अध्यक्ष ओली र नेता नेपालले निर्वाह गर्नुपर्ने दायित्व

सम्पादकीय

सम्पादकीय

सरकार संचालन गरी राखेको नेकपा एमाले तत्कालका लागि विभाजनबाट जोगिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको वैधानिकतालाई अस्विकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै स्थानमा फर्कन निर्देशन दिएपछि विकास भएको घटना क्रमले नेकपा एमालेलाई विभाजनको संघारतिर पु¥याएको थियो । गत फागुन २८ गते पार्टीले गरेको निर्णय बदर हुनुपर्छ भन्ने माग गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल पक्षले पार्टीका औपचारिक कार्यक्रमसमेत बहिस्कार गर्दै राजनीतिक दलकै हैसियतमा गतिविधि गर्न थालेपछि सरकार संचालन गरी राखेको मुलुकको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजित हुने खतरा बढेर गएको थियो । तर, गत शुक्रबार नेकपा एमालेको संसदीय दलको बैठकमा नेपाल खनाल पक्ष उपस्थित भएर यो पार्टी विभाजित हुने खतरालाई भने तत्कालका लागि टार्ने काम भएको छ । तर, तत्कालका लागि नेकपा एमाले विभाजन हुने खतरा टरे पनि विभाजनको सम्भावना भने अझै समाप्त भइसकेको छैन । किनभने, यो पक्षले गरेको गत फागुन २८ गतेको निर्णय उल्टिनु पर्छ भन्ने मागप्रति अध्यक्ष ओली पूर्ण रूपले नकारात्मक छन् भने पार्टीले मागेअनुसार दिएको स्पष्टीकरणको आधारमा वरिष्ठ नेता नेपाल र भीम रावल अनुशासनको कारबाहीको भागीदार हुनसक्ने विचार अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा नै गरेका छन् ।
पार्टीका वरिष्ठ नेता नेपाल तथा तत्कालीन नेकपा एमालेको निर्वाचित उपाध्यक्ष भीम रावलविरुद्धमा अनुशासनको कारबाही भयो भनेर गत फागुन २८ गते पार्टीले गरेको निर्णयप्रति अध्यक्ष ओलीको अडान यथावत रह्यो भने नेकपा एमाले पुनः विभाजनको बाटोतिर लाग्न सक्ने स्थिति अहिले पनि यथावत छ । तर, नेकपाको नयाँ पुस्ताका अधिकांश नेताले राजनीतिक कार्यदिशाको अभाव भन्दै नेता नेपालमाथि गुट परित्याग गरेर पार्टीको मूलधारमा फर्कने कसरत गर्न थालेपछि नेता नेपाल र खनाल माथि दबाब बढेर गएको छ । यसैको परिणामा पनि गत शुक्रबारको संसदीय दलको बैठकमा पार्टी भित्रैबाट दबाब खडा गर्ने भन्दै यो समूह सहभागी भएको थियो र अबका दिनमा पनि यो समूह यसैगरी पार्टीका सबै आधिकारिक कार्यक्रममा सहभागी हुने स्थिति बनेको देखिएको छ । प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै उनी माथि दबाब बढाउन गत फागुन २८ गतेको निर्णय उल्टिनु पर्छ भन्ने शर्त अगाडि सारे पनि नेता नेपाल र खनालले आफ्नो पक्षका लागि कुनै कार्यदिशा तय गर्न नसकेको कारण आफ्नो राजनीतिक भविष्यलाई ध्यानमा राखेर अन्य नेताहरूले यो समूह परित्याग गरेर पार्टीको मूलधारमा फर्कने सम्भावना बढेपछि र त्यसको संकेतसमेत देखिन थालेपछि नेता नेपाल र खनाल यो स्थिति आउन नदिनका लागि पनि र आफ्नो भावी राजनीतिसमेत सुरक्षित गर्नका लागि पार्टीको मूलधारमा प्रवेश गर्ने क्रममा गत शुक्रबार आयोजित संसदीय दलको बैठकमा सहभागी भएको हो । नेपाल खनाल पक्ष शर्तसहित मुलधारको राजनीतिमा प्रवेश गरेपछि पार्टी विभाजनको खतरा तत्कालका लागि टरेको छ भने अब सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने निक्र्यौल गर्ने दायित्व अध्यक्ष ओली र नेता नेपाल माथि आएको छ । र, यो ऐतिहासिक महत्वको अवसरलाई पार्टी अध्यक्ष ओली र नेता नेपालले सदुपयोग गरेर नेकपा एमालेलाई एक ढिक्का बनाएर अगाडि बढाउँछन् भन्ने अपेक्षा यो पार्टीका कार्यकर्ताले मात्र होइन, शुभचिन्तकसमेतले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *