नुवाकोट जिल्लामा केसीको साम्राज्य

राजनीति समाचार

काठमाडौं । नेपाली राजनीतिक दलभित्र परिवारवाद चर्को छ । राजधानीनजिकैको नुवाकोट जिल्लामा अर्जुननरसिंह केसीको वंशवादले कांग्रेसलाई गिज्ज्याएको छ । डा.रामशरण महत, डा.प्रकाशशरण महतको टिमलाई पार्टी पवेश नदिने केसी समूहको योजना रहेको छ । क वर्गको ठेकेदार बहादुरसिंह लामाले भण्डाफोर गरे । पार्टीको सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापासमेत त्यो कार्यक्रममा भाग लिन पुगेका थिए । नुवाकोटमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम राख्दा पार्टीका सहमहामन्त्री डा.प्रकाश शरणलाई भने राजनीतिक प्रतिशोध साँध्न जगदिशसिंह केसीले निम्तो दिएनन् । जिल्लाका २ निर्वाचन क्षेत्रमा अर्जुननरसिंह केसी र डा.रामशरण महत उम्मेदवार बन्ने गर्छन् । जिल्लामा दुईको प्रतिस्पर्धा चल्ने गरेको छ तर केन्द्रीय राजनीतिमा आउन गुटकै साहरा लिनु पर्छ । डा.प्रकाशशरण महत देउवा खेमाका भएकाले केन्द्रीय सदस्यमा निर्वाचित हुन सहज छ । तर रामचन्द्र पौडेल समूहका जगदिशनरसिंह प्रहरी इकाउन्टरमा मारिएका डन कुमार घैँटेको रक्षा गरेका थिए ।
नेपाली कांग्रेस पार्टीमा गुटको लडाइँ नुवाकोटमा जस्तो चर्को अरु जिल्लामा भएको छैन । यहाँ डा.महत र केसी गुटमा पैतृक सम्पत्तिको लुछाचँुडीझैँ पार्टीको सत्तामा हुन्छ । जनमत भए पनि एकले अर्कोलाई गणना नगर्ने प्रवृत्तिको हाबी भएको छ । गत शुक्रबार जिल्ला सभापति जगदिश नरसिंह केसीले देखाएको त्यो कार्यक्रम सभापति शेरबहादुर देउवा आफैँ पुगेर जिल्लामा केसीको दादागिरी आँखैले देखेर फर्किए । केसी परिवारको साम्राज्य नुवाकोटमा बालुवा तस्कर ढुंगागिटीका साहुहरुले प्रजिअ, प्रहरी हाकिम सरुवा गर्न केसी समूहमार्फत दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *