बिमा कम्पनी र मेनपाव कम्पनी एउटै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । बिमा कम्पनीबाट आमनेपाली ठगिँदै छन्, दुर्गमदेखि सुगमसम्मका जनता ठगिएका हुन् । काठमाडौंमा च्याउसरी खोलिएका बिमा कम्पनीले आमनेपाली जनतामा भ्रम सिर्जना गरेर बिमा गराउने गरेका छन् । बिमा गर्ने र बिमा गरेबापतको भुक्तानीसम्म दिने गरेका छैनन् । नेपालभरी यति बिमा कम्पनी खोलिएका छन्, त िबिमा कम्पनीको नाम उच्चारण गरेर साध्य छैन । अधिकांस बिमा कम्पनीले आ–आफनो लोगो प्रयोग गरेर विज्ञापन गरेर प्रचार गरेका छन् । अनि नेपाली जनताको आँखामा छारो हालेर बिमा गरेका छन् । तर, वास्तममा भन्नु पर्दा जति प्रचार र आकर्षक देखाएर प्रचार गरेका छन्, अधिकांस बिमा कम्पनीले भए÷नभएको प्रचार गरी बिमा कम्पनीले ठगिराखेका छन् । आम नेपाली जनतादेखि सरकारी कार्यालयका कर्मचारीदेखि संस्थाहरुका कर्मचारीले गैरसरकारी संघ, संस्थाका कर्मचारी र आफन्तले बिमा गरेका हुन्छन् तर बिमा कम्पनीले एकपटक मात्र बिमा गरेमा त्यो बिमाको पैसा दिँदैन । बिमा गर्दा दुईपटक अनिवार्य बिमाको पैसा जम्मा गर्नेपर्छ भन्दै आएका छन् । कथंकदाचित दुईपटक बिमाको रकम जम्मा गर्न सकिएन भने बिमाको पैसा फिर्ता लिन पाइँदैन ।
बिमा कम्पनीले अधिकांस बैंकिङ सेवाका कर्मचारी, सरकारी कार्यालयका कर्मचारीदेखि विभिन्न संघसंस्थाका कर्मचारीले बिमा गरेका हुन्छन् । तर बिमा कम्पनीले विभिन्न बाहना पारी आफूले गरेको बिमाको रकमसमेत समयअनुसार फिर्ता दिन सकेका छैनन् । किनकि बिमा कम्पनीहरुले सबै नेपाली जनतालाई बिमा गरेबापतको भुक्तानी र बिमाकर्ताले माग अनुसारको भुक्तानी दिएको छैन । बिमा कम्पनीले व्यापारी, मजदुर घरमा पाल्ने पशुपन्छीदेखि अन्य कामका लागि बिमा गरेका छन् तर बिमा गरेका व्यक्तिले समयमा आफ्नो बिमा गरेको रकम निकाल्न सकेका छैनन् । केहि न केहि बाधा अड्चन देखाएर हरेक व्यक्तिलाई भुलाउने गरेका छन् र कतिपय व्यावसायीले आफनो व्यापार व्यावसायको बिमा गरेका छन् तर व्यापार व्यावसायीको आगोलागी भएर क्षति समानको बिमा गरेको हुन्छ । यसको रकम फिर्ता पाउनुपर्ने हुन्छ तर त्यो बिमा समय अनुसार बिमा कम्पनीले भुक्तानी गर्न सकेको छैन । यस्तै बिमा गर्ने आम नेपाली र व्यापार व्यावसायी गर्ने व्यापारीेले बिमाको भुक्तानी समयमा पाउन नसकेपछि दिनरात बिमा कम्पनीमा धाइरहेका छन् । तर व्यापार व्यावसाय गर्नेहरुले बिमावाट लिएको ऋण समय तालिकाअनुसार पैसा तिर्न नसकेको खण्डमा साँवा, ब्याज हुँदै दिन प्रतिदिन हर्जना तिराउने गरेका छन् । तर जनताले गरेको बिमाको भुक्तानी लिन चाहिँ वर्षौँ वर्ष कुर्दासमेत भुक्तानी पाएका छैनन् ।
यस्तै सरकारी संघसंस्थाका कर्मचारीले तिरेको बिमाको भुक्तानी समयमा कर्मचारीले पाउन सकेका छैन । यसरी आमनेपाली जनताको पैसामा बिमा कम्पनीहरुको ठंगी धन्दा कहिलेसम्म चलाउने हुन् ? यस्तै विश्वभरी फैलिएको कोरोना रोगबाट नेपाल पनि अछूतो रहेन तर कोरोना बिमा भनेर बिमा कम्पनीले नेपालभरी बिमाको योजना ल्याएर आमनेपालीले बिमा गरे । अहिले बिमाको भुक्तानीका लागि ताकेता गर्दासमेत अधिकांस बिमा कम्पनीले बिमाको रकम भुक्तानी गर्न सकेका छैन ।
आमनेपाली जनतालाई मेनपावर कम्पनीले विदेशमा लगेर यति तलब पाउँछ, उति पाउँछ भन्दै नेपालको कुनाकाप्चाबाट बिचौलियाले विदेशमा नेपालीलाई लगेर अलपत्र पारेजस्तै आमबिमा कम्पनीले पनि आमनेपाली जनतालाई दुःख दिएका छन् । कतिपय बिमा कम्पनीले तिर्नुपर्ने राजस्वसम्म तिरेका छैनन् । यसरी आमजनता ठगिँदासमेत कुनै निकायले ध्यान दिएको छैन । कोरोना बिमाको बारेमा बिमा कम्पनीले भुक्तानी नदिएर हैरान पारेपछि सरकारले कोरोना बिमाका लागि भुक्तानी दिनू भनेर निर्देशन दिएको थियो तर सरकारको निर्देशनसमेत बिमा कम्पनीले अज्ञागरेपछि अहिलेसम्म कोरोनाको बिमा भुक्तानी बिमा कम्पनीहरुले दिन सकेका छैनन् । उता संसद विघटन भएपछि राजनीतिक दलका नेताले आन्दोलन गरेर व्यापार, व्यावसाय गर्नेमाथि सिधै नारा जुलस निकालेर पसल वन्द गरेर आन्दोलनमा लाग्नका लागि आमनेताले आह्वान गरिरहेका छन् । व्यापार गर्नेहरु जुलुस नाराले सडक जाम भएपछि खोलिएका बजारसमेत सुनसान अवस्थामा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *