सुनमा पचासी करोड स्वाहा

वित्त

काठमाडौं– एकातिर कोरोनाको कहर, त्यहीमाथि संक्रमितहरू अस्पतालको बेड नै नपाउने विकराल स्थिति औँल्याउदैछन् चिकित्सकहरू ।
तर, हाम्रा प्रधानमन्त्रीलाई जनताको यस्तो भय निवारणसँग होइन्, सुनका गजुर हाल्दै हिँड्न भ्याई नभ्याई छ । र, प्रम ओलीको यस्तै लहडका कारण पछिल्लो दुई महिनामा एउटा अनुत्पादक काममा राज्यको ८५ करोड चुना लागेको छ । प्रसंग हो, पशुपतिमा सुनको जलहरी राख्नेदेखि धरहरामा सुनकै गजुर हाल्नेसम्मको । गत १२ फागुनमा प्रधानमन्त्री ओलीकै लहडमा पशुपतिनाथमा १ सय ८ किलोको सुन जलहरी लगाइयो । अस्ति ८ वैशाखमा फेरि धरहरामा ९५ तोला सुनको जलप लगाइएको गजुर ठड्याइयो । यसरी दुई महिनाको फरकमा प्रधानमन्त्री ओलीको लहडमा १ सय ८ किलो ९५ तोला सुन जलहरी राख्ने र गजुर बनाउने नाममा खर्च भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, त्यतिबेलाको मूल्यअनुसार पशुपतिमा लगाइएको जलहरीको मूल्य झण्डै ८४ करोड हाराहारी हुन आउँछ । यस्तै गत ८ बैशाखमा सुनको मूल्यअनुसार त्यहाँ ९५ तोला ( एक किलोभन्दा केही बढी ) ८७ लाख ५९ हजार बराबरको गजुर राखियो । यसरी पछिल्लो दुई महिनामा मात्र ८४ करोड ८८ लाखभन्दा बढी रकम सुनको गजुर र जलहरी राख्ने नाममा स्वाहा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *