काग बाठो भयो भने के खान्छ, मान्छे बढी उग्र भयो भने दशा लाग्छ भनेझैँ आहिले भएको त्यही छ । आफ्नो छिमेकीहरुसँग कही सीमा विवाद, कतै पानी विवाद । आफैँभित्र राष्ट्रको उन्नतिका बारेमा स्पष्ट नहुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतमै बद्नाम भएको छ । नेपालीमाथि भारतीय सीमा प्रहरीले गर्ने व्यवहार जनतालाई गर्ने दमनको जति भत्र्सना गरे पनि कमी हुन्छ । भारतीय प्रहरीबाट इज्जत लुटिएका महिलाहरुको चित्कार दयनीय छ । काम गरेको पैसा नदिई खेदिएको नेपालीको आसँुले भारतीहरुलाई पिर्छ की पिर्दैन ? प्रधानमन्त्री मोदी हिन्दू धर्मका ठेकेदार हुन् । तर भारत नै धर्मनिरपेक्ष राज्य हो ।
सत्ता, शक्ति र पैसाले मात्र सबै धमण्ड बन्न सकिँदैन । नेपालमा रअका तलब खानेहरुले नेपाली एकजुट हुँदा रिसाए । अबका एजेन्ट चलाएकाहरु डा.बाबुराम भट्टराई, प्रदीप गिरी, ईश्वर पोखरेल, शंकर पोखरेलहरु भाषागत रुपमा ठूलो कमिसनर हुन सक्छन् । तर पैसाका लागि महाकाली बेच्नेहरुलाई भारतले नेपालीमाथि गरेको दमनले भारतले मानवीयता देखिएन । सरकारलाई पत्तो भएन । भारतमा प्रजातन्त्र जतिसुकै पुरानो होस्, त्यसको शासकहरु गलत हुँदा अर्थ हुँदैन । आखिर भारतीय विस्तारवादीले कोरोनाबाट ग्रस्त भारतीय प्रशासकहरुले देखाए । कोरोना नियन्त्रण कोष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै आग्रहमा गठन भयो । त्यसको परिचालन भएन । नेपाल र भारतबीच दुवै देशका प्रधानमन्त्रीले जनतालाई क्वारिन्टाइनमा राख्ने स्वस्थ्य परीक्षण गर्ने सहमति गरे । तर, प्रशासनीक तहबाट पूर्वप्रधानमन्त्री स्तरमा भएका सहमति भारतीयले तोडे । भारतमा रहेका नेपालीहरुलाई काम गरेको ठाउँबाट तलबसमेत नदिई खेदेको छ ।
नेपाल सम्झेर नेपाल फर्किँदा बाटोमा समेत भारतीय पक्षले बाटो छेक्ने, पानी खान नदिनेजस्ता अमानवीय कार्य गरे । तर नेपालको क्वारेन्टाइनमा रहेका भारतीयहरुलाई खाने, बस्ने मात्र होइन, स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भारतरले नियोजित रुपमै आफ्नो देशमा भएका नेपालीलाई खेदेको सिंहदरबारलाई जानकारी होला ।