प्रधानमन्त्री ओलीको चुनौती

समाचार

प्रधानमन्त्री पदबाट आफूलाई हटाएर तीन दलको अर्को सरकार गठन गर्ने एक सुत्रीय योजनामा लागि परी राखेका माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । वर्तमान सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने एक सुत्रीय कसरत गरी रहँदा प्रधानमन्त्री ओलीले यो चुनौती दिएका हुन् । बहुतको सरकार गठन गर्न जनता समाजवादी निर्णायक हुने भएपनि जनता समाजवादीले प्रचण्डले प्रस्ताव गरेको तीन दलको संयुक्त सरकारलाई समर्थन नगर्ने निश्चित भएपछि यो चुनौती दिएका हुन् । किनभने जनता समाजवादीको समर्थन विना बहुमतको सरकार गठन हुन सक्दैन र माअ‍ोवादी केन्द्रले दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पु¥याउन नसके संविधान अनुसार मध्यावधि निर्वाचन गर्ने बाटो समेत खुल्न जान्छ । यही कारणले गर्दा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने प्रधानमन्त्री अ‍ोलीले दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनौती दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *