निर्वाचन आयोगको निर्णयबाट दुवै नेकपा हिस्स

राजनीति

काठमाडौं । गत ५ पुसमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरेको प्रतिक्रियामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी गत ५ पुसमा विभाजित भएको थियो । यसरी विभाजित भएको नेकपाको एउटा नेकपाको नेतृत्व प्रधामन्त्री केपी ओलीले अध्यक्ष भएर गर्न सुरु गरेका थिए भने अर्को नेकपाको नेतृत्व प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा अध्यक्ष भएर सुरु गरेका थिए । यसरी प्रतिनिधि सभा विघटन भएको प्रतिक्रियामा विभाजित भएको नेकपालाई निर्वाच आयोगले हिस्स बूढी हरिया दाँतको स्थितिमा पु¥याइदिएको छ । गत आइतबार साँझ बसेको निर्वाचन आयोगको पदाधिकारीहरुको बैठकले विभाजित दुवै नेकपालाई आधिकारिकताको मान्यता दिन अस्विकार गरेको छ । यसैगरी, गत ७ पुस यता दुवै नेकपाले गरेका निर्णयहरुलाई पनि आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । निर्वाचन आयोगले अस्विकार गरेपछि माधव नेपाल नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष हुनबाट वञ्चित भएका छन् । यसैगरी प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा गत २२ पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिलाई ११ सय ९९ सयबाट बढाएर १५ सय १ सदस्यीय बनाउने निर्णयलाई पनि रद्द गरेको छ । गत ५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन भएको पर्सिपल्ट केपी ओलीको नेतृत्वमा बसेको नेकपाको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिलाई ४ सय ५१ सदस्यबाट बढाएर ११ सय ९९ बनाउने निर्णय गरेको थियो । ओलीको नेतृत्वमा बसेको नेकपाको बैठकको यो नियार्णलाई पनि निर्वाचन आयोगले मान्यता दिएको छैन । यसैगरी प्रचण्ड र माधवको अध्यक्षतामा बसेको नेकपाको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष केपी ओलीलाई पार्टीको साधाराण सदस्यसमेत नरहने गरी गरेको निर्णयलाई पनि निर्वाचन आयोगले वैधानिकता दिन अस्विकार गरेको छ । समग्रमा निर्वाचन आयोगले सत्तारुढ नेकपा विभाजित भएको दुवै पक्षको दाबीलाई निर्वाचन आयोगले अस्विकार गरेको छ । पार्टी विभाजनलाई नै निर्वाचन आयोगले अस्विकार गरेपछि चुनाव चिह्नका सम्बन्धमा निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । चुनाव चिह्नका लागि अब दुवै पक्षले आफू आधिकारिक नेकपा भएको प्रमाण पुग्ने गरी निर्वाचन आयोगमा प्रस्तुत हुनु पर्ने भएको छ ।
बृहत शान्ति सम्झौतामार्फत मुलधारको राजनीतिमा आएपछि तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले दुईवटा संविधान सभाको निर्वाचन र एउटा आमनिर्वाचन गरेका छन् । तर, तीनवटै निर्वाचनमा अध्यक्ष प्रचण्डले सूर्य चिह्न लिएका थिएनन् । तर अहिले भने सूर्य चिह्न आफ्नो पार्टीको रहेको दाबी अध्यक्ष प्रचण्डले पनि गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *