sampadakiya

निराश हटाउने दायित्व कसको

विविध

सरकार नेकपाको छ । यो सरकारले राष्ट्र र जनता पनि सर्वोपरी ठान्छ । समाजका विकृतिविरुद्ध शान्ति र स्थायित्व दिन्छ, दलगत लडाइँ हटाउँछ । भ्रष्टाचार, कमिसन घटाउँछ, न्याय सेवा र प्रशासनिक निष्पक्षा देखाउँछ, १६ वर्षदेखिको विकृतिलाई घटाएर एक एक गरी सुशासन र समृद्धितर्फ जोड दिन्छ भन्ने आसा जनतामा थियो । तर अहिले नेकपाको नेतृत्वबाट जनताले त्यो पाएनन् । बरु गुटबन्दीको झाङ बढाएको देख्न्ु प¥यो । चुनावको घोषणापत्र हेरिएन, सरकरको नीति तथा कार्यक्रममा जनता झुक्याउने एजेन्डाले ठाउँ पाए । सबै कुरामा विज्ञ आफैँ, डाक्टर आफैँ, इजिनियरहरुले पानीजहाज पनि चलाए, रेल कुदाउने अवस्था आउँदै छ । भ्रष्टाचारको शिरानीको रुपमा नीतिगत रुप देखिँदै छ । नेपालमा महामारी चल्यो प्रधानमन्त्रीकै विश्वासप्राप्त मन्त्रीहरुले औषधिजन्य पदार्थमा भ्रष्टाचार मच्चाए । कोरोना आतंकको क्रम बढेदो छ, घट्दो छैन । देश भयाभहमा पिल्सेको छ ।
पशुपतिनाथजस्तो संस्कृति क्षेत्र विवादमा छ । देश बाढी, पहिरोले क्षयगस्त छ । सरकारमाथि जनताको भरोसा छैन । दलाल पुँजीपतिको पक्षमा आएको बजेटले गरिब, श्रमिक र भोको पेटको ख्याल गर्दैन । राष्ट्रिय गौरवका आयोजनाहरुमा सिहंदरबारले नै अग्रसरता लिँदा यी आयोजना भ्रष्टाचारले डुबेका छन् । प्रधानमन्त्रीले ओम्नी समूह, थामसेर्कु समूह, एति एयरको हितमा गरेका निर्णयमा खोजी गर्दैनन् । कम्युनिस्टको नाउँमा र धननिष्टको शासन गुटका आधारमा चलेको धेरै छन् । सरकारको बद्नाम भइको छ, त्यो सरकार बनाउने नेपाली अहिले प्यारालाइसिस रोगको सिकार भएकोजस्तो छ । प्यारालाइसिस हटाउन सांसदले कानुन बनाउनुपथ्र्यो तर अधिवेशन बन्द गरियो । पार्टीको सचिवालय मुर्दातुल्य छ । स्थायी समिति बेखर बनेको छ । केन्द्रीय समितिको बैठक बोलाउन माग गर्नेले सत्ताको बादशाहाका सामु बोल्न सक्दैन वा बादशाहले बोल्ने दिँदैन ।
कम्युनिस्टको नाउँमा शासन गर्नेले कम्युनस्टिको सिद्धान्त, नीति, व्यवहारको हुर्मत लिएको छ । महँगी बढाउन करको थुप्रो लगाउने राष्ट्रघातीलाई अर्थमन्त्री बनाएर प्रधानमन्त्री र उनको मण्डलीले सफलता हासिल गरेजस्तो गरेर बसेको छ । आफ्ना र आफन्तप्रति बढेको निराहाले पार्टीलाई घाटामा लैजान्छ । मतदाता त आज नेकपाका छन्, भोलि कुनै पार्टीका बन्छन् । अहिले देशको साँध, सिमाना विवादमा छन् । राष्ट्रमा एकता यस्तो बेला हुनुपथ्र्यो । तर सत्तारुढ दलभित्रै पद र प्रतिष्ठाको लडाइँ छ । यहाँ देशको चिन्ता छैन । गुटको चिन्दा भएको छ । कार्यकर्तामा निरासा बढेको छ । यसको जड भ्रष्टाचारमा रमाएको पार्टी र सरकार नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *