दधिकोटमा रक्तदान सम्पन्न

समाचार

काठमाडौं । विश्वभरी कोभिड–१९ ले सताएको बेलामा नेपाल पनि अछुतो रहेन । यस्तै नेपालमा आर्थिक क्षेत्र चलायमान बनाउन आसा र भरोसाको रुपमा सहकारी क्षेत्रलाई लिन सकिन्छ । सरकारले पनि घरघरमा सहकारी भन्ने नारा दिएर स–साना व्यवसायीदेखि ठूला–ठूला व्यापार व्यावसाय गर्नेलाई सहकारीले सहयोग गर्दै आएका छ । यस्तै सूर्यविनायक नगरपालिका–४ मा रहेको छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी दधिकोट उपशाखाको संयुक्त आयोजनामा नेपालमा कोरोना रोगका कारण रगत संकलनमा कमी आएको बेला यसलाई मध्यनजर गरी सोमबहादुर पन्थको संयोजकत्वमा रक्तदान कार्यक्रम गत शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । उक्त सहकारीका अध्यक्ष कृष्णहरि खड्का रहेका छन् र सहकारीले दधिकोटका बासिन्दादेखि अन्य क्षेका व्यक्तिसित समन्वयनकारी भूमिका निर्वाह गरी आफ्ना सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरेको अध्यक्ष खड्काले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *