छोराको खोजीमा ८६ वर्षे आमा श्रममन्त्री चौधरी पैसा बटुल्नमा व्यस्त

समाचार

काठमाडौं । राजनीतिक दलभित्र पैसा कमाउनकै लागि पार्टीको सिद्धान्त र नीतिको बारम्बार उल्लंघन गर्नेलाई मन्त्री पद दिइएको छ । मन्त्री बनेर आफ्नो हैसियत बलियो बनाउने गलत प्रवृतिलाई श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले अँगालेका छन् । उनले पदलाई पैसा कमाउनेतिर लागिपरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले २३ माघमा युवा बेरोजगार घटाउन युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता थुप्रै योजना सरकारले ल्याएको नेपाली युवाहरु म्यानपावर व्यवसायीहरुबाट ठगिनु नपर्ने बताएका थिए । तर, श्रममन्त्री चौधरीले प्रधानमन्त्री ओलीको भाषण विपरीत दिशाबाट कमाउने योजना गरेका छन् । कारबाहीमा परेका म्यानपावर कम्पनीबाट पैसा बुझ्दै उल्ट्याउने गरेका छन् । मन्त्रीले कमाउनका लागि फाइल सदर गर्दा वैदेशिक रोजागर विभागका महानिर्देशक कुमार दाहालको सातो लिने आँट व्यवसायीले गरेका छन् । राष्ट्रिय राजनीतिको स्वार्थलाई बिर्सेर पार्टी बद्नाम भएर नै संसदको दुई तिहाइ बललाई धुजाधुजा बनाइएको छ । कानुनले नदिएको काम गर्न नेताहरु नै सक्रिय भइरहँदा नेपाली युवायुवतीहरुलाई ठग्ने बिचौलियाहरु जुमुराएका छन् । पैसालाई जोड दिने पार्टीका नेताजस्ता छन् । ठेकेदार, डाक्टर, इन्जिनियर, मजदुर, शिक्षक, वकिलको व्यापारी सबै एकै छन् । आफ्नै देशका युवायुवतीलाई ठग्नेमाथि राज्य कठोर नबन्नु भनेको अपराधको रामराज्य चल्नु हो । गोकर्ण विष्टले शुरुमा निकै राम्रो गर्न खोजेका थिए । वैदेशिक रोजगारको नाउँमा मलेसिया जानेलाई स्वास्थ्य परीक्षण गर्ने स्थान र संस्था तोकेर रु १५ सयले हुने स्वास्थ्य जाँच प्रतिव्यक्ति ९ हजारदेखि ११ हजार रुपैयाँसम्म पु¥याएका थिए । मलेसियाको श्रम कार्यालयको भ्रष्टाचारको संस्कार नेपालमा पनि प्रवेश भयो ।
गोर्कण विष्ट श्रम तथा रोजगार मन्त्री बन्ना साथ यो विकृति रोक्ने काम गरे । उनलाई प्रधानमन्त्रीदेखि पार्टीका नेता र सांसदले घेराबन्दी गरे । राम्रो गर्दागर्दै माफियाहरु कै जोडबलमा विष्टलाई हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्री बनाइयो । यिनले पनि कमाइलाई जोड दिए । वैदेशिक रोजगार क्षेत्रभित्रको विसंगति हटेको छैन । अहिले पार्टीमा प्रधानमन्त्री र नेताहरुको मनमुटावबाट राजनीति गुटमा केन्द्रित भएको प्रधानमन्त्री ओलीले भ्रष्टाचारी कारबाही गर्न सकेका छैनन् । तिनैमध्येको लोकप्रिय मन्त्री हुन्, गौरीशंकर चौधरी । गृहमन्त्री रामबहादुर थापाको टिमबाट चौधरीजस्तालाई प्रधानमन्त्री ओलीले श्रम तथा रोजगार मन्त्री बनाउनु नै आफ्नै सरकारको बद्नाम गर्नु हो । मन्त्री चौधरी वर्तमान सरकारको बदनामीमा चर्चित छन् ।
तामाकोशी सन्देशलाई पोल्यान्डको लुकाज टोमाटोज इक्स्पोर्टले एकै मितिमा श्रम विभागलाई जगन्नाथ उप्रेतीको श्रम स्विकृती गरी पठाएको पत्र प्राप्त भएको छ । कार्यालयको छापसमेत कतै उल्टो कतै सुल्टो लागेको छ । लुकाज टोमाटोज पोल्यान्डको त्यो पत्र २०२१÷२÷५ मा पठाइएको देखिन्छ । त्यो कामका लागि रु १० लाखदेखि १२ लाखसम्म सेटिङमा ठगी रहेको बताइन्छ । बालसिल एचएल म्यानेजर लुकाज टोमाटोज पोल्यान्ड नामक कम्पनी नक्कली वा सक्कली के हो ? विभागले भेरिफाइ गरिसकेको छैन । उप्रेतीलाई श्रम स्विकृति दिइएको पत्र हो वा पोल्यान्ड दूताबासको पत्र हेर्दा विश्वासिलो आधार पाइँदैन । २ वर्षका लागि उप्रेतीलाई श्रम स्विकृति दिइएको अर्को पत्रमा दैनिक आठ घन्टा साताको ५ दिन काम गर्दा ९८० युरो दिने भनिएको छ । कम्पनीले नै यातायात खर्च बेहोर्नेसम्म पत्रले देखाउँछ । उनीसँग म्याननपावर कम्पनीले कति लुट्यो ? श्रममन्त्रीलाई यसबारे चासो छैन । कर्मचारी सेटिङमा चलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *