ओलीको कारवाहीलाई चुनौती दिँदै नेपाल लागे नयाँ पार्टी गठन गर्न तिर

राजनीति

सर्वोच्च अदालतको निर्णयबाट नेकपा एमालेको अस्तित्व मुलुकको राजनीतिमा पुनःस्थापित भएपछि विकास भएको राजनीतिक घटना क्रममा नेकपा एमालेका निलम्बित नेता माधव नेपालले समानान्तर रुपमा पार्टी संगठन स्थापना गर्दै अगाडि बढिराखेका छन् । नेता नेपालसँगै भीम रावललाई पनि पार्टी अध्यक्ष केपी ओलीले अनुशासनको कारवाही स्वरुप ६ महिनाका लागि निस्कासन गरेपछि र यो निर्णय गरेको लगत्तै अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पनि त्यसैगरी ६ महिनाका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेका छन् । पार्टीका चार जना वरिष्ठ नेतालाई ६ महिनाका लागि अनुशासनको कारवाही स्वरुप पार्टीबाट निस्कासन गर्ने निर्णय गरेका नेकपा एमाले अध्यक्ष खड्ग ओलीले गुटगत भेला गर्ने र पार्टीको समानन्तर गतिविधिलाई अगाडि बढाउने अन्य नेतालाई पनि यसैगरी अनुशासनको कारवाही गर्ने चेतावनी दिएपछि नेता नेपालले अध्यक्ष ओलीले दिएको उक्त चेतावनीलाई चुनौती दिँदै समानान्तर रुपमा पार्टी संगठनलाई अगाडि बढाएई राखेका छन् ।
अध्यक्ष ओलीले पार्टी अनुशासन विपरीत गतिविधि गरेको भनेर नेता नेपाल लगायतका तीन जना अन्य नेतालाई पनि निलम्बनको कारवाही गर्दै यस्तै गतिविधि संचालन गर्ने अन्य नेताहरुमा पनि यसैगरी कारवाही गर्ने चेतावनी दिई रहँदा नेता नेपालले भने आफ्नो गतिविधिलाई पार्टीको समानन्तर रुपमा अगाडि बढाई राखेका छन् । र, अहिले नेपाल पक्षले आफ्नो गतिविधि पाटि प्यालेस मार्फत् संचालन गर्दै आएको छ । अध्यक्ष केपी ओलीबाट अनुशासनको कारवाही भोगेका माधव नेपालले अब नेकपा एमालेमा नफर्कने गरी गतिविधि संचालन गर्न थालेको र यसका लागि पार्टी कार्यालयका लागि घर खोज्न समेत थालेका छन् । पार्टी कार्यालयका लागि घर खोज्न थालेको र समानन्तर रुपमा संगठनको काम अगाडि बढाउन थालेका माधव नेपालले अर्को पार्टी गठन गर्ने सम्भावना बढेर गएको छ । माधव नेपालले स्थापना गर्ने नयाँ पार्टीले आगामी दिनमा प्रचण्ड नेतत्वको माओवादी केन्द्रसँग गठबन्धन गरेर आफ्ना गतिविधि अगाडि बढाउन सक्ने देखिएको छ । तर ओली नेतृत्वको नेकपा एमालेलाई चुनौती दिँदै माधव नेपालले गठन गर्ने नयाँ पार्टीमा अहिले उनलाई साथ दिई रहेका सबै नेता कार्यकर्ता भने नयाँ पार्टीमा समावेश हुने सम्भावना भने कम नै रहेको विश्लेषण राजनीतिक क्षेत्रले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *