सहमति र सहकार्यको आधारमा सबैको अस्तित्व स्विकार एकतालाई अगाडि बढाइनुपर्छ

अन्तरवार्ता प्रमुख प्रशासन वाग्मती प्रदेश

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक किचलो बल्झिरहेको छ । दुई अध्यक्षबीचको टकरावले पार्टी एकता र भ्रातृ संगठनहरूको एकता अझै सकिएको छैन । हरेक भ्रातृ संगठनहरूले पार्टीको मुख ताकिरहेका छन् । यता, आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिँदै छ । तर, कर्मचारीनिकट संगठनहरूको एकता हुन सकेको छैन । अझ भनौँ, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति र नेपाल निजामती कर्मचारी संगठनबीच संवादहीनको अवस्था छ । के कारण संवादहीनमा छन्, भ्रातृ संगठन ? नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रीय समितिका अध्यक्ष हरि रावलसँग एल.बी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
०कर्मचारी संगठनको एकता कहाँ पुगेको छ ? 

आन्तरिक रूपमा एकताको प्रक्रिया अगाडि बढिरहेको छ । पूर्णरूपमा एकता भइसकेको छैन । केही संगठनहरूसँग हाम्रा संगठनले एकता गरेका छन् । कार्यालय सहयोगीहरूको संगठन राष्ट्रिय स्वतन्त्र एकता भइसकेको छ । मुख्य रूपमा नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिबीच एकता भइसकेको छैन । राजनीतिक रूपले पार्टीहरू एकताबद्ध भएर अगाडि बढिरहेका छन् । हामी एकताका विषयमा अगाडि बढ्नुपर्छ भनेर लागेका छौँ । त्यहि मान्यताअनुसार हामी अगाडि बढेका छौँ । निजामति कर्मचारी संगठनहरूमा एकता गर्नका निमित्त संगठनको तर्फबाट उपाध्यक्ष र महासचिवलाई मैले अवरुद्ध भएको एकता प्रक्रिया नमिलेपछि केहि समस्या देखिएपछि उहाँहरूको र हाम्रो बीचको एकताका बारेमा हामी छलफल प्रक्रिया अगाडि बढाएका छौँ । एकताका लागि तयार छौैँ । एकता गरेर जाऔँभन्ने पहल कदमी सोहीअनुसार अगाडि बढेको थियो ।
० तपाइहरू एकता हुनुपर्छ भन्ने मान्यता हुँदाहुँदै पनि कहाँनिर अल्झिएको छ ?
तीनचार विषयमा एकता प्रक्रिया अल्झिएको छ । पहिलो नामको विषयमा अल्झिएको छ । नेपाल निजामती कर्मचारी संगठनले यो नेपालको सबैभन्दा पुरानो संगठन हो यहि नाममा अगाडि बढ्नुपर्छ भनेको छ । हामीले समय सापेक्ष र सबैको मनोविज्ञानलाई मध्यनजर गर्दै, सबैको भावनाको कदर गर्दै नामको विषयमा अलिकति छलफल गरेर र सोचविचार गरेर जानुपर्छ भनेका थियौँ । नेपला राष्ट्रिय कर्मचारीसँग सम्बद्ध साथीहरूको भावना समेट्ने गरी नयाँ नाम राखेर जाउँ भनेका थियौँ । त्यसमा केहि थपघट गरेर जाउँ भनेका थियौँ । हामीले केहि नाम प्रस्ताव गरेका थियौँ । उहाँहरूले मान्नुभएन् । यसैगरी, नेतृत्वको विषयमा पनि हाम्रो फरक मत रह्यो । नेतृत्वको विषयमा कम्तिमा पनि हाम्रो महासंघ राष्ट्रिय पेशागत महासंघ भनेर पार्टीले एकता गराइसकेको स्थिति छ । दुईजना संयोजक र सह—संयोजक तोकिसकेको स्थिति छ । दुईवटा संगठनको दुईवटै महासंघको नेताहरू तोक्ने काम भइरहेको छ । त्यो महासंघको नेतृत्व उहाँहरूले गरिराख्नु भएको छ । जो महासंघसँग उहाँहरू रिलेटेड हुनुहुन्छ । त्यो महासंघसँग हामी आबद्ध छौँ । पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघसंग हामी नजिक छौँ । यी दुईटा महासंघको नेता तोक्ने काम भइरहेको छ । यसैले महासंघको नेतृत्व गरिसकेपछि निजामती हामीलाई दिनुपर्छ भन्ने हाम्रो माग हो । तेस्रो विषय प्रतिनित्वको विषय छ । प्रतिनित्वको विषयमा उहाँहरूको सहकारीका सदस्यहरू, ट्रेड युनियनको प्रतिनित्व गर्ने सदस्यहरू र सबैखाले सदस्यहरू महाधिवेशनमा हुनुपर्छ भनेको छ । यसकारण हामीले प्रतिनित्वि संगठनले गर्ने हो भनेका छौँ. । यसले सहकारी र ट्रेड युनियनहरूको बारेमा जान्नुपर्छ भनेर हामीले भनेका छौँ । यस्ता केहि विषयमा छलफल भइरहेको छ । हामी विगतको राजनीतिका कारण टाढा थियौँ । हाम्रा विचारधाराहरूको बारेमा एकमत भइसकेका थिएनौँ । यसैले कम्तिमा पनि एकता गरेर अगाडि बढ्नुपर्छ । आसन्न ट्रेड युनियनको निर्वाचनलाई ध्यनजर गर्दै एकताबद्ध भएर अगाडि बढ्ने वाताबरण बनाउन नेपाल राष्ट्रिय कर्मचारी निजामती संगठन तयार छ । निजामती कर्मचारी संगठनले यस विषयमा उहाँहरूले छलफल गरिरहनुभएको छ होला । उहाँको छलफल अनुसार नै यो अगाडि बढ्ने छ भन्ने छ ।
० पार्टीको आन्तरिक किचलोले ठूलै प्रभाव पार्ने देखियो नी हगि !
हामी पार्टीको सुभेच्छुक संगठन भएको नाताले त्यहाँ कहिँ न कहिँ प्रभावित हुन्छ नै । यसेले प्रभाव नै पारेको छैन भन्न सकिँदैन । कहिँ न कहिँ प्र्रभाव पारेको छ । तर, मुलतः यसले हामीलाई प्रभाव गर्दैन । हामी बसेर छलफल गर्ने हो भने समस्या समाधान हुन्थ्यो । उहाँहरू छलफलका लागि तयार नै हुनुहुन्न । हामी धेरै पहल कदमी र पहिला पनि धेरै भएका थियो । अहिले पनि उहाँहरू छलफलमा हुनुहुन्छ, एकता गर्ने पक्षमा सकारात्मक हुनुहुन्छ । तर, ठ्याक्कै बाहिर निस्किएर एकता नै गर्नुपर्छ भन्नेजस्तो छैन । बाहिर हामीले के सुनिरहेका छौँ भने एक्लै चुनाव लड्नुपर्छ, एक्लै चुनाव लडेर जित्ने वातावरण छ, हामी धेरै ठूलो संगठन हौँ । हाम्रा थुप्रै सांगठानिक विषयहरू बलिया छन् भन्ने दम्भ पनि उत्तिकै देखिन्छ । हामी धेरै सम्पत्ति भएको र देशैभरी घर भएको संगठन हौँ भन्ने हठ त्याग्नुपर्छ । यो वातावरण बाहिर भन्दै हिँड्नु भएको छ । यसले एकता प्रक्रियामा समस्या भइरहेको छ । हाम्रो यस्तो मानसिकता छैन । यदि त्यस्तो हुन्थ्यो भने हिजो ०४१ सालदेखि जन्मेको संगठन र ०६४ सालदेखि निरन्तर १३–१४ वर्षसम्म किन एकता भएन् ? ०६४ सालसम्म किन एकता भएन ? हिजो केहि साथीहरू कम्युनिस्टहरूको एउटै मात्र संगठन हो यो । यहि संगठनमा आवद्ध हुनुपर्छ भनेर गएका छन् । हामी कहाँ भएका साथीहरू पनि त्यहाँ गए । यहि कारण एकता प्रक्रिया अगाडि बढेको हो । मुख्य चिजलाई चाहिँ छेउछाउमा राखेर सामान्य विषय अगाडि ल्याउनुले एकता प्रक्रियामा कहिँ न कहिँ समस्या छ भन्ने देखाउँछ । यसैले हामीले यो प्राविधिक एकता होइन भनेका छौँ । यहाँ धनसम्पत्ति र घर, जनशक्ति र मान्छेको रूप होइन । यो राजनीतिक एकता हो । यसैले राजनीतिक ढंगले सामाजिक ढंगले यसको हल गर्नेतर्फ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो । तर, उहाँहरू आफ्नै हठ बोकेर बस्नुभएको छ । सबैलाई कसलाई जिम्मा दिइएको हो यो जान्नुुपर्छ । दुईजना नेता पोस्ने काम मात्र भइरहेको छ । हामीले ४५ प्रतिशत र ५५ प्रतिशतको हाराहारीमा एकता र भागबन्डा गरिएको छ । अहिले सहमतिको आधारमा र सहकार्यको आधारमा सबैको अस्तित्व स्विकार गरेर अगाडि बढ्नुपर्छ भनेका छौँ । हाम्रो महासंघबाट ४६ जना र पेशागत महासंघबाट ६५ जनाको कमिटी जम्माजम्मी १ सय ११ जनाको कमिटी घोषणा गरिएको छ । त्यसैले यता पनि ४५ र ५५ को हाराहारीमा हामीले प्रस्ताव गरेका थियौँ । यसैले कमिटी प्रणालीमा समस्या छैन । त्यो कमिटीमा २ सय १२ जना उहाँहरूको तर्फबाट २ सय ३७–३८ जना प्रस्ताव ग¥यौँ । दुईतीन विषयमा मात्र असहमति छ । यी चिजहरूमा हाम्रो तर्फबाट पहलकदमी गरिरहेका छौँ । उहाँहरू एकता विरोधी हुनुहुन्न भन्ने मलाई लाग्छ । तर अहिले संवाद विहीनताको अवस्था छ । यसलाई सुधार गर्नपर्छ । उहाँहरू वार्तामा बस्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसका लागि २ जना साथीहरूलाई संगठनले तोकेको छ । उहाँहरू अगाडि यहि अनुसार पुग्नुपर्छ ।
० नेतृत्व कस्तो हुनुपर्छ भन्ने हो ?
दुइवटै संगठनको नेतृत्व अब्बल नै छ । यो संगठनको नेतृत्व कमजोर वा उहाँहरूको नेतृत्व कमजोर भनेर मैले भन्न खोजेको होइन । उहाँहरूले महासंघको नेतृत्व लिनु भएको छ । महासंघको नेतृत्व लिनुको कारणबारे पनि कुराहरू सार्वजनिक भएका छन् । भनेपछि निजामती कर्मचारी संगठन वा अन्य संगठनले अरु केहि त्यस्तो गरेको छ भन्ने मलाई लाग्दैन । यो कसैलाई दिन नमिल्ने कारण हुनुपर्छ । हिजो हाम्रो संगठनले पनि सबैको हितका निमित्त बोलेको यसकारण नेतृत्व हामीलाई दिनुपर्छ भन्ने हाम्रो माग हो ।
० आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकि“दै छ । कसरी लड्ने तयारी गरिराख्नु भएको छ ?
हामीले वार्ता अगाडि बढाएका छौँ । साथीहरूले मान्नुभएन भने सोही अनुसार हामी निर्वाचनमा अगाडि बढ्ने छौँ । विभिन्न विषयमा हामीले वार्ता गरेर अगाडि बढिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *