बजारमा गुणस्तहीन खाद्यान्न र नक्कली मदिरा छ्याप्छ्याप्ती

समाचार

काठमाडौं । कोरोना रोगले थिलथिलो बनाएको मौका छोपी व्यापारीले नक्कली लोगो प्रयोग गरी मिति सकिएको सामानमा मिति नयाँ राखी होलसेलबाट खुद्रा व्यापारीलाई बिक्री वितरण गर्ने गरेका छन् । यसको उजागर मिडियाले गरे पनि यसको सुनुवाइ भएको छैन । सरकारले अनुगमन कार्य नाटकभन्दा अरु केही छैन । व्यापारीले यसको सुनाइ गरेका छैनन्, बल्लतल्ल सरकारले कारबाही गरे पनि यसको कानुन फितलो भएकाले ठूलो गल्तीमा पनि थोरै धरौटी राखेर वा न्यूनतम् जरिवाना लिने काम भइरहेको छ । अहिले बजारमा पाइने खाद्यान्न र च्याउसरी खोलिएका मदिरा उद्योगले उत्पादन गरेका सामानमा नक्कली स्टिकर प्रयोग गरी गुणस्तरहीन सामान भएको भनिरहँदा पनि सरकारले यसलाई वास्ता गरेको छैन । नेपालमा मदिरा उत्पादनको स्विकृति लिएका कम्पनीहरुमध्ये धेरैजसोले विदेशी लोगो प्रयोग गरी बिक्री वितरण गर्ने गरेका छन् । यस विषयमा आन्तरिक राजस्व विभागले कुनै पनि मदिरा उत्पादक उद्योगमा अनुगमन र यसको वास्तविकता बुझ्ने काम गरेको देखिएको छैन । उपभोक्तालाई कस्तो खालको मदिरा पिउन दिने भन्ने कुनै मापदण्ड छैन । विदेशी रक्सीमा स्वदेशी रक्सी मिसावट गर्नेलाई र खाद्यान्नमा मिसावट गर्नेलाई कहिलेकाहीँ कारबाही गरेजस्तो देखाएर पन्छिने काम सरकारले गरेको छ । तर, नक्कली मदिरा उत्पादन गर्ने उद्योगलाई अहिलेसम्म कारबाही गरेको समाचार बाहिर आएको छैन । हुन त नेपाली जनतालाई मदिरा सम्बन्धि ज्ञान नभएर होला, उनीहरुले खाना पाए हुन्छ भन्ने सोचेका छन् । कमसल होस् कि सक्कली होस्, उपभोक्तालाई कुनै मतलब छैन । अहिले कोरोना रोगले थिलोथिलो बनाएको बेलामा दसैँ अफर भनेर विभिन्न ब्रान्डका मदिराको विज्ञापन बजारमा देख्न पाइन्छ । अहिले बजारभरी पाइने मदिरा सबै अखाद्य पदार्थहरु प्रयोग भएको खाद्यान्न विज्ञहरुले बताएका छन् ।
यसबारेमा अन्तःशुल्क विभाग चिरनिन्द्रामा छ । अहिले बजारमा पाइने सबै प्रकारका मदिरा गुणस्तहीन भएको जानकारहरु बताउँछन् । यसको मूल्य पनि बजारैपिच्छे फरक छ । बियरमा सानमिगेल, काल्र्सबर्ग, टाइगर, टुबोर्गजस्ता सामान उत्पादन गरेर बिक्री वितरण गरेका छन् । यी सबै गुणस्तरणहीन खाद्यान्न प्रयोग गरिएको नाम नबताउने सर्तमा मदिरा उत्पादन कम्पनीका एक कर्मचारीले तामाकोशी सन्देशलाई बताएका छन् । यस्तै विदेशी लोगो प्रयोग गरी श्री डिस्टिलरीले बजारमा ल्याएका सामान पनि गुणस्तरहीन पाइएको छ । अहिले कोरोना रोगले नेपालीको घरघरमा चुलो बल्न नसक्ने बेलामा दसैँ अफर भनेर कोक, पेप्सी, सिग्नेचर, रोयलस्टेक, गोल्डेन ओक, म्याक्डोल, भोड्का, ओल्डदरबारजस्ता मदिरा बजारमा पाइन्छन् । यी सबै कम्पनीले बजारमा अन्य नाम राखेर उद्योगले विभिन्न ब्रान्डका सामान उत्पादन गरेर बजारमा पठाउने गरेका छन् । तर यसको गुणस्तर कस्तो छ ? सरकारलाई जानकारी छैन । जनता रणभुल्लमा परेका छन् । मूल्य आकाश पातालको फरक राखिएको छ । राज्य चुपचाप रहेको छ, अहिले कोरोना रोगले गर्दा कर्मचारी भागभाग भएको अवस्थामा विभागले कुन मापदण्डमा उद्योग सञ्चालन गर्ने हो ? यसको ध्यान छैन । बरु, कसरी कमिसन आउँछ ? त्यतैतिर ध्यान दिने गरेका छन् । बजारमा मदिरा बिक्री वितरण मनलाग्दी मूल्य लिएका छन् । महिदा पसलमा अहिलेसम्म अनुगमन गरेको सुनिएको छैन । मदिरा भनेपछि सबैले मरिमेट्ने गरेका छन् । बजारमा अनुगमन गरेपछि कमिसन खाना पाइँदैन, यस कारण पनि अनुगमन बजारमा छँदै छैन । यस्तै राजस्व अनुसन्धान विभागले पनि चाडबाडको बेलामा अनुगमन गर्नतिर ध्यान दिएको छैन । केही हप्ताअगाडि बजारमा पाइने अल्कोहल मिओट भएपछि बजारमा हल्ली खल्ली मच्चिएको थियो । युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा गरेपछि गोल्डेन ओक र अन्य रक्सीमा रक्सी मिसायर बजारमा पठाएका थिए र बजार होलसेल मूल्य एक सय पचास रुपैयाँ राखिएको थियो । बजारमा खुद्रा मूल्य चाहिँ एक क्वार्टर बराबर २२० रुपैयाँमा बिक्री विरतण भएको थियो । बजारमा होहल्ला भएको अर्थ मन्त्रालयले थाहा पाए पछि मन्त्रालयका केही कर्मचारी, बाणिज्य विभागका कर्मचारी, प्रहरी, गुप्तचरजस्ता निकायमा भाग लगाएर कारबाहीबाट बच्न सफल भएको बताइन्छ । अहिले होलसेल व्यापारीले १ लाख ५० हजारको सामान किन्दा ३२ इन्चको टेलिभिजन उपहार दिने गरेका छन् ।
चाडबाड आएपछि बजारभरी अखाद्य र गुणस्तरहीन सामान बिक्री वितरण गर्ने काम हुँदै आएको छ । यस्ता नक्कली मदिरा बिक्री वितरण गर्ने कम्पनीलाई राज्यले कारबाही गर्न सकेको छैन । नक्कली, अखाद्य पदार्थ बेच्ने र राजस्व ठग्नेजस्ता व्यापारीले सरकारलाई हातमा लिएर नेपाली जनतामाथि खेलबाड गर्दै आएको छ । यस विषयमा तामाकोशी सन्देश साप्ताहिकले बेलाबेलामा समाचार उजागर गर्दै आएको छ । यसको फाइदा केही मिडिया हाउसले लिँदै आएका छन् । अहिले बाणिज्य विभाग, आन्तरिक राजस्व विभागले कारबाही गर्न सकेको छैन । माताहतमा रहेका बजार अनुगमन छैन, उता राजस्व अनुसन्धान विभागका डिजी दीर्घराज मैनाली कताबाट कुन व्यापारीले कति कमिसन दिन्छन् ? भन्ने ध्यानमा लागिपरेका छन् । राजस्व छली गरेर भारत, चीन र अन्य देशबाट सामान भित्र्याउँदा पनि कर्मचारीले ध्यान दिएका छैनन् । आफ्नो मान्छेलाई सुराकी राखेर कमिसन खाने गरिराखेका प्रहरीले कमिसनभन्दा अर्को केही सोच्दैन । कर्मचारीको कुरै नगरौँ । अहिले आन्तरिक राजस्व विभागले छानबिनको नाममा असुल्ने काम गरेको देखिएको छ । कुनै समयमा राजस्व विभागले राम्रो काम गरेको थियो जब नेपालमा केपी ओलीको सरकार बन्यो त्यसपछि पहिला जत्ति चर्चामा रहेको राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय, कर कार्यालयजस्ता निकाय अहिले सुनसान अवस्थामा रहेका छन् । अहिले ओली सरकरको बद्नाम नै भन्सार, राजस्व, आन्तरिक राजस्व विभाग, कर कार्यालयका कर्मचारीले गर्दा सरकारमाथि नै प्रश्न उठेको सरकारनिकट स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *