गुणस्तरहीन तेलको बिगबिगी जनता त्रासमा

समाचार

गुणस्तरहीन तेलको बिगबिगी जनता त्रासमा
काठमाडौं । भारतमा व्यापकरुपमा कोरोना फैलिएपछि नेपाल पनि अछूतो रहेन तर यसैको मौका छोपी आमनेपालीलाई चाहिने खाने तेल भने गुणस्तरहीन अवस्थामा बजारमा छ्याप्छ्याप्ती बिक्री वितरण भएको छ । बजारमा पाइने खाने तेलले सबैभन्दा महँगो मूल्यमा विक्री वितरण भएको छ । यसमा पनि क्यालोरीहीन र कयौँ कम्पनीले गुणस्तरहीन तेल बिक्री वितरण गर्दै आएका छन् । खाने तेलमा सबैभन्दा बढी मिसावट रहेको पाइने गरेको छ । तेलको कारण आम मानिसलाई रोग लाग्ने गरेको छ । बजारमा बढी मूल्यमा उपभोक्ताले किन्नु परेको छ । यस्तै २८२ रुपैयाँमा कतिपय तेल पाइन्छ । यस्तै फेमली सम्नफ्लावर तेलको मूल्य २४० रुपैया पर्ने गरेको छ । यस्तै तोरीको तेल राम्रो भनी प्रति लि. २४० देखि ४०० रुपैयाँसम्म बिक्री वितरण भएको छ । यस्तै तेलको नाम अनगिन्ती राखेर व्यापारीले बिक्री वितरण गर्ने गरेका छन् । जस्तै फ्यामेली तेल, सन्फ्लावर सनफ्लो सफारी, सन्फ्लो धाराजस्तो नाम गरेका तेल कम्पनीले बजारभरी मिसावट तेल बिक्री वितरण गरेको अवस्था छ । बजारमा खाने तेलको बारेमा अनुगमन छैन उपभोक्ता मञ्चले र उद्योग वाणिज्य विभागले अनुगमन गर्नु पर्ने खाने तेलको बारेमा कानमा तेल हालेर बसेको छ । खाने तेलमा कालोबजार चलाएका छन् । यसबारेमा कुनै पनि निकायले ध्यान दिएको छैन खाने तेल मात्र नभएर कोरोनाको मौका छोपी विभिन्न किसिमका खाने कुरामा मन लाग्दी मूल्य राखी बिक्री वितरण भएको छ खाने कुरामा राखिए सामन को उपभोग मिति सकिएको सामानमा नयाँ डेट राखी बिक्री वितरण गरिएको छ । व्यापरीले महँगो मूल्य राखी बिक्री गर्ने गरेका छन् । कोरोनाको कारण देखाएर भारतमा कोरोना बढेको छ सामान ल्याउन पाइएको छैन, सामान नपाइने अवस्था छ भन्दै व्यापारीले आम जनतालाई त्रास देखाएर विभिन्न किसिमको खाद्यान्न किन्न वाध्य पारेका छन् । हँुदाहुँदा ग्यास कम्पनीले विज्ञप्ति निकालेर कोरोनाको कारण देखाएर ग्यास पाइँदैन तपाईहरुले ग्यास जोहो गर्नु भनी भटाभट ग्यासको सिलिन्डर भिडाउने गरेका छन् र उपभोक्ताले पनि २ देखि ३ वटा सिलिन्डर जोहो गरिराखेका छन् । आमनेपाली जनस्तरमा महँगीले सताइरहेको छ । यस्तै, चाउचाउको पनि कालोबजारी चलिराखेका छ, चाउचाउ कम्पनीले गुणस्तरहीन चाउचाउ बजारभरी फालेको छ । बजारमा फलिएका चाउचाउ करेन्ट वाइवाई, टिफिनदेखि अन्य किसिमको नयाँ कम्पनीको नाम राखी बिक्री वितरण भएको छ । नेपालमा विज्ञापन गराउने र टेलिभिजनहरुमा देखिएको विज्ञापनको आधारमा खानेकुरा बच्चा बच्चीलाई किन्न बाध्या पार्नेहरु पनि प्रशस्तै छ । यसैको कारण बालबालिका बिमारी हुने गरेका छन् । बच्चालाई रुवाउने चिजबल, कुरमुरे, लेजदेखि विभिन्न चिजका खानेकुरामा जथाभावी व्यापारीले खुलेआम उपभोक्ता ठगिइरहेका छन् । यस्ले चामल गेडागुडी दालमा पनि मिसावट भएको पाइन्छ । खाली भारतबाट आएको खाद्यान्न सामग्रीमा कारबाही र अनुगमन गरेको छैन सरकारले भएको छ कर्मचारी भने कार्यालयमा नगएर हाटा गरेर भाग्ने गरेका छन । ब्युरोक्रेसीभित्र नेता धेरै भएका कारण सरकार अघि बढ्न सकेको छैन । उपभोक्ता हित संरक्षण विभागदेखि विभिन्न निकायका कर्मचारीले खाद्यान्न सामग्रीदेखि खानेकुामा ध्यान दिएका छैनन् । कोरोनाको नाममा अफिस नजाने घरमा बसीबसी तलब खाने प्रवृत्ति नेपालका ब्युरोक्रेसीले गर्दै आएका छन् । कर्मचारीका नेता भनाउँदाहरुले तल्लो तहका कर्मचारीलाई दास बनाउने गरेका छन् । कर्मचारीका नेता भने राजनीतिक दलका नेताझँै गोष्ठी सेमिनार बैठकमा जाने, भाषण गर्ने र माल्दार ठाउँमा आप्mना आसेपासेलाई संचालन गर्ने र मालपानी लिने कामभन्दा केही गर्दैनन् । सरकार एकातिर कराउने तर कर्मचारी अर्कोतिर भाँड्ने काम भएको छ । कर्मचारीले गर्दा कुनै पनि राजनीतिक दल नेपालमा सफल हुन सक्ने राजनीतिक दलसँगै कर्मचारीको संघ संगठनले कुनै पनि काम गर्न सकेको छैन । अहिले त कोरोनाको बाहना परेर कर्मचारीले काम गर्न छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *