जुरे पहिरोको राहत बेपत्ता

समाचार

काठमाडौं । नेपालका प्रशासक कति निदर्यी र स्वार्थी छन् भन्ने कुराको प्रमाण खोज्न सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सात वर्षअगाडि जम्मा भएको रु २ करोड २४ लाख वितरण नहुनुले छर्लंग पार्छ । त्यतिखेर १४५ जनताको मृत्यु मात्र थिएन, बस्ती नै ध्वस्त भएको थियो । त्यस क्षेत्रमा जनतालाई सजक बनाएका सरकारले थियो । त्यहीबेला सिन्धुपाल्चोकका नेता मोहन बस्नेत, तत्कालिन एमालेका शेरबहादुर तामाङ, सुभाष कर्मचार्य, सुरेश नेपाल, माओवादीका अग्नी सापकोटा सांसद भएका थिए, मन्त्री पनि भए । तर उनहरुले आफ्नो खल्तीको दिन त परै जाओस्, दाताले दिएको जिल्ला दैवी प्रकोप उद्दार समितिमा जम्मा भएको रु २ करोड २४ लाख रकम वितरणमा समेत ध्यान दिएनन् । यस्तो लापरबाही धेरै छन् ।
नेताहरुलाई व्यापारीले गरेको तस्करको समस्यामा ध्यान हुन्छ नेपाली पोसाक लगाएर फ्रि तिब्बतको अनुयायीहरुसँग पैसा लिएर नेपाली गाडीमा भारतको सीमामा शरणार्थी पु¥याउने ध्यान हुन्छ । तर नेपाली कांग्रेसका नेता सुशील कोइराला, तत्कालिन प्रधानमन्त्री बन्दा नेकपा एमालेका नेता उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम हुँदा उठेको पैसा पहिरो पीडितलाई दिन नसक्नेहरु अहिले पनि पार्टीमै पहुँचवाला नेता छन् । कानुनी अप्ठेरो छ भने शेरबहादुर तामाङ तत्कालिन कानुन मन्त्री थिए । अग्नी सापकोटा अहिले सभामुख छन् । उनी अहिले समाम्ुख छन्, मोहन बस्नेत तत्कािलन सञ्चारमन्त्र्री थिए, अहिले कांग्रेसको जिल्ला सभापति छन् । तर जुरे पहिरो पीडितको हालत जस्ताको तस्तै छ । यसतिर ध्यान कसैको छैन ।
बलेफी गाउँपालिकाले अहिले आन्दोलनको तयारी गर्दै छ । सात वर्षअगाडिको समस्या जस्ताको तस्तै छ । प्रधानमन्त्री ओलीका विश्वासपात्रले सम्झाए पनि समस्याका बारेमा जानकारी छैन । पहिरो जाँदा कांग्रेस, एमाले, माओवादी सत्तामा थिए । अहिले नेकपाको सत्तामा छ । सात वर्षअगाडिको समस्या अहिले जुरमुराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *