ग्यास कम्पनीको बदमासीबाट फेरि गम्भीर दुर्घटना

समाचार

आयल निगमले आफैंले निर्धारण गरको मापदण्डलाई समेत वेवास्ता गरेर खाना पकाउने एलपी ग्यास रिफिलिङका लागि स्वीकृति दिँदा यो मुलुकमा समय समयमा निर्दोष व्यक्तिहरु मर्ने तथा गम्भीर घाइते हुनेगरी ठूला दुर्घटना हुने गरेको छ । केही वर्ष अगाडि खाना पकाउँदै गर्दा एक जना महिला सांसदको खाना पकाउने एलपी ग्यास पड्किएर निधन भएको थियो भने गत शनिबार यसैगरी खाना पकाउने एलपी ग्यास पड्किँदा भक्तपुरमा रेष्टुरेण्टको सामान्य व्यापार गरेर हातमुख जोड्दै आएका एक जना व्यक्ति सहित तीन जना गम्भीर घाईते हुन पुगेका छन् । र, उनीहरुको उपचार अहिले कीर्तिपुर अस्पतालमा भई राखेको छ । खाना पकाउने एलपी ग्यासको रिफिलिङ कम्पनीको लापरवाहीबाट भएको यो गम्भीर दुर्घटना प्रति अहिलेसम्म नेपाल आयल निगम र सम्बन्धित ग्यास रिफिलिङ कम्पनीले सामान्य चासो समेत देखाएका छैनन् ।
केही वर्षयताबाट आफैंले तय गरेको मापदण्डलाई समेत वेवास्ता गरेर एलपी ग्यास रिफिलिङ कम्पनीहरुलाई इजाजत दिने क्रम नेपाल आयल निगमले बढाएको छ र सेवालाई पन्छाएर नाफालाई मात्र महत्व दिने उद्देश्यले स्थापना भएका ग्यास रिफिलिङ कम्पनीहरुले आयल निगमकै भ्रष्ट अधिकारीहरुको संरक्षणमा यसरी सर्वसाधारणको ज्यान जाने गरी बदमासी गर्ने गरेका छन् । मानिसको ज्यान जाने गरी बदमासी गर्ने ग्यास रिफिलिङ कम्पनीका संचालकहरु माथि अहिलेसम्म नेपाल आयल निगम र मुलुकको प्रचलित कानुन अनुसार सरकारले पनि कुनै कारवाही गरेको छैन । सरकार र आयल निगमको यो व्यवहारबाट मान्छेको ज्यान लिने व्यवसाय समेत ग्यास रिफिलिङ कम्पनीले संचालन गर्न हिच्किचाउन छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *