थोरै थोरै घट्न थाल्यो सुनको भाउ

अर्थ/वाणिज्य

सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबार सुन अघिल्लो दिनको भन्दा ५ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । सोमवार चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी १ हजार ३ सय ४५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *