÷०३÷१५ कामसक्नेगरी चालु आर्थिक वर्षको पुस महिनामा सम्झौता गरिएको हो । दशरथपर डाडागाँउ (शहिद मार्ग) सडकको ९ किलोमिटर सडक चौडा गरी संरचना बनाउन ६ करोड ४४ लाख र छेडा–कचाली सडकको ४.५ मिलिमिटर ट्र्याक खोली संरचना बनाउन ५ करोड ७७ लाखमा २०७६÷०९÷१६ गते निर्माण कम्पनी खड्का कृष्ण कन्ट्रक्सन बाँकेसंग २०७८÷०२÷१६ मा कामसक्नेगरी निर्माणका कामहरु अगाडि बढाइएको छ । यसैगरी, रुकुम पश्चिम आर्थिक वर्ष २०७६÷०७७ मा कार्यन्वयन गर्नुपर्ने जम्मा २५ वटा आयोजनाहरु छन् । सडक निर्माण अन्तर्गत १५ वटा क्रमागततर्फ ९ वटा र नयाँ ६ वटा गरी जम्मा १५ वटा योजनाहरु हुन भने क्रमागत योजना मध्ये ४ वटा योजनाहरुको निर्माण कार्य सम्पन्नभइ १ वटा को अन्तिम वि लभुक्तानी भइसको र ३ वटाको अन्तिम विल भुक्तानी हुन बाँकी छ । निर्माणाधिन ४ वटा योजनाहरु मध्ये २ वटा योजनाहरुको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी २ को २५–२५ प्रतिशत काम भएको छ । एउटा आयोजनाको गत आर्थिक वर्षमा गरिएको ठेक्का प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गरिएको हो । नयाँ ६ वटा योजनाहरु मध्ये ३ वटा सम्झौताको चरणमा, २ वटाको बोलपत्रआह्वानभएको र १ वटाका एग्रिमेन्टमा विवाद भएकाले ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।

० अन्य जिल्लाहरुको अवस्था के छ ? निर्माणको काम कसरी भइरहेका छन् ?
–अन्य जिल्लाहरुमा पनि विकासका कामहरुले तिव्रता पाइरहेका छन् । पहाडी जिल्लाहरुमा कालिकोटमा क्रमागत योजनाहरु अन्र्तगत गत आर्थिक वर्षमा सुरु गरिएका रास्कोट नगरपालिका पाँचल झरना–लैफु रोड, कालिकोट सडकमा दुइ खण्डमा निर्माण कार्य जार िछ । जसको एउटा खण्डमा अमर मजदुर जे. भी. सुर्खेतले १० करोड लागत अनुमानमा सवा ६ करोड सम्झौता गरेर काम गरिरहेको छ भने अर्को खण्डमा संघीय समपुरकको १२ करोडको लागत अनुमान मध्ये पौने ८ करोडमा खड्का कृष्ण कन्स्ट्रक्सनले सम्झौता गरेर निर्माणको काम गरिरहेको छ । त्यस्तै कालिकोट–सेरी–पन्ताडी–पदमघाट–जुम्ला–रोड, कालिकोट सवा ३ करोडमा निर्माणको भइरहेको छ र चालु आर्थिक वर्षमा आवमा १० करोड विनियोजित बजेटमा क्रमागता योजनाको भुक्तानीका लागि रहने गरी बाँकी रकम झण्डै साढे ६ करोडको खरिद प्रक्रिया गर्न सूचना जारी भइसकेको छ । यसैगरी विभिन्न जिल्लास्थित सडकखण्डमा करिब १० वटा साना योजनाको निर्माण कार्य भइरहेको छ । केही आयोजनाहरुको मात्र सम्पन्न भएको हो । चालू आर्थिक वर्षमा साना १३ वटा सडकको खरिद प्रक्रिया पुरा भइसम्झौताको तयारीमा छन् । यस्तै ९ साना र मझौला सडक योजनाहरु खरिद प्रक्रिया र मूल्यांकनको चरणमा छन् । जसमध्ये मान्मादेखि रेगिल जोड्ने सडक करिब ६ करोडको लागत अनुमानमा नयाँ ट्र्याक खोली रेगिल बेलीब्रिजसम्म जोड्ने योजनामा खरिद प्रक्रिया अघि बढाइएको हो । रेगीलमा तत्काल यातायातका लागि बेलिब्रिज निर्माणको पनि खरिद प्रक्रियामा भइरहेको छ । यसरी कालिकोटमा झण्डै २८ करोडका सडक योजनाहरु निर्माण भइरहेका छन् भने भण्डै ४० करोड लगानीका सडक तथा पुल निर्माणका आयोजनाहरु खरिद प्रक्रियामा छन् ।
यस्तै, जुम्लामा गत आर्थिक वर्षका क्रमागत योजनाहरुमा दाङ्साङ्घु–चोत्रा–कैघाउ–डोल्पा रोड, जुम्ला सडक बिकोई बिल्डर्सले साँढे ३ करोडमा सम्झौता गरेर निर्माण गरिरहेको छ । अन्य साना ७ वटा सडक योजनाको ३ करोडमा सम्झौता गरिएकोमा केहिको निर्माण सम्पन्न भयो भने केहिको निर्माणको काम अन्तिम चरणमा छ । चालू आर्थिक वार्षमा १ ठुलो, ३ मझौला र ५ साना सडक योजनाको खरिद प्रक्रिया भइरहेको र गत आर्थिक वर्षमा बचत रकमको पुनः खरिद प्रक्रिया गरी सम्झौता भैसकेका छन् । जसमध्य जुम्ला एरपोर्ट, उर्थु–खालि–न्याउरिघाट–बुलबुले सडक पनि एका हो । यो सडक जुम्ला र मुगु सदरमुकाम जोड्ने एकमात्र सडक हो । यो आयोजनाको अनमानित लागत ३५ करोड भएपनि चार प्याकेज गरेर २३ करोडमा सम्झौताको तयारीमा रहेको छ । जुम्लामा क्रमागत ४ करोड लगानीमा सडक निर्माणका कार्यहरु भइरहेका छन् । चालु आर्थिक वर्षमा ४० करोड लागतका सडक निर्माणका ठेक्काहरु खरिद प्रक्रियामा छन् । तसर्थ गत आर्थिक वर्षमा जुम्ला पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुख खाली हुँदा क्रमागत योजनाहरुको अवस्था लगभग सुन्य जस्तै छन् । जो चालू आर्थिक वर्षमा निर्माण कार्य भइ खर्च हुने थियो । तर, कोरोना भाइरसका कारण त्यो पनि हुन नसक्दा जुम्लामा खर्चको अवस्था दयनीय छ ।
यस्तै, मुगु जिल्लामा गत आर्थिक वर्षका क्रमागत योजनाहरुमा रुघा–छैलाजातीबुती–मुगु सडक थोदुंग कन्स्ट्रक्सनले पौने ३ करोडमा सम्झौता गरेर निर्माण कार्य अन्तिम चरणमा छ । धोमुख–तारापानी–गमगढी–नाक्चेलगन रोड, मुगु सडक अमर मजदुरले एक करोडमा सम्झौता गरेर निर्माण गरिरहेको छ र ४ वटा साना क्रमागत योजनाहरु करिब १.५ करोडका आयोजना निर्माण सम्पन्न भैसकेका छन् । गत आर्थिक वर्षको क्रमगतबाट बचत रकमबाट ४ वटा र चालू आर्थिक वर्षको साना ४ वटा सडकहरु खरिद प्रक्रियाको अन्तिम चरणमा छन । मझौला ४ वटा योजनाको बोलपत्र आह्वान भएको छ । यसरी मुगुमा झण्डै २ करोडको क्रमागत सडक योजनाको निर्माण भैरहेका छन् भने चालू आर्थिक वर्षमा करिब २५ करोडको सडक निर्माणको लागि खरिद प्रक्रियामा रहेका छन् । तसर्थ गत आर्थिक वर्षमा मुगु, पूर्वाधार विकास कार्यालय जुम्ला मातहतमा रहेको र कार्यालय प्रमुख खाली रहदा क्रमागत योजनाहरुको अवस्था लगभग सुन्य जस्तै छ ।

दैलेखमा गत आर्थिक वर्षका क्रमागत सडक अन्तर्गत २०७६÷०९÷२८ मा निर्माण गरिसक्नुपर्ने ३ वटा आयोजना छन् । दैलेख सदरमुकाम–नौमुले गाउँपालिका १ देखि ४ हुँदै जुनी जाजरकोट जोड्ने सडक २०७६÷११÷३० मा निर्माण सम्पन्न गर्नुपर्ने ५ ओटा आयोजनाहरु सम्बन्धित निर्माण ब्यवसायीबाट सम्पन्न भइसकेको निवेदन पेश भयो । तर, विश्वव्यापी महामारी कोरोना भाइरस(कोभिड–१९)का कारण अन्तिम मूल्याङ्कन बाँकी छ । साथै बहुवर्षीय सडक अन्तर्गतका ३ ओटा सडक सबै र झोलुङ्गे पुल तर्फका क्रमागत ४ ओटा पुल निर्माणाधिन अवस्थामा छन् । यसैगरी, चालु आर्थिक वर्षको सडक कार्यक्रमतर्फ ६ ओटा सडक सम्झौताको चरणमा, ६ ओटा मूल्याङ्कनको चरण र १२ ठेक्का आह्वानको चरणमा छन् । पुल कार्यक्रमतर्फ १ ओटा ठेक्का आह्वानको चरणमा, ९ वटा डिपिआरको तयारीका क्रममा छन भने २ ओटा संशोधनको क्रममा रहेका छन । यहाँ स्थानिय निर्माण सामाग्रीको चरम अभाव, भौगोलिक विकटता, अप्रयाप्त कर्मचारी, सााजिक अवरोध, स्थानीय तह र प्रदेश सरकारबीच समन्वय अभाव, डिपाआरमा हुने प्राविधिक त्रुटिले गर्दा आयोजना तोकिएको समयमा सम्पन्न गर्न सकिएका छैनन् ।
यस्तै, डोल्पामा गत आर्थिक वर्षका क्रमागत योजना अन्तर्गत सडक तथा पुल कार्याक्रम (निरन्तरता) मा ६ वटा सडक आयोजनाहरुको ६ करोड बराबरको सम्झौता गरि चालू आर्थिक वर्ष २०७६÷०७७ असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । चालू आर्थिक वर्ष अन्तर्गत छनौट भएका ९ (नौ) वटा सडक आयोजना मध्ये ७ (सात) वटा सडक आयोजनाको खरिद प्रक्रियाको मुल्याङ्कन भइरहेको छ । बाँकी २ (दुई) वटा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज र वन पैदाबहार क्षेत्र भित्र पर्ने भएकोले खरिद प्रक्रिया अगाडि बढाउन सकिएको छैन । गत आर्थिक वर्षमा सम्झौत्ता भइ बाँकी रहेको बजेटबाट ५ (पांच) वटा आयोजनाको पुनः खरिद प्रक्रियाबाट सम्झौता गरि कामकाज सुरु भइरहेको छ । गत आर्थिक वर्षको दुनै सरस्वती मन्दिर देखि तिप्ला गाउँहुदैं थरगाउँ–तालिसम्म सडक आयोजना सदरमुकामका बासिन्दाको विवाद तथा आयोजनाको निर्माण कार्यले प्रत्यक्ष असर सदरमुकामलाई पर्ने हुँदा आगामी खरिद प्रक्रिया बढाउनु अघि पुनः अनुगमन तथा वातावरणीय अध्ययन गर्न जरुरी छ । गत आर्थिक वर्षको २ (दुई) वटा झोलूङ्गे पुलको फेब्रिकेशन भएर कार्यालय र उपभोक्ता समिति बीच सम्झौता भैसकेको छ । यस आर्थिक वर्षमा छनौट भएका झोलुङ्गे पुल को बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने काम भइरहेको छ । गत आर्थिक वर्षमा कुनैपनि मोटरेबल पुल छनौट नभएको तर यस आ.ब. मा छनौट भएका मोटरेबल पुलको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार गर्ने काम भइरहेको छ । तर सोइल टेस्ट मेसिनको ट्रान्सपर्ट तथा ह्याण्डिङले गर्दा निकै असहज भइरहेको छ । यस डोल्पा जिल्ला हिमाली जिल्ला भएकोले मङ्सिर, पुस, माघमा निकै जाडोतथा हिमपात हुने कारणले गर्दा यो तिन महिना काम गर्न निकै कस्टकर हुने , यस कार्यालयमा प्रशासन र प्राबिधिक जनशक्तिको अभाब हुनु, बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ लेसिंगो देश लग डाउन मा पर्नु , आर्थिक बर्षको अख्तियारी पहिलो चौमासिक उत्तारार्धमा आउनु आदिले गर्दा प्रगति देखिएको छैन् । सल्यानमा पुर्वाधार विकास कार्यालय अन्तर्गत ३ तिन मोटरेबल पुलनिर्माणको चरणमा छन् र तीन वटा मोटरेबल पुलको बिस्तृत सर्बेक्षणको कामहुँदै छ । चालु आर्थिक बर्ष २०७६÷०७७ मा समावेश भएका नयाँ ठेक्का प्रक्रिया मार्फत निर्माण गरिनुपर्ने सडकमा ३ वटा सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा छ । बाँकि सबै सडकहरु निर्माणको चरणमा छन् । यहाँ ३ वटा झोलुङगे पुल, थारमारे–बडागाउ–चौरजहारी–बालुवासग्रही–कुपिन्डे–खलँगा सडक, ढोरचौर–छापडाँडा–गैरीकटेरी–मैदुपोखरी–सल्लीबजार सडक र प्रदेश राजधानी सुर्खेत–कालिमाटी–रामपुर–रामबजार–लुहाम र सल्यान–खलंगा सडक निर्माणाधिन छन् । यस्तै, हुम्लामा चालु आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण सुरु गर्नुपर्ने १२ वटा सडकको टेण्डर आह्वान गरी मुल्याङ्कन चरणमा छन् । हामीले जनशक्ति अभावका काण मूल्यांकनगर्न ढिलाई भएको छ । संघ र प्रदेश सरकारले समपूरक वजेटबाट सञ्चालन गरिने सर्केगाड—मारुकोर—खार्पूनाथ—सिमिकोट सडकको विनियोजित १० करोड वाट १४.२० किलोमिटर सडकको टेन्डर आह्वान गरिएको छ
जाजरकोटमा पूर्वाधार विकास कार्यलय जाजरकोट अन्र्तगत गत आर्थिक वर्ष ७५÷०७६ बाट शुरु भएको जनता सडक कार्यक्रम अन्र्तगत सञ्चालित सडक बालुवा–बाडाकाँडा–सानीमेला सडक योजना (२ ओटा खण्ड)को निर्माण भइरहेको छ । यस्तै, लिर्ता–कार्कीगाउँ–मछैना सडक योजनाको निर्माणाधिन छ भने पाँचकाटिय–पिउली–नेटीलेख सडक योजनाको निर्माण र सानाखोला–मेसिनेटा,लर्माजुनी सडक योजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । त्यसैगरी, पाँचकाटिया–ढिमे–पैंक–ब्याउली–जुम्ला सडक २ ओटा खण्ड)को निर्माण, कालिमाटी–थलचौर–नेटीलेख–गर्सिना–लविसा सडक योजनाको निर्माण, बोहरा–बाघखोर–काफलचौर–गंगटिया–पुन्मा–मेल्चौरी सडक योजनाको निर्माण, सुयडा गाविस भवन–खमाले–मनघाट सडक योजनाको निर्माण कार्य सम्पन्न भइसकेका छन् । त्यसैगरी, मोर्कखोला सडक पुल पाँचकाटिया– फुलचाउली–कांयाल्दापाखा–बारेकोट–च्याखुरे–जुम्ला सडक ३० प्रतिशत काम सम्पन्न भएको छ ।
० अन्य कार्यक्रमहरु के–के छन् ?
हामीले कर्णाली प्रदेशका सबै जिल्लाका निर्माणका कामहरु अहिले गरिरहेका छौँ । सडक निर्माण, पुल, जनता आवासजस्ता थुप्रै कार्यक्रमहरु छन् । पुल निर्माण जनता आवास अन्र्तगत कालिकोटमा साँधीखोला, तल्लो करेली, गेरुवानी खोला, नेवारे खोला, खोर्के खोला, मुरली खोलामा ६ वटा एउटै स्पानका पक्की आरसीसी मोटरेवल पुल निर्माण गरिदै छ । यसका लागि विभिन्न निर्माण व्यवसायीसँग सम्झौता गरी चालु आर्थिक वर्षको अन्तिमसम्म काम सकिने गरी निर्माण कार्य हुँदैछ । सडक मोटरेवल पुल अन्तर्गतकै सुर्खेत जिल्लाको चौकुने गाँउपालिकामा पर्ने झ्यानझ्याने खोलामा करिव ६० मिटर लामो सडक पुल निर्माण गर्न डिलाइट एण्ड बुइल्ट अप्रोजमा मिति २०७७÷१÷०३ गते ठेक्का आह्वान गरी कार्य अगाडि बढाएको छ ।
रुकुम पश्चिममा मोटरेवल पुल निर्माण तर्फ क्रमागत १ र नयाँ ५ गरी जम्मा ६ वटा योजनाहरु रहेका छन । क्रमागत योजना अन्तर्गत घेत्मा खोला भल्म ज्यूला पक्की पुल निर्माणको लागि कन्ट्र्याक्टरसँग रु.२, २८, ७१ हजारको ठेक्का सम्झौता भएको तर यस आर्थिक वर्षमा एक करोडको बजेट अख्तियारी प्राप्त भएकोले बाँकी रकम मन्त्रालयसँग माग गरिएको छ र हाल सम्मको भौतिक प्रगति । नयाँ ५ वटा पक्की पुलमध्ये ४ वटाको यस अघि प्रस्ताव गरिएको निर्माण स्थल परिवर्तन भएकोले योजनाको नाम संशोधन गर्ने प्रक्रियामा केही समय लागेकोले सबै डिपिआर निर्माणको प्रक्रियामा रहेका छन् । मोटरेबल पुलनिर्माणको सबै चरणहरु एलआरबीपी सुर्खेतको प्राविधिक सहयोग र समन्वयमा भइरहेको छ ।
झोलुङे पुल निर्माण तर्फ क्रमागत २ र नयाँ १ गरी जम्मा ३ वटा योजनाहरु रहेका छन् । क्रमागत योजना अन्तर्गत चौखे गराईलाझोलंगे पुलको निर्माण कार्य सम्पन्न भई सम्बन्धित कन्ट्र्याक्टरले भुक्तानी माग गरेको छ । तर यस योजनाको बजेट अख्तियारी आइडिओ सल्यानमा गएकोले भुक्तानी हुन सकेको छैन । घैराना झोलङ्गे पुलको स्टिल पार्ट फेब्रिकेसनभई सम्बन्धित साइडमा पुगिसकेको स्टिल पार्ट फेब्रिकेसनको लागि १३ लाख ५० हजार भुक्तानी गर्नुपर्नेमा १० लाखमात्र बजेट अख्तियारी प्राप्त भएकाले ३ लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको र निर्माणका लागि बजेट प्राप्त नभएकोले कार्यालय र उपभोक्ता समितिबीच सम्झौता हुन बाँकी रहेको छ । नयाँ एउटा झोलङ्गे पुलको डिपिआर हुनबाँकी रहेको छ । पुलनिर्माणको सबै चरणहरु टिबिएसयु सुर्खेतका प्राविधिक सहयोग र समन्वयमाभई रहेको छ । जनताआबास कार्यक्रम अन्र्तगत चालू आर्थिक वर्ष १२९ आवास निर्माणका लागि ४ करोड बजेट अख्तियारी प्राप्तभएको छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रम अन्र्तगत अन्तर्गत कुनैपनि क्रियाकलाप नभएको र जनताआवास कार्यक्रमसंग सम्बन्धीत अनुभवि जनशक्ति पनि नभएकोले यो कार्यक्रमलाई समयमै शुरु गर्न सकिएको छैन । यस आर्थिक वर्षमा कार्यक्रम सञ्चालनको लागि जनताआवास समन्वय समितिको बैठक बसी उक्त बैठकको निर्णय बमोजिम सम्बन्धीत पालिकाहरुबाट लाभग्राहीहरुको लगत पठाउनको लागि पत्राचार गरिएको छ । हुम्लामा ३ मोटरेवल पुल र ३ वटा झोलूङ्गे पुलको डिपिआर तयार पारिएको र ग्रामिण पहुँच कार्यक्रमबाट सञ्चालित ३ वटा सडक, जनताआवासको कार्यक्रम र न्यारी वस्तिविकास कार्यक्रमको कुनै काम शुरुहुन सकेको छैन् । यसैरी, जाजरकोटमा ठिगाले पक्कीपुल निमार्ण शिवालय ३ र ७ सडक पुलको निर्माण कार्य २० प्रतिशत सम्पन्न भएको छ । पक्की पुल अन्र्तगतका कार्यक्रमहरुको कुरा गर्दा बारेकोट–८, सागुतारा नलगाड ५, सिर्के जोड्ने पक्की पुल, पुलकन्या पक्की पुल, खुर्पीखोलाको डिपिआर तयार भइसकेको छ भने झोलुङ्गे पुल तर्फ लम्तिखाृला झोलुङ्गेपुल, पुलबानिया गाउँ, रायामेला लामिचौर झोलुङ्गेपुल, गोतामकोट भेरी झोलुङ्गेपुल, साल्तडा झोलुङ्गेपुलका आयोजनाहरु जनताआवाश कार्यक्रमअन्र्तगत जाजरकोट जिल्लामा २ सय वटा घरधुरीहरुको छनौट प्रक्रियाभएको र जिल्लामा १३९ वटा घरधुरीहरुको सम्झौता प्रक्रिया पूरा भएर जग खन्ने काम सञ्चालनमा रहेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा शुरु गर्नुपर्ने विभिन्न ११ वटा सडक मध्ये ६ सडकको मुल्याङ्कन चरण सकिसकेको र ५ वटाको टेन्डर आह्वान गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *