प्रधानमन्त्रीलाई असहयोग गर्ने मन्त्री

राजनीति

काठमाडौं । प्रधामन्त्री केपी ओलीको सरकारमा बद्नाम पात्रहरु इश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायमाभmी, प्रेम आले, गौरीशंकर चौधरीहरुको मात्र होइन प्रभु शाहसमेत समाजमा दुर्गन्धित भएका छन् । मणि थापाले नेपाल सरकारलाई श्री ५ को सरकार भन्नुमा ‘टङ स्लिप’ भन्न सकिएन तर टोपबहादुर रायमाभmीले अरुण दोस्रो भारतीय कम्पनी सतलजलाई दिएर प्रदर्शन गर्न छाडेनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै माइकालालले प्रधानमन्त्री ओलीलाई हराउन नसक्ने चेतावनी त्यहाँ गएर दिए, जहाँ अहिलेको युवापुस्ताको विद्यार्थी आफ्नो अध्ययन समाप्तिको चरणमा प्रशिक्षण ग्रहण गर्दै थिए जो राजनीतिलाई चासो दिँदैनन् । उपप्रधानमन्त्री इश्वर पोखरेल त कोभिड १९ को बेलामा पनि कमिसन मै रमाएका पात्र यी हुन् । उनले सेनासँगको सम्बन्ध बचाएनन् । सेना भड्किने डरले प्रधानमन्त्री आफैँले रक्षा पनि लिए । त्यहाँ पनि भ्रष्टाचारकै कुरा थियो, संविधान मान्ने कानुन नमान्ने संसदीय सत्ताबाट बनेर वैज्ञानिक वन विघटन गराए श्रममन्त्री चौधरीले नेपाली युवा ठग्ने स्वदेश कै मानव तस्करको काम गर्नेमाथि लागेको उजुरी नै फिर्ता गराए । सत्ता नै सबैथोक ठान्ने मधेसको संस्कारबाट प्रभु साह हट्ने अवस्था थिएन उनकोविरुद्ध रु ३० लाख काण्ड लिएर मन्त्रालय पुगेकी दीपा केसीजस्ता नारीको चित्कारले सिंहदरबार लज्जित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *