वैदेशिक रोजगारमा छाडापन

समाचार

वैदेशिक रोजगारको नाममा ठगीधन्दा व्यापक रुपमा फैलिएको छ । वैदेशिक रोजगार विभागले जतिसुकै अनुगमन गरे पनि ठग्ने र ठगिने क्रम जारी नै छ । मुलुकमा रोजगारीको कुनै अवसर नभएपछि अधिकांश नेपाली विदेशिन बाध्य भएका छन् । यहि बाध्यताका कारण ठगिने क्रमप नि दिनैदिन बढेर गएको छ । सरकारले राम्रो नारा दिए पनि यसको रोकथाम गर्ने उपाय खोजेको पनि छैन र यस्को कार्यन्वयन पनि भएको छैन । दिन प्रतिदिन नेपाली जनता भारत भएर विदेशिरहेका छन् । यस्तै मेनपावर कम्पनीले आफ्नो कार्यालयको ठेगाना र फोन नम्बर पनि गलत दिने गरेका छन् । उपत्यका बाहिरबाट पोखरा, भैरहवा, बुटवल, नारायणगढ, हेटौँडा, विराटनगर, वीरगन्ज, जनकपुर सहरी क्षेत्रमा वैदेशिक रोजगार कम्पनीहरुको शाखा कार्यालय स्थापना गरिएको हुन्छ । सहरी क्षेत्रबाट विकट जिल्ला गाउँबस्तीसम्म बिचौलियाहरु खटाई विदेश जाने युवायुवती खोज्ने प्रचलन छ । त्यस कारण गाउँबस्तीबाट सिधा–सादा नेपालीहरुलाई विदेशको प्रलोभनमा पारी नानाथरीका भmुटा आश्वासनहरु दिएर नक्कली डिमान्ड खडा गरी युवायुवतीलाई भुलाउने माध्यम बनाएर पैसा उठाउने चलन विगत कालदेखि नै चल्दै आएको छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न राज्यले कसरी ध्यान दिने त ?
विदेश जाने नाममा ठगिएकाहरुको संख्या बढिरहेको छ । धेरै ठगिनेहरुमा मकवानपुर, लम्जुङ, बाग्लुङ, स्याङ्जा, प्युठान, र सिन्धुपाल्चोक, रसुवा, धादिङ, ताप्लेजुङ, नुवाकोटजस्ता ठाउँ छन् । जसमा श्यामकुमार घले, उजेल भट्टराई, उज्ज्वल मिश्र पनि विदेश जाने नाममा ठगिएका छन् ।
यी तीनयुवा विदेशको यात्रा तय गरे विदेश जाने निर्णय गरेका तीनयुवाको भेट भोजपुरका म्यानपावर एजेन्ट सुजन थापा नामका व्यक्तिसँग भयो । थापाले राम्रो देशमा पठाइदिने भन्दै उनीहरुबाट प्रतिव्यक्ति १२, हजारको दरले ३६ हजार रुपियाँ ग्लोबल बैक, एनआइसी एसिया बैंकमा सुजन थापाको खातामा पैसा जमा गर्न लगाए । वैदेशिक रोजगारमा पठाउने भन्दै पैसा लिएका थापा अहिले फरार भएका छन् । पछिल्लो समयमा यसरी ठगिने युवाहरुको संख्या बढ्दो छ ।
वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौँ रुपैयाँहरु ठगेर भाग्ने गरेको पीडित युवायुवतीहरुको भनाइ छ । वैदेशिक रोजगारीमा जाने युवायुवतीहरु ठगिने क्रम बढ्दै गएको छ । विदेश जाने युवायुवतीलाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गरेको समाचार समय समयमा सुन्न र पढ्न पाइन्छ । कामदारको मागबिना श्रम स्विकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई भजाएर या मिलेर अन्तर्वार्ता लिने समूह नै बनाएर सक्रिय बनेको वैदेशिक रोजगारमा ठगिएकाहरुले बताउँछन् । कतिपय गन्तव्य मुलुकले विदेशी कामदार नलिएको अवस्थामा पनि नेपाली म्यानपावर तथा एजेन्टले भिजिट भिसामा गन्तव्य मुलुकमा पठाएर काम लगाइदिने भन्दै भmुटो प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति वढेको छ । सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था भएका मुलुकमा पनि म्यापावर एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी प्रतिकामदारवाट लाखौँ रकम असुल गरिरहेकै छन् ।
यस्तै एउटा कम्पनीको डिमान्ड देखाएर अर्को कम्पनीमा पु¥याउने सप्लाई कम्पनीमा पठाएर श्रमिकहरुलाई दुःख दिनेजस्ता हर्कत पनि गर्ने गरेका छन् । अहिले कामदार ठग्ने प्रतृत्ति म्यानपावरले भmनै तीव्र रुपमा वढाएका छन् । मेनपावर कम्पनीले भन्दा पनि अन्य व्यक्तिले विभिन्न देशका लागि भन्दै अनलाइनबाट विज्ञापन गराउने र विदेश जानका लागि विभिन्न बैंकm मेनपावरसँग समन्वय गरी यो बैंकमा, त्यो बैंकमा खाता खोल्न लगाएर अनलाइन पे गर्न लगाउने वैंकबाट समेत विदेश जाने युवायुवती ठगिन थालेका छन् । ठगिँदासमेत श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीले यसतर्फ ध्यान दिएको अवस्था छैन । यसको कार्यान्वयन गर्ने निकाय वैदेशी रोजगार विभागले गरे पनि उपलब्धि देखिँदैन । विभागका महानिर्देशक कुमार दाहलले ठगिएका व्यक्तिलाई उद्धारका लागि पहल गरेपनि अन्य निकायहरुले पहल कदमी अगाडि बढाएको अवस्था छैन । अहिले अधिकांश नेपाली मेनपावरबाट भन्दा पनि व्यापक रुपमा व्यक्तिगत ठगी फैलिएको छ । यस मामलामा राज्य मूकदर्शक भएको छ र अहिले मेनपावर कम्पनीले अधिकांश मेनपावर कम्पनीको नाम फेर्ने र अर्को नाम राख्ने र विदेश जाने व्यक्तिलाई मेनपावरको कार्यालयसमेत देखाउने गरेका छैनन् । देखाए पनि कोठैपिच्छे लक लगाउने मोबाइलसमेत मेनपावरको कार्यालमा प्रतिबन्ध लगाएका छन् । यो गर्नु भनेको अवैध धन्दा संचालन गरी युवायुवती ठग्नुभन्दा अन्य काम केहि देखिएको छैन । भविष्यमा अब नपाली कामदार विदेश जान प्रतिबन्ध र नेपाली मेनपावर पनि अब अन्य देशले समेत विश्वास गर्न छाडिसकेका छन् । अधिकांश नेपाली विदेशमा गएर होहल्ला गर्ने, काम नगर्ने अनि मेनपावर कम्पनीले भmूठो आश्वासन दिएर नेपाली विदेशमा अलपत्र पार्ने काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *