ट्रमको घमण्डबाट नेपाली नेताले पाठ सिक्ने कि ?

प्रमुख समाचार

रामचन्द्र बस्नेत
राजनीति गर्नेले राष्ट्र निर्माणको खाका कोर्नु पर्छ । पार्टीको आदर्श सिद्धान्तलाई बचाउने नेताहरुले हो । नेपाली जनताको ठूलो अपेक्षा र आमूल परिवर्तनको खाका ल्याउन लाग्नु पर्छ । दलहरु राणा शासन कालको निरंकुशताका बेला कमजोर पक्षले नाम जे भए पनि प्रजातन्त्रका लागि कांग्रेस, प्रजापरिषद्जस्ता शक्तिसँग मिलेर पञ्चायतको आगमन ०१७ मा भयो । ०८ देखि ०१७ सम्म देशमा नेपाली कांग्रेसको शासन थियो । तर कांग्रेसमा दरबार परस्त र भारत परस्तको झगडाले प्रजातन्त्र जोगिएन । इतिहास तितै हुन्छ । कांग्रेस पार्टीभित्र गुट उपगुटहरुको झुण्ड त्यहाँ पनि थियो । कांग्रेसले जोगाउन नसकेको प्रजातन्त्र ३० वर्षपछि ल्याउन नेपालमा कम्युनिस्ट पार्टीको शक्ति ठूलै थियो । तर भाइ फुटे गवार लुटे भनेजस्तै कम्युनिस्ट र कांग्रेस मौका अनुसार खेलाउने दरबार, पञ्च थिए । कांग्रेसमा प्रजातन्त्र जोगाउनेभन्दा मास्नेको बहुबल भयो । ०४८ सालमा प्रजातान्त्रिक पद्दति अनुसार चुनाव भए पनि गिरिजाप्रसाद कोइरालाको एकाधिकार हुँदा आफ्नै पार्टीको बहुमत सरकार ढल्यो । कांग्रेस त्यस्तो अराजक अनुशासनहीन भएको फल अहिले देखिँदै छ । कुकुरको पुच्छर १२ वर्ष डुंग्रामा राखेजस्तै कांग्रेससँग मिलेर चलाएको सत्ताले जनताको अपेक्षा पूरा भएन । भ्रष्टचार, तस्कर, माफियातन्त्रले नै प्रजातन्त्रको बद्नाम गरायो । १० वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनको लक्ष्यमा नेपालले गणतन्त्र र संघीयता प्राप्त ग¥यो तर नेपालको नीति, सिद्धान्त, विचार र पद्दतिलाई अनुशरण गर्नका लागि नेकपाकै सरकारको जरुरी थियो । त्यो सरकार पार्टी एकताबिना सम्भव थिएन । जनतको दबाब कार्यकर्ताको चाहनालाई नेताहरुले स्विकार्न बाध्य भए । नेपालको श्रमजीवी किसान, गरिब, सर्वहारा वर्गलाई साथ दिने पार्टी चाहिँ नेकपा नै हो ।
तर नेतृत्वले त्यो मर्म र भावना बुझेन । जसरी यसपटक अमेरिकी राजनीतिमा व्यापारीकरण, अराजक, सिद्धान्तहीन डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको चुनाव हारे । ट्रम्पको शासनले अमेरिकी नागरिक बीचमा समन्वय गरेन । केबल सत्ताको घमण्ड उनमा जाग्यो । विपक्षको शक्तिशाली राष्ट्रको नाताले सबैले ट्रम्प शासनको मजाक लिए । त्यस्तै संस्कार र संस्कृति नेपालमा अहिले यस्तै छ । पार्टी छ, त्यसका कुनै नीति, सिद्धान्त, विचार, पद्दति र कार्यक्रम छैन । नेता छन्, त्यहाँ अनुशासनको अर्थ छैन । एकीकृत पार्टीको नाममा जनताको अगाडि बोलेको कुरा वाचा गरेको ख्याल गरिँदैन ।
९ सदस्य सचिवालयमा प्रधानमन्त्री र पार्टी अध्यक्षको हिसाबले नरमकरम मिलाउने केपी ओली हुनुपथ्र्यो । अर्का अध्यक्ष प्रचण्डलाई मात्र होइन, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमको राय सुझावबाट पार्टी र सरकार चल्न भनेको हो । तर यहाँ सरकार बदल्न गुटबन्दी सुरु भयो । नेताको कोटामा मन्त्री छन्ने, ती मन्त्रीले गरेको भ्रष्टाचारको साक्षी नेताहरु हुने चलन स्थापित गरियो । यो त्यो भन्ने भएन । स्वार्थले पार्टीको नास गर्छ । अनशासनमा नबस्दा पार्टीको कार्यदिशा बिग्रन्छ, शासन गर्ने मौका बाम्बार आउँदैन । एकपटक सत्तामा पुगेपछि यसको उदाहरण अमेरिकाले दिएको छ, नेताहरुले त्यो यथार्थ बुझे राम्रो ।
तर, यहाँ नेताहरुमा र दम्भ छ । प्रधानमन्त्रीले सरकार र कार्यकारी अध्यक्षले पार्टी चलाउने सहमति भयो । त्यस्को पालना भएन । एकताको काम म्याद तोक्दै कार्यकर्तालाई धम्काउने काम मात्र भयो । पार्टीले सरकारलाई निर्देशन गर्छ । सरकार संविधान अनुरुप चल्छ, प्रधानमन्त्री आफैँभन्दा स्थानीय समितिको निर्देशन मान्दैनन् । कतै ओलीलाई ट्रम्पको जस्तै घमण्ड त जागेन ? यो सरकार असफल हुनु भनेको नेपालको नेतृत्व असफल हुनु हो । यहाँ केपी ओली र उनको टिमको मात्र दोष छैन । ४४५ जना केन्द्रीय सदस्य, ४५ जनाको स्थायी समिति, ९ सदस्यीय सचिवालयको पनि कमजोरी हो । त्यहाँ भित्र ओली, प्रचण्ड, माधवलाई उचालेर घ्यू खान खोज्ने बिरालाहरु पनि दोषी छन् । जसका निम्ति अहिले यो द्वन्द्व चर्काइएको छ । यसले नेकपाको हित गर्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *