बहुमत पार्टीलाई लखेटर महाधिवेशनको तयारी

समाचार

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पाएपछि केपी शर्मा ओलीले नवौँ महाधिवेशनले निर्वाचित गरेको बहुमत नेतालाई घरबाट लखेटेर कसरी दशौँ महाधिवेशन गर्ने हो ? आमकार्यकर्ताले एमालेका अल्पमत पक्षले पार्टी र सरकारमा बस्नेहरु सिट भन्न थालेका छन्, एकलकाँटे रबैयाले कसरी १०औँ महाधिवेशन २ वर्ष अगाडि गर्नुपथ्र्यो । केपी ओलीलाई प्रधानमन्त्री बन्नका लागि छलफलबिना अपर्झट माओवादीसँग एमालेको एकता गर्दा इश्वर पोखरेल शुरुदेखि नै विरोधमा उत्रिएका थिए । अहिले पार्टीको बहुमत टिमलाई लखेटेर पार्टीमा एकछत्र रजाइँ गर्दै जीवनभर गुण्डागर्दी गरेर मन्त्री बनाएकै छन् । पहिला ३७ लाख लिएर ईश्वर पोखरेल नागरिकता विवादमा परेका बौद्ध धर्मको आडमा तस्करी गर्ने ह्लाक्र्याल लामालाई सांसद बनाएकै हुन् । आप्mनो लामाका लागि नीति, सिद्धान्त, विधि र प्रक्रियाको कुरा गर्र्ने लामा पूरा भएपछि पार्टीको नाउँमा भ्रष्टाचार गर्ने ईश्वरजस्तालाई केपी ओलीले उत्तराधिकारी बनाएका छन् ।
सरकारी पदबिना टिक्न नसक्ने भएर नै उपप्रम त्यो पनि बिनाविभागको पदमा टाँसिएकै छन् । यिनले एमालेजस्तो जनतामा भिजेको पार्टीलाई देशभर सिध्याएका छन् । जनताको सेवा होइन, माफिया र तस्करको सेवामा लाग्दाको क्षण कोभिड १९ को उपचारमा खरिद गरिएको सामग्रीको नाउँमा चर्काएको लुटले देखाउँछ र पोखरेलको योजनामा चलेका प्रम ओलीले आप्m प्रभु भएपछि अन्यत्र देख्नु भएको छैनन् । पार्टीमा विवाद चर्काएर स्वार्थ पूरा गर्न खोज्दा वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल ५ वर्ष पार्टी कै काम गर्न नसकेर राष्ट्रियसभा सदस्य बनेका वामदेव गौतमसमेत बिच्किएका छन् । जुन समयमा एमाले बहुमतको आधारमा अगाडि बढ्दै थियो त्यही ठाउँबाट सर्वोच्चले विभाजन गरेपछि स्थितिलाई लिनुपर्छ, नेकपाको एकताका काम पूरा नभए पछि पुरानै स्थानमा पार्टी पुग्यो । त्यहीँबाट एमाले अगाडि बढ्नु पर्छ भन्ने माधव–झलनाथ–वामदेवको माग थियो तर प्रधानमन्त्रीले विधानविपरीत पेल्दै आएकाले च्यापेर पुरानालाई लखेटेर भद्रगोल मच्चिएको छ ।
देशभर एमालेकै नाउँमा समानान्तर कमिटीको गठन भएको छ । चुनाव चिह्न सूर्य नै हो । निर्वाचन आयोगमा निष्पक्ष हुन्थ्यो भने ओली पक्षले अर्कै पार्टी बनाएकोमा त्यसकै संगठन विस्तार गर्न बाध्य हुन्थ्यो । पार्टीमा पनि विभाजन, प्रदेश सरकारहरु भत्कने कुरा सामान्य भएका छन् । ओली गुटका शासनका लागि माधव, झलनाथ, वामदेवको लगानी जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा नेकपा एमालेले पाएको जनविश्वाश ओली सुरक्षाको विकृति ध्वस्त हुँदै छ । हरेक स्थानमा पार्टीको भन्दा गुटका धन्दा चलाउदा काम कार्यकर्ताले के भन्छ ? भन्ने सोच त्यो समूहलाई भएन ।
माओवादीबाट कार्यकर्ता आएनन् । भ्रष्टाचार गर्न तिनको राजनीतिक धरातल छैन, कार्यकर्ता छैनन् । ६ महिने मन्त्री बनेकाको अवस्था पद खुस्किएपछि एमालेमा स्थान हुँदैन । राम्रो गर्दागर्दै मन्त्री पद खोसेर गरिएको अपराधको सजाय जनताले अबको चुनावमा दिन्छ । त्यसको तयारी पनि अहिले समानान्तर पार्टी खडा गर्नेले नगर्लान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *