सामाजिक सञ्जाल टिकटकदेखि युट्युब नियन्त्रण आवश्यक

समाचार

काठमाडौं । सूचना प्रविधिले विश्वलाई हातमा ल्याएको छ । यसले नेपालमा पनि फड्को मारेको अवस्था छ । पछिल्लो समय इलेक्ट्रोनिक मिडियाले बजार जमाएको अवस्था छ । यो माध्यम भरपर्दो र विश्वासिलो भने हुन सकेको छैन । तर, सञ्चार क्षेत्रले निभाउनु पर्ने भूमिका निभाएको भने छ तर कतिपयले भने विश्वासिलो भूमिका निभाएका छन् र कतिपय छापामाध्यमले विश्वासिलो भूमिका निभाएका छैनन् । यस्तै अहिले इलेक्ट्रोनिक मिडियाले पनि राम्रै गरेका छन् तर भरपर्दो, विश्वासिलो बन्न सकेका छैनन् । कतिपय विद्युतीय मिडियाले भ्रामक समाचार फैलाएर नेपाली समाजलाई बद्नाम गराएका छन् । यस्तै साप्ताहिक, मासिक, पत्रपत्रिकाले पनि विश्वासिलो समाचार दिन सकेका छैनन् । अहिले न्युज (समाचार) खोज्नुभन्दा भ्युअर (दर्शक) खोज्नतिर पत्रकारहरु लागिपर्ने गरेका छन् । अहिले नेपालको कुनाकाप्चासम्म पत्रकार पुग्न सकेका छैनन् । सञ्चारमाध्यामका पनि आयस्रोत नभएकाले राम्रोसँग समाचार संकलन गर्न समस्या भइरहेको देखिन्छ । आर्थिक अभावका कारण सञ्चारमाध्यमले पनि समाचार दिन सकेका छैनन् । प्रायःजसो निजी क्षेत्रका मिडियाले एक अर्काको खेदो खन्ने परीपाटी चलेको छ । अहिले नेपालमा पत्रकारभन्दा सोसल मिडिया (सामाजिक सञ्जाल) मा भए÷नभएका भ्रामक सूचना दिएर नेपालमा मिडिया बद्नाम भएका छन् र नेपालमा मिडियालाई विश्वास गर्नै छाडेको अवस्था छ । सञ्चार मन्त्रालयले यस विषयमा ध्यान दिनु पर्ने देखिन्छ । अहिले च्याउसरी खोलिएका अनलाइन न्युजपोर्टलदेखि फेसबुक, युट्युब र टिकटकले बजार ओगटेको अवस्था छ । कतिपय समाचार फेसबुक र अनलाइनमा राख्न मिल्दैन, अहिले नेपाली बजारमा व्यापक रुपमा टिकटकमा रमाउने र जे मन लाग्यो त्यही टिकटक बनाएर लोड गर्ने काम भइरहेको छ । यी यस्ता टिकटक, युट्युब र फेसबुकले नेपाली समाजलाई कतातिर लैजाला ? यस विषयमा सञ्चार प्रविधि मन्त्रालयले ध्यान दिने की ? नेपाली समाज फेसबुक, युट्युब र टिकटकले गर्दा नेपाली समाजमा विचलन आउन थालेको छ । कतिपय बुढाबूढी बुबाआमा, दिदीबहिनीहरुको अगाडि मोबाइल खोलेर हेर्नसमेत गाह्रो पर्ने अवस्था सिर्जना भएको छ । यस्तै सामाजिक सञ्जालमा पनि राजनीतिक घोचपेचदेखि अन्य शब्द राखिएको अवस्था छ । राज्यले सामाजिक सञ्जालभित्रको विकृतिको बारेमा ध्यान दिएको अवस्था छैन । अहिले नेपाली समाज बिग्रिनुमा सामाजिक सञ्जालदेखि टिकटक र युट्युबले व्यापक स्थान लिएको छ । स–साना बालबच्चासमेत बिग्रिएको अवस्था छ । यस विषयमा राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी सबैको ध्यान जान जरुरी देखिन्छ । यस विषयमा बेलैमा ध्यान दिइएन भने भोलिका दिनमा नकारात्मक कार्यहरुले समाजमा पहिलो स्थान पाउने देखिन्छ । अहिले धेरैजसो बलात्कारको घटना भएको समाचार दिन प्रतिदिन सुन्न पठ्नु पर्ने अवस्था छ, कतिपय घटनाहरुको प्रधानमन्त्रीुख कारण नै यहि सामाजिक सञ्जाल भएको समाचार आएको छ । यसलाई सरकारले छिटोभन्दा छिटो नियमन गर्न आवश्यक रहेको आवाज उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *