नक्कली लाइसेन्स लिँदै जथाभावी सवारीसाधन चलाउँदै

समाचार

अधिकांश जिल्लामा सडक दुर्घटनाबाट मृत्यु हुने र ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढेर गएको छ । अंगभंग भई जोखिममा पर्नेको संख्या पनि दिन प्रतिदिन दोब्बर भएको छ । आज पनि यसको निरकरण हुन सकेको छैन । यसको मुख्य कारण मापसे गरेर जथाभावी गाडी चलाउने गरेका छन् । कतिपयसँग नक्कली लाइसेन्स हुन्छ । नेपालको कुनाकाप्चासम्म ड्राइभिङ सेन्टर खोली ड्राइभिङ सिकाउने र ड्राइभिङको कोर्स पूरा नगरी लाइसेन्स वितरण गर्ने र यातायात व्यवस्था विभागका कर्मचारीदेखि यातायात कार्यालयका कर्मचारी र बिचौलियाहरु ट्राफिक प्रहरीलाई मुख्य दोषी मानिन्छ किनभने सबै काम बिचौलिया र कर्मचारीको मिलिभगतमा कमिसन खाने र लाइसेन्स वितरण गर्ने र धमाधम लाइसेन्स दिने गरेका छन् । खासगरी सहरी इलाकावाट बढी मात्रामा नक्कली लाइसेन्सको बिक्री वितरण हुने गरेको पाइन्छ । आजको दिनमा जथाभावी जताततै लाइसेन्स किनबेचको अखडा वनेको छ । जस्तै पोखरा, जनकपुर, हेटौँडा, वीरगन्ज, इटहरी, धरानदेखि काठमाडौंको एकान्तकुना, भक्तपुरको जगातृ, राधेराधे, सानोभ¥याङ, चाबहिल, कंलकीजस्ता ठाउँहरुबाट लाइसेन्स दिने गरिएको छ । प्रतिमोटरसाइकल १५ हजारदेखि २० हजार, प्रतिकार २० हजारदेखि ३० हजार, भ्यानवाट २५ हजारदेखि ३५ हजार, र त्यसैगरी, हेभी गाडीबाट ३० देखि ५० हजारसम्मको दरले सेटिङ मिलाएर लाइसेन्स बिक्री वितरण हुने गरेको छ । प्रमुख कारण कर्मचारीदेखि मन्त्रीसम्मलाई भागबन्डामा मिलाउने गरिएको छ । आज पनि यसको नियन्त्रण कुनै पनि निकायले गर्न सकेको छैन । बिचौलियादेखि उच्च तहका कर्मचारीको मिलिभगत रहेको पाइन्छ । यस कारण नै दिन प्रतिदिन जताततै सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्या दोब्बर बढेर गएको छ । त्यो सँगै ट्राफ्रिक प्रहरीसमेत यसमा संलग्न रहेको पाइन्छ । खासगरी यातायातका कर्मचारी, ट्राफ्रिक प्रहरी र बिचौलियासम्मको साँठगाँठ बढी मात्रामा हुने गरेको छ । लाइसेन्सका लागि ट्रायल दिन जाँदा कहिँ कतै छोयो भने लान्सेन्स पाप्त गर्न सकिँदैन । फेरि सिकेर १५ देखि १ महिनाको भाखा राखी पठाउने गरेका छन् र सोहि दिनको ट्राइलको फारम बिचौलियाको प्रयोग गरी पैसा दिएको खण्डमा फेरि ट्राइल नदिइकन लाइसेन्स पाउने गरेका छन् । यसैको आधारमा सवारी चलाउने गरेका छन् सहरी इलाकामा भन्दा बाहिरी चक्रपथ हाइवेमा तीव्र गतिमा सवारी चलाउने र दुर्घटना बढी हुने गरेको पाइन्छ सवारी चलाउँदा तीव्र गतिमा हाँक्ने ओभरटेक गर्नेलाई क्रस गर्नेजस्ता काम भएका छन् तर ट्राफिक प्रहरीले यसतर्फ ध्यान दिएको छैन । कतिपय मोटरसाइकलको हर्नले सहरै थर्काउँछ तर यसमा कारबाही गर्न ट्राफिक प्रहरी चुकिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *