अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्वसदस्य, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुनुहुन्छ । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापित छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ३७औँ केन्द्रीय वार्षिक साधारणसभासँगै सन् २०१५ देखि २०१७ सम्मका लागि उहाँ टानको अध्यक्ष हुँदै हाल नेपाल पर्यटन बोर्डको सदस्यमा २३ माघमा नियुक्ति हुनु भएको छ । ०२९ सालमा धादिङ जिल्लाको दुर्गम क्षेत्र खाल्टे गाविस वडा नं. ३ मा जन्मिनु भएका रिजाल ठूलोबुबाको राजनीतिक प्रेरणा र नेपाली पुरुषप्रधान समाजमा अन्यायमा परेका महिलाहरुलाई गाउँ–गाउँबाट न्याय दिलाउनुपर्छ भन्दै ४ कक्षा पढ्दादेखि नै रिजाल राजनीति र समाजसेवामा सक्रिय हुनुभयो । सरस्वती क्याम्पस र त्रिचन्द्रको राजनीतिमा अखिलको अध्यक्ष भएर काम गर्नु भएका रिजाल ०४६ सालको आन्दोलनमा सक्रिय विद्यार्थी राजनीतिमा लाग्नु भएको थियो । सँगै समाज परिवर्तनको दिशामा निरन्तर लागिरहनु भएका छन् । रिजाल ०५० सालदेखि पर्यटन क्षेत्रसँग संलग्न हुनुहुन्छ । ०५० सालमा नेपालको पर्यटनबारे गहन अध्ययनमा लाग्नु भएका रिजालले ०५४÷५५ मा ठमेलको ज्याठामा होटल डिप्लोम्याट प्रा.लि. सञ्चालनमा ल्याएर पर्यटन व्यवसायमा प्रत्यक्षरुपमा जोडिनु भएको थियो । ०६२÷६३ को आन्दोलनका क्रममा पर्यटन व्यवसायी भएर पनि राजनीतिमा लागेकै कारण प्रहरीको कठोर यातना खेप्नु भएका रिजालसँग साढे दुईदशकको पर्यटन अनुभव छ । उहाँ विगत ९ वर्षदेखि पर्वतीय पर्यटन र पदयात्राका क्षेत्रमा संलग्न हुनुहुन्छ । होटल एसोसियसन अफ नेपाल (हान) को केन्द्रीय सदस्य बनेर पर्यटन क्षेत्रको विकासमा थप सक्रिय हुनुहुन्थ्यो । नेपाल ¥याफ्टिङ एन्ड क्यानोनिङ एसोसियसनको पूर्वउपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को प्रबन्ध निर्देशकलगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा रिजालले काम गरिसक्नु भएको छ । राम्रो कामलाई फैलाउने र नराम्रोलाई औँल्याउने सामाजिक सेवामा आफूलाई जीवनभर समर्पित गर्दै अगाडि बढिरहनु भएका रिजाल सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्तित्व हुनुहुन्छ । थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्ने स्वाभावका व्यक्तित्व हुनु भएकाले नै पर्यटन क्षेत्रमा उहाँलाई धेरैले मन पराउँछन् । उनै रिजालसँग हामीले पर्यटन क्षेत्र कसरी उकास्न सकिन्छ, पर्यटन व्यसाय कहिलेबाट पुरानो स्थानमा र्फकन सक्छ, तराई पर्यटनको सम्भावना के कस्तो देख्नुभएको छ ? यस्तै सन्र्दभमा हामीले गरेका गरेका कुराकानीको अंश ः
० कोरोना भाइरस महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न नेपाल पर्यटन बोर्डले निजी क्षेत्रस“ग कसरी समन्वय गरिरहेको छ ?
अहिले पर्यटन क्षेत्र शिथिल भएको छ । यसलाई हामीले २ वटा पाटोबाट हेरेका छौँ । पहिलो आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु पर्नेछ । त्यसैअनुसार अगाडि बढ्ने तयारी भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन नगर्ने हो भने पर्यटन क्षेत्र दिगो हुन नसक्ने अवस्था छ । यहीकारण पर्यटन बोर्डले सोहीअनुसार कार्यक्रम ल्याएको छ । पर्यटन उद्योगलाई कसरी बचाइराख्ने भन्ने विषय नै अहिलेको प्राथमिकता हो । फेरि पहिलेकै ठाउँमा कसरी पुग्ने भने विषय पनि छ । त्यसका लागि पनि अन्तर्राष्ट्रिय पर्यटक आउनुपर्छ । तर, उनीहरु अहिले नै आइहाल्छन् भन्ने अवस्था छैन । तर, हामीले केही बढी उदार नीति लिएका छौँ । उडानसहितका सबै पर्यटकीय गतिविधि खुला गरिसकेका छौँ । सांस्कृतिक सम्पदाहरु पनि खुल्ला भएका छन् । जसले गर्दा तत्कालको अवस्थामा आन्तरिक पर्यटनको माध्यमबाट अगाडि बढ्न सक्छौँ भने हाम्रो लक्ष्य हो ।
अहिले हामी ‘अफ सिजन’ मा प्रवेश गरिसकेका छौँ । अब मार्चसम्म केही हुनेवाला नै छैन । त्यसकारण यो बेला गर्न सक्ने काम भनेको आन्तरिक पर्यटन पवद्र्धन नै हो । त्यसकारण मैले र हाम्रो बोर्डको टिमले आन्तरिक पर्यटन प्रोत्साहनका कार्यक्रम अगाडि बढाउनु पर्छ भन्दै आएका छौँ । त्यसैअनुसार बोर्डले पोखरामा अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ । यसले पनि आन्तरिक पर्यटनको क्षेत्रमा केही सन्देश अवश्य दिन्छ । यसबीचमा हामीले तराई लक्षित कार्यक्रम गरेर ‘जाउँ है पोखरा’ अभियान पनि सञ्चालन गरेका थियौँ । पूर्व–पश्चिम साइकल यात्रा गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका काम गरेका छौँ । हामीले पुष्कर शाहको नेतृत्वमा साइकल ¥याली नै चलाएको थियौँ । अहिले हामीले प्रत्येक प्रदेशका व्यवसायीलाई घुम्न पठाएर ‘आउँ है हाम्रोमा’ भन्ने अभियान चलाएका छौँ । जबसम्म आन्तरिक पर्यटनमा व्यवसायी आफैँ संग्लन भएर घुम्दैनन् वा घुम्न सक्ने वातावरण छ भन्न सक्दैनन् तबसम्म अन्य जनमानस घुम्न निस्कदैनन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हामीले सुरुमा ‘रिभाइभल कमिटी’ बनाएका थियौँ । अहिले फेरि प्रदेशस्तरीय रिभाइभल कमिटी पनि बनाएका छौँ ।
० आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम के के छन् ?
हामीले आन्तरिक पर्यटनमा जोड दिएका छौँ । यो वर्ष हामी सातवटै प्रदेशमा डोमेस्टिक टुरिजम मार्ट गर्नेछौँ । साथै आन्तरिक र भारतीय पर्यटक प्रवद्र्धन गर्ने पाथीभरा, छ्रिन्नमस्ता र कलकत्ताको काली मन्दिर मिलाएर सर्किट बनाउँदै छौँ । त्यसैगरी पशुपतिनाथ र मुक्तिनाथलगायत मन्दिरलाई जोडेर अर्को सर्किट बनाएर प्रचार गर्नेछौँ । नेपाल आउन पर्यटकहरू तयार छन् । युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन् । त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान गरेको छु ।
० नेपालको पर्यटन कहिले पुरानै लयमा फर्केला ?
अहिल्यै अनुमान गर्न सकिन्न । कोरोना रोकथाम गर्न सरकारले कसरी सुरक्षा अवधारणा अगाडि बढाउँछ, त्यसले पनि प्रभाव पार्छ । अन्तर्राष्ट्रिय हवाइ उडान सुरु भइसकेको छ । नेपाल आउन पर्यटकहरू तयार छन् । युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन् ।
० नेपालले हिमाली क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । तराई पर्यटनको सम्भावना के कस्तो देख्नुभएको छ ?
धार्मिक पर्यटन, वाइल्ड लाइफ टुरिजम र रिक्रियसन टुरिजमका हिसाबले हाम्रो तराई मधेस क्षेत्र अब्बल गन्तव्य बन्न सक्छ । तराई क्षेत्रमा धेरै सम्पदा छन् । तिनको राम्रो ब्रान्डिङ, पूर्वाधार विकास र मार्केटिङ जरुरी छ । अहिलेसम्म हेर्ने हो भने लुम्बिनी र जनकपुरको विकास भएको छ । राम्रो प्रचार नहुँदा त्यति महत्वको कोशी टप्पु ओझेलमा परेको छ । छिन्नमस्ता, गढीमाई, जनकपुरजस्ता गन्तव्यमा बर्सेनि लाखौँ भारतीय पर्यटक पनि आउँछन् । तिनलाई एक रात यता बसाउने व्यवस्था मिलाउन सकियो भने नेपाललाई ठूलो फाइदा हुन्छ । तराईमा बीच टुरिजम फस्टाउन सक्छ । युरोपमा जम्मा ३ महिना बीच टुरिजम चल्छ तर हाम्रोमा ७ महिना चलाउन सकिन्छ । हामीले सप्तकोसीको बगरमा बीच टुरिजमको अवधारणा अघि बढाएमा, धार्मिक दर्शन, खानपान, बोटिङ र जलविहारको मजा एउटै क्षेत्रमा सम्भव हुन्छ । यसपाला हामीले बीच टुरिजमका लागि अनुसन्धान गर्न बजेट छुट्टयाएका छौँ । तराईको चुरे क्षेत्रमा पनि पर्यटनको अथाह सम्भावना छ । जस्तो कि छिन्नमस्ता नजिकै पहाडमा पोखरी नै पोखरी छ । छिन्नमस्ता दर्शन गरेर त्यहाँ शीतल हावामा बस्न सकिन्छ । त्यस्तै अर्को उदाहरण उदयपुर र सप्तरीको सीमामा रहेको सुन्दरी खोला मास्तिर डाँडामा आनन्दको जंगल छ । त्यहाँबाट कञ्चनजंघा र मकालु हिमशृंखला देख्न सकिन्छ । त्यसैगरि सप्तकोसीमा वर्षैभरि डल्फिनसमेत अवलोकन गर्न सकिन्छ । यसरी तराईमा अरू पनि अनगिन्ती सम्पदा छन् । गढीमाईको आफ्नै महत्व छ । सिम्रौनगढको आफ्नै महत्व छ । चितवनको विकास भयो तर ठोरीको हुन सकेन जब कि वाइल्ड लाइफ डेस्टिनेसनका रूपमा यसलाई चम्काउन सकिन्छ । तराईमा बीच टुरिजम फस्टाउन सक्छ । युरोपमा जम्मा ३ महिना बीच टुरिजम चल्छ तर हाम्रोमा सात महिना चलाउन सकिन्छ । हामीले सप्तकोशीको बगरमा बीच टुरिजमको अवधारणा अघि बढाएमा, धार्मिक दर्शन, खानपान, बोटिङ र जलविहारको मजा एउटै क्षेत्रमा सम्भव हुन्छ ।
० तराईका पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धन हुन सकेको छैन, आखिर किन ?
पञ्चायतकालमा नेपालमा दरबारनिकटका मान्छेले मात्र पर्यटकीय गतिविधि सञ्चालनको अनुमति पाउँथे । ०४६ सालको परिवर्तनपछि पनि सिमित घराना मात्र पर्यटनमा सक्रिय भए । मौरिस हर्जोगको समूहले अन्नपूर्ण आरोहण गरेपछि पोखरा क्षेत्रमा पर्यटन सुरु भयो । यता सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा चढेपछि सोलुमा पर्यटकीय गतिविधि बढ्यो । ती क्षेत्रमा सरकारको पनि चासो बढ्यो । अन्यत्र न सरकारको ध्यान पुग्यो न स्थानीयमै जागरण आयो । ०६२÷६३ को गणतान्त्रिक आन्दोलनपछि मात्र सर्वसाधारणमा पर्यटन चेतना र लहर बढ्यो । वातावरण पनि अनुकूल बन्दै गयो । अचेल तराईमा पनि स्थानीयस्तरमा पर्यटन विकासका काम हुँदै छन् ।
० जब देशमा विभिन्न प्रकारका प्रकोप र संकट आउ“छ, त्यतिबेला हामी आन्तरिक पर्यटन पवद्र्धनका कुरा अगाडि सार्ने गछौ“ । आन्तरिक पर्यटक पवद्र्धनका कार्यक्रम छनोट गर्दैगर्दा हामी कहा“ चुकिरहेका छौ“ त ?
अवश्य पनि हामी चुकेका छौँ । ०७२ को भूकम्पले देशमा सबै ठाउँमा असर गरेको थिएन । त्यो हाम्रो देशको कुनै क्षेत्रको समस्या मात्रै थियो । तर, अहिलेको कोभिड विश्व महामारी नै हो । यसलाई भूकम्पसँग जोड्न मिल्दैन । त्यसबेला पनि आन्तरिक पर्यटन पवद्र्धन गर्ने विषय अगाडि बढेको थियो । त्यसबेला विदेशीहरुमा पनि नेपाललाई सहयोग गर्न पर्छ भन्ने भाबना जागृत भएको थियो । दातृ निकाय र प्रोजेक्टहरु धेरै नै आएका थिए । नेपाल आउने गैरआवासीय नेपालीको संख्या पनि बढेको थियो । विदेशी नै आएपछि आन्तरिक पर्यटनका कार्यक्रम छाडिएका पनि हुन सक्छन् ।
साँच्चिकै त्यो बेला भ्रमणमा कहाँ जानेभन्दा नेपाल भन्ने भएको थियो । एक त घुम्न पाइने, अर्को सेवा पनि हुने । योसँगै हामीले नेपाल आउने संख्या कम हुन्छ भने आँकलन गरेका थियौँ, तर, त्यसको उल्टो भयो । तर,अहिले त संसारभर महामारीको समस्या छ । भूकम्पपछि पर्यटन क्षेत्र सहजै लयमा फर्केजस्तो अहिले त्यो सम्भव छैन । जबसम्म हामी आफँै घुम्दैनौँ, घुमघामका लागि प्याकेज बनाउँदैनौँ, तबसम्म यो गफ नै हो भन्न मिल्छ । तर, अहिले हामीले जुन हिसाबले प्याकेज ल्याएका छौँ, तथा व्यवसायीहरुलाई घुमाइरहेका छौँ । यसलाई त गफ भन्न मिल्दैन । उदाहरणका लागि झापाको व्यवसायी ताप्लेजुङ पुगेकै छैनन् भने उसले त्यहाँको प्याकेज नै बिक्री गर्दैन । त्यही भएर आज हामीले झापाका व्यवसायीलाई ताप्लेजुङ पु¥याएका छौँ । यसले प्याकेज बिक्री गर्न सहज भएको छ । पहिले कसरी आन्तरिक पर्यटनका काम हुन्थे, मलाई थाहा छैन । तर मैले आन्तरिक पर्यटनबाट मात्रै यो क्षेत्रलाई दिगो बनाउन सकिन्छ भनेर कार्यक्रमहरु चलाइरहेको छु ।
० समग्र नेपाल नचिनेका नेपालीहरु नेपालभर घुम्न जान चाहे भने तपाईहरुले दिन सक्ने प्याकेज के–के छन् ?
आजको अवस्थामा मान्छे घुम्न निस्किनै डराएका छन् । त्यसका लागि अरुलाई घुम्न जाउँ भनेर कन्भिन्स गर्नुअघि आफैँ घुमेको हुनुपर्छ भनेर साढे २ लाखका दरले पैसा दिएर प्रत्येक प्रदेशका व्यवसायीलाई अर्को प्रदेशमा पठाउने अभियान चलाएका छौँ । पश्चिमका व्यवसायी पूर्व र पूर्वका व्यवसायी पश्चिम घुम्नु भनेको एउटा आकर्षण हो । अहिले पश्चिमका व्यवसायीहरु हामी पूर्वसम्म टुर गर्छौँ भनिरहेका छन् । मैले पूर्व मात्र होेइन, उत्तर दक्षिण पनि गर्नुपर्छ भनेको छु । यदि तपाईं हामीले नेपाल चिन्ने हो भने आज सबैतिर घुमे पो भोलि प्याकेज बेच्छौँ । तर कोभिडले गर्दा कार्यान्वयन अपेक्षाअनुसार हुन सकेको छैन । विदेशी पर्यटकलाई जुन हिसाबले सम्मान दिन्छौँ, आन्तरिक पर्यटकलाई पनि सोही किसिमले सम्मान दिऔँ । होटलहरुमा नेपालीलाई ‘दाइ’ भनेर नबोलाऔँ, सर नै भनेर बोलाऔँ भनेका छौँ । भारतीय पर्यटकलाई पनि नहेपौँ । सबैलाई सभ्य व्यवहार गरौँ भन्ने हामीले जोड दिइरहेका छौँ ।
० काठमाडौंका होटलबाट राति १० बजे नै प्रहरीले छापा मार्ने प्रवृत्ति बढेको छ । यो समस्यामाथि तपाईंले कसरी काम गरिरहनु भएको छ ?
पर्यटन बोर्ड आफैँमा नियामक निकाय होइन । हामी प्रचारप्रसारमा बढी केन्द्रित हुनुपर्ने हो । तर, अहिले प्रचारप्रसारसँगै पर्यटनलाई दिगो बनाउनु पर्नेछ । यो उद्योग दिगो भए पो प्रचारप्रसार । त्यसैले यसभित्र रहेका समस्या केलाएर मन्त्रालयलाई बारम्बार भनिरहेका छौँ । समस्या समाधान गर्ने काम मन्त्रालयको हो । पर्यटकीय क्षेत्रमा पर्यटक प्रहरीको संख्या वृद्धि गर्ने, पर्यटक प्रहरीहरुलाई पर्यटकमैत्री बनाउने र उहाँहरुबाटै यस्तो अनुगमन हुने भन्ने छ । ठमेलका क्षेत्रहरुमा पनि सबैले आएर छापा हान्न नपाउने भन्ने कुरा हामीले अगाडि बढाएका छौँ ।