sampadakiya

न्यायलयभित्र पनि बिचौलिया हाबी

विविध

सुन्दै लाज लाग्छ, कानुनको व्याख्या गर्ने न्यायाधीश भित्रको राजनीतिक दाउपेचले लज्जित स्थिति पैदा भयो । न्यायाधीशहरूको नियुक्ती राजनीतिक गुटबन्दीको आधारमा चल्दा न्यायालय बिचौलिया र तस्करीहरुको भूमिमा परिणत भएको छ । जुन जनताले थाहा पाए । ज्यानमाराको अरोप लागेका रञ्जन कोइराला होस् वा पृथ्वी मल्ल किन नहून्, उनीहरूको अपराध ज्यानमारा नै थियो । मल्ल धरौटीमा छुटे, कोइरालाले ११ वर्ष आठ महिनाको जेल माफी पाए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश सपना प्रधान मल्लको फैसलाले विवाद बढ्यो । त्यो पनि कोरोनाले देश थलिएको बेला । महामानवद्वयको फैसलाले सर्वोच्चभित्र कस्ता हैसियतका बिचौलिया रहेछन् ? भन्ने देखिन्छ । कालो कोट लगाएर मालपोत र नापी धाउने आफू कमाउने भूमाफियालाई फाइदा हुने धन्दा चलाउने बिचौलियाका सारथि थिए, उनी ।
संस्कार बिगार्ने सम्बन्धित पेसाकै व्यक्तिले हो । पत्रकारिता भनेको नेपालको चौँथो अंग हो । न्याय सेवा सबैभन्दा इज्जतिलो पेसा हो र पत्ररकातिा जनतालाई सत्य तथ्य सूचना दिने राज्य सञ्चालकहरूलाई सहि बाटो देखाउने र खराबलाई हटाउन सरकारलाई सहयोग गर्ने हो । तर अहिले त्यो क्षेत्र पनि बद्नाम छ । लकडाउनका बेला नेपाल पत्रकार महासंघमा राहत कस्तालाई बाँड्यो ? ती राहत उपलब्ध गराउनेहरु कुन धरातलका हुन् ? स्पष्ट देखियो । जनताले न्यायाधीश, वकिल, पत्रकार, डाक्टर, प्रोफेसर, इन्जिनियर, शिक्षकलाई समाजको उपल्लो दर्जा ठान्छन् । राजनीति घमण्डीहरूको कमाइको थलो बनेको छ । प्रशासनिक क्षेत्र राजनीतिले गरेको अपराधको संरक्षक भएको अवस्था अहिले छ । यस्ता घृणित विषयको नियन्त्रण राज्यले गर्ने हो । तर त्यो राज्यलाई बाटो देखाउने संसदको बैठक प्रधानमन्त्रीको लहडमा स्थगित भएको छ ।
न्यायालयमा बिचौलिको चलखेल छानबिन गर्न नेपाल बार एसोसिएसनले चासो राखेको छ । बारले कालो कोटभित्रको अपराध कसरी र कति छानबिन गर्ला ? बार काउन्सिलमा वकिलको प्रधानमन्त्रीाणपत्र लिएर कति कालो कोटधारीलाई कारबाही गरेछ ? कसैले खोजी गर्दैन । डाक्टरको लाइसेन्स लिएर बिरामी ठग्न ‘गाउन फेसन’ लाउने र कालोकोटका मालिक न्यायमूर्तिहरूको बारेमा प्रेसले कठोर व्यवहार देखाउँछ । त्यो बखत प्रेस ओलोचित हुन्छ । प्रधानन्यायाधीश र न्यायाधीशले हत्यारालाई उन्मुक्ति दिएर पीडितलाई झन् पीडा दिएका दुई फैसलाले बिचौलियाको प्रसंग ल्यायो । सर्वोच्चभित्र बिचौलियाहरूले हैकम चलाएका थिए भने प्रधानन्यायाधीश राणाले नेपाल बारको पत्र रद्दीको टोकरीमा फाल्न सक्थे । यतिखेरका यी दुई झट्काले न्यायमूर्तिहरूको मान, प्रतिष्ठा, इज्जत कहाँ पुग्यो ? न्यायाधीश हरिकृष्ण कार्कीको टिम कसरी लाग्छ ? त्यसको निक्र्योल प्रतिवेदनपछि थाहा लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *