सरकारलाई निजी असप्तालले दिएनन् सहयोग

समाचार

काठमाडौं । सेवाभन्दा कमाइमा केन्द्रित भएका निजी अस्पतालहरुले कोरोना कहरको बेला सरकारलाई सहयोग गरेका छैनन् । राजधानीमा सञ्चालित मेडिकल कलेजहरुमा हजारभन्दा बढी शय्या छन् । सरकारलाई आवश्यक भए सो शय्या चाहेको खण्डमा दिन्छौँ भन्ने मेडिकल कलेजहरुले अहिले सहयोग भने दिनै चाहेको छैनन् ।
सरकारले शुक्रबार खेलाँची प्रदर्शन ग¥यो । जनतालाई घरमा राखेर समस्याको समाधान हुँदैन भन्ने स्मरण गर्न कसैले सकेनन् । रोजगारी गुमाएका ठूला समूह भोकमरीमा पर्दै छन् । सरकारले गत वर्ष गरिबको बारेमा केही सोचेन । सहयोगी हातहरुले खान खाएर बस्न बास दिएका थिए, तर अभियानमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू बेइज्जत भएको महसुस गरे । कीर्तिपुर नगरपालिकाका मेयरले उच्च शिक्षा अध्ययन गर्न आएका हजारौँ विद्यार्थी भोकभोकै मर्दा मानवीयता देखाएनन् ।
तीन तहको सरकारले गरिबको भोको पेट भर्नेतिर लागेनन् । रोगीले अस्पतालमा बेड नपाउँदा ध्यान दिएनन् । सरकारमा ओली सरकारको हैकमजस्तो छ प्रदेश र स्थानीय तहमा त्यस्तै प्रवृत्ति छ । निजी अपस्तालहरु पैसा हुनेका लागि मात्र काम लाग्ने गरेको छ । सरकारी अस्पतालहरु सोर्सफोर्स हुनेहरुका लागि आरक्षण केन्द्र हुन गयो । नीतिगत भ्रष्टाचारका कारण कोरोनाको महामारीमा गरिबले उपचार त के, गरिबले खाना पनि पाएनन् । अहिले सरकारको लापरबाहीले धेरैलाई आक्रोशित बनाएको छ, राज्यले आप्mनो दायित्व पूरा नगर्दाको दोष राजनीतिकर्मीलाई जान्छ । सरकारको काम गराई शैली राम्रो बन्न सकेन । प्रधानमन्त्रीले आफैँले गरेका निर्णयको पालना गरेको देखिएको छैन । धरहरा उद्घाटनको जमघट, माडीमा पठाएको मूर्ति अनावरण र पूजाको जमघटले प्रधानमन्त्रीलाई समेत कतै कोरोना लक्षण देखिने त होइन ? भन्ने शंका लाग्न थालेको छ । सरकारले निजी अस्पताल र निजी कलेजको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ किनभने सरकारी अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन ।
कोरोनाको नाममा हेडक्वार्टरमा कपाकप, एआइजी पोखरेल हस्तक्षेप गर्दै
काठमाडौं । बहुराष्ट्रिय कम्पनीको उत्पादनले नेपाली उत्पादनमाथि धावा बोलेजस्तै कोरोना महामारलिे जनता पीडीत बन्दा सुरक्षा दस्ता पनि अछूतो छैन । जनपद प्रहरी र सशस्त्रको प्रधान कार्यालय कोरोनाले ग्रसित भएका छन् । यही बेला दुवैतिर भष्टाचारीले भ्रष्टाचार गरिराखेका छन् । प्रहरीको प्रबन्धक शाखामा जोसुकै पुगे पनि ठेकेदारहरुको चास्नीमा हेरेको छैन । आइजिपी शैलेश थापाका विश्वासी बनेर अनुसन्धान ब्युरोमा ‘तर’ मारेका सहकुल थापाको टोली एआइजी विश्व पोखरेलेको दायाँमा परेका छन् ।
पोखरेललाई छेक्न रविन्द्र धानुक, निरजप्रताप सिंह, सहकुलु थापा, वसन्त पन्त, वशन्त लामाको टिम पनि लाग्यो । तर इन्द्रको आगाडि स्वर्गको बखान भनेजस्तो विश्व पोखरेलको पहुँचले तिनको केही लागेन । पैसाको लोभी लामा, धानुक, सिंह र थापा तौलँदा बराबर देखिन्छन् । अहिले गृहमन्त्री रामबहादुर थापाको रोजाइमा परेका लामाले काठमाडौंमा प्रमुख हुँदा कमाएको नोट निकालेका छन् । उनी डिआइजी त भए, तर काम चुस्त दुरुस्त गर्ने कमाण्ड छैन । धानुकले लुम्बिनी प्रदेशमा तस्करसँग जोडेका साइनो र लामाले वाग्मती प्रदेशमा जोडेका साइनो फरक छ । भारतबाट धेरै सामान भित्रिने लुम्बिनी प्रदेशको भैरहवा र नेपालगंजमा कोरोनाको आतंक बढे पनि तस्करी लाइन बढेको छ । तस्कर समूह वाग्मती प्रदेशबाट गाँजा, चरेश तस्करी गर्छ । जहाँ चीनको केरुङदेखि तातोपानी नाकासम्म प्रहरीको कमान्ड लामाको हुने गरेको छ ।
लामा अपराध महाशाखा प्रमुख भएर एआइजी पोखरेलले प्रबन्ध, लेखा आर्थिक भौतिक महाशाखा प्रशासनमा बसेर राम्रै कमाइ गरेको कारण चासो दिनु स्वाभाविक छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको नाताले ज्वाइँ पर्ने भएकाले पनि प्रहरीमा विश्वलाई पछि पार्न धेरै पैसा खर्च गर्नु पर्छ भन्ने सोचाइ उनीले राखनेन् । त्यही कारण कोरोनाको समय पारेर हेडक्वार्टरमा भ्रष्टाचार चल्दै छ । आइजिपी थापालाई कुनै स्वाद छैन । रानीपोखरीका एआइजीलाई उपत्यका कमान्डकै मस्ती छ । थामसेर्कु समूह र यति एयरको लागनीबाट एआइजीको आम्दानी राम्रै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *