किसानले एनसिसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

अर्थ/वाणिज्य

चितवन । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, ०७५ (तेस्रो संशोधनसहित)अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकले जिल्लाभरका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्ति÷किसान र संस्थाहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
पशुपालक व्यक्ति÷किसानले प्रतिव्यक्ति अधिकतम् १० लाख रुपैयाँसम्म पाउने ,
कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्म÷व्यवसाय अधिकतम् १ करोड रुपैयाँसम्म पाउने ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनीलाई अधिकतम् ५ करोड रुपैयाँसम्म ।
यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क नलाग्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *