प्राधिकरणका राजन दिन गन्दै

समाचार

काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल त्यो पनि प्रधानमन्त्रीका सहयोगी तर पनि मन्त्री पद स्थान फेर्दै टिकाउँदै नागरिक उडड्यायन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्रवक्ता राजकुमार श्रेष्ठ, डाइरेक्टर देवानन्द उापध्यायको टिम आगामी मंसिरमा घर जाँदै छ । तर काम नलाग्ने राजन पोखरेल कांग्रेस नेताको विज्ञप्ति लेख्ने र इन्टरेटमा पठाउने धन्दा गर्दै जाँदा महानिर्देशक ढुक्क छन् । आफ्नो कार्यकालमा लुम्बिनी एयरपोर्ट, पोखरा एयरपोर्ट सञ्चालन हुने संकेत प्राविधिक रुपमा देखाइएको छैन । तर, यिनै पोखरेल आइकाओको निर्देशनमा प्रधिकरण टुक्र्याएर व्यवस्थापन र निर्माणमध्येको एक ठाउँमा बस्न नेताको आँखामा छारो हाल्न सकिन्छ कि भन्ने दाउमा छन् ।
प्रदीप अधिकारीजस्ता भ्रष्टाचारी टिमलाई साथ लिएर राजन पोखरेलको समयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरु गर्ने संकेत छैन । तर पनि भएका एयरपोटहरुमा हिमालय एयरलाई एयरपोर्टको ग्राउन्ड होल्डिङ सुम्पने दाउमा छन् । त्यो कम्पनी थामसेर्कु र यति एयरको कमाइ थलो भएको छ । कम्पनीलार्ई प्रधानमन्त्री केपी ओलीले सहयोग गरेको आरोप लगाइन्छ । तर नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय उड्डयनको प्रावधान पूरा नहुँदा उडान स्विकृति दिन ढिला गरेकै हो । राजन पोखरेललाई कांग्रेसी भए पनि महानिर्देशक बनाउने तत्कालिन एमालेका समर्थक सजीव गौतम रहेका थिए । गौतमको जागिर अवधि पूरा भएपछि वरिष्ठलाई मिचेर पोखरेललाई महानिर्देशक बनाएको थियो । अहिले तत्कालिन एमाले पक्षले बेहोरेको छ । देवानन्द उपाध्यक्ष वरिष्ठ थिए । उनले कांग्रेसको शेरबहादुर देउवा, एमालेका माधव नेपालको सेवा बराबर गरे । तर नवनिर्मित एयरपोर्टहरुको रेखदेख त्रिभुवन विमान स्थलको पुनर्निर्माणको कामको जिम्मा पाएका प्रदीप अधिकारीले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, अस्गर अलीसम्मलाई बिटो बुझाएर तत्कालिन एमाले जिल्लियो । यतिखेर पोखरेल कहिले हात, कहिले खुट्टा भाँचेर भए पनि आफ्नै जागिरको दिन गन्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *