व्यापार मेला

समाचार

अन्तर्राष्ट्रिय महिला दिवस पारेर काठमाडौं नेपाल महिला चेम्बरले २०२१ को अन्तर्राष्ट्रिय महिला दिवस व्यापार आयोजन गर्न लागेको छ र विभिन्न देशका महिला राजदूतसमेत सहभागी हुँदै छन् । यसको आयोजना महिला चेम्बरले गर्दै छ । कार्यक्रम होटल रेडिसनमा यहि फागुन २४, २५ र २६ का दिन आयोजना गर्न लागेको हो । जहाँ ८० स्टल राखिने जनाइएको छ । प्रति स्टलको भाडा १५ हजार कायम गरिएको आयोजकले बताएका छन् । स्टल राख्नका लागि आगामी १७ गतेसम्म बुकिङ खुला राखिएको थियो । सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपतिले गर्ने कार्यक्रम छ । उक्त मेलामा सहभागी उद्यमी महिलाहरु सहभागी हुने बताइएको छ ।
प्रदर्शनको मुख्य आकर्षण
खानपिन, कपडा र पोसाक पसल, हस्ताशिल्प र सजावटी वस्तुहरु, भान्साका उपकरणहरु, स्वास्थ्य र फिट्नेस उत्पादनका सामग्रीहरु, कुक वेयर, फेसन उत्पादनहरु, यात्रा भ्रमण, विद्युतीय र इलोक्ट्रोनिक उत्पादनहरु, नक्कली गहनाहरु, सुन्दरता र सौन्दर्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *