सिइओविहीन सनराइज बैंक

अर्थ/वाणिज्य

काठमाडौं । ठ्याक्कै नेकपाकोझैँ आन्तरिक कलह झेलिरहेको एउटा बैंकबाट सिइओ राजीनामा दिएर हिँडेका छन् । ४ वर्षका लागि नियुक्त भएका सिइओ जनकराज पौडेलले १९ महिना नपुग्दै राजीनामा दिएर बाहिरिएका हुन् । जसरी सत्तारुढ दल नेकपामा पार्टी दुई अध्यक्षबीचको लफडा लम्बिँदै जाँदा पार्टी नै दुई टुक्रामा विभाजन हुने स्थितिमा पुग्यो । ठ्याक्कै उस्तै लफडा झेलिरहेको बैंक हो सनराइज बैंकमा ।
जहाँ काका र भतिजाको लफडाको कारण लामो समयदेखि त्यो बैंकलाई पनि नेकपाकै हालतमा पु¥यायो । त्यहाँ मारवाडी लगानीकर्ता मोतिलाल दुगड र मालचन्द दुगडको पारिवारिक झगडा बैंकको सञ्चालक समिति र व्यवस्थापनसम्म पुग्यो । जसलाई नेपाल राष्ट्र बैंकले पटक पटक सम्झायो । सम्झायो, बुझायो, थर्कायो राष्ट बैंकले । त्यति हुँदा पनि अटेरी शैलीमै अघि बढिरह्यो बैंक । त्यहाँ काका अर्थात् अध्यक्ष मोतिलालले मालचन्द समूहका सञ्चालकहरुलाई पेलेर अघि बढिरहे । भतिज मालचन्द्र पनि काका मोतिलाललाई हटाएर आफू अध्यक्ष बन्न प्रयासरत रहे । अन्ततः यो विवादमा भतिजसँग गुटबन्दी गरिहेका सिइओ पौडेल मंगलबार त्यहाँबाट राजीनामा दिएर बाहिरिएका छन् । बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सिइओमा नियुक्त गरेको थियो । बैंक सञ्चालक समितिले सोमबार डेपुटी सिइओमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको थियो । राणाको नियुक्तिमा पनि पौडेल सहमत थिएनन् । पौडेल सञ्चालकहरुबीचको चरम गुटबन्दीको सिकारमा परेका थिए । सञ्चालकहरुबीचको विवाद पटक–पटक राष्ट्र बैंकले मिलाउनु परेको थियो । पौडेल यस्ता सिइओ हुन्, उनी जहाँ पुग्छन् त्यही विवादमा पर्छन् । यसअघि ग्लोबल आइएमई बैंकका सिइओ थिए । सञ्चालक समितिसँगको सम्बन्ध चिसिएपछि सिइओ बनेको ११ महिनामै राजीनामा दिएका थिए । उनी अलि बढी टिकेको एनआइसी एसियामा मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *