श्रमिक आन्दोलन र मजदुरको अवस्था

समाचार

 

श्रमिक आन्दोलनको सुरुवात सत्रौँ शताब्दीको सुरुदेखि नै अमेरिका र युरोपबाट सुरु भएको हो । त्यसबखत युरोप र अमेरिकामा संसारभरि (खासगरी अफ्रिका)बाट लगिएका दासहरूलाई जोखिमयुक्त वातावरणमा दिनमा १८÷२० घन्टासम्म कष्टकर श्रममा जोतिन्थ्यो र कैयौँले अत्याधिक श्रमका कारण ज्यान गुमाउँथे । सन् १६१९ मा अमेरिकाको जेम्सटाउन पोलिस कालीगढी हड्ताल लाई विश्वकै पहिलो मजदुर हड्तालका रूपमा लिइन्छ । तर, संगठित मजदुर प्रतिरोधका ठुलठूला हडताल, बन्द, प्रतिरोध, विरोध र सौदाबाजीका घटनाहरू भने १८ औँ शताब्दी र १९ औँ शताब्दीको मध्यसम्म आइपुग्दा युरोप र अमेरिकाभर व्यापकरूपमा भयो । युरोप र अमेरिकाको औद्योगिक लहर ( औद्योगिक क्रान्ति)सँगै मजदुर आन्दोलन विकसित भएको पाइन्छ । पछि कार्लमाक्स, एङ्गेल्सको उदय र कम्युनिस्ट विचारधाराको उदयपछि ‘विश्वका मजदुर एक होऔँ’, ‘सर्वहारा वर्गको अधिनायकत्व’, ‘जिते संसारको शासनसत्ता आफ्नो मुठ्ठीमा हार्न उनीहरूसँग केहि पनि छैन’जस्ता नाराले मजदुरलाई संगठित हुन र विद्रोह गर्न उत्प्रेरित गरेको थियो ।
सन् १७६० मा जेम्स वाटले आविष्कार गरेको वाष्प इञ्जिनको प्रयोग र माग बेलायतलगायत युरोप, अमेरिकाका मैदा मिल, कागज उद्योग, कपडा उद्योग, फलाम उद्योग, रक्सी उद्योग, नहर तथा पानी जहाजहरू प्रयोग हुन थालेपछिको समयलाई पहिलो औद्योगिक क्रान्ति भन्ने गरिएको भए पनि औद्योगिक क्रान्तिको समयबारे अध्येता र इतिहासविद्हरू एकमत छैनन् । तर, वाष्प इञ्जिनको आविष्कारले कपडा, फलाम, कागज उत्पादनहरू नयाँ मेसिनको प्रयोग, ती इञ्जिन चलाउने इन्धनका लागि उच्च माग बढेको कोइलाखानीभित्र र तल पुगेर जोमिमयुक्त र एकदमै अस्वस्थकर वातावरणमा कोइलाखानीमा कार्यरत हजारौँ मजदुरहरूले कष्ट सहनै नसक्ने हद नाघेपछि मजदुरहरू कार्यस्थल सुरक्षा, प्रतिदिन निश्चित घन्टा काम र उचित ज्यालाजस्ता विषयलाई लिएर प्रतिरोधमा उत्रे र मजदुर आन्दोलनले आकार लियो । नेपोलियनको राज्य विस्तार गर्ने लडाइँ (सन् १८०३–१९) ले फलाम, रेलमार्ग विस्तार र युद्ध सामग्रीका लागि बढेको उच्च मागले पनि ठूला उद्योगको स्थापना र उत्पादन विस्तारमा ठूलो उत्प्रेरकको भूमिका खेल्यो । औद्योगिकरण, क्रान्ति भन्दा विकास  थियो भन्दा उपयुक्त हुन्छ । औद्योगिक विकासले उत्पादन सम्बन्ध÷श्रम सम्बन्ध, उत्पादनको परिमाण, बजार, यातायात, सञ्चार, बैंक, प्राकृतिक साधनको दोहन र स्रोतको पहुँचमा तीव्र प्रतिस्पर्धा र प्रदूषणजस्ता विषयमा पूरै बदलाव ल्याएको माग होइन ।

सामाजिक, आर्थिक र राजनैतिक प्रणाली उपर ऐतिहासिक र धेरै ठूलो दूरगामी प्रभाव पा¥यो । त्यसले नयाँ मानवीय सम्बन्ध, मूल्य, मान्यता, उपभोक्तावादका साथै राज्य–राज्यबीचको सम्बन्धमा तनावसमेत भित्र्यायो ।

सहरीकरण र मजदुर आन्दोलन
युरोपमा औद्योगिक क्रान्ति (विकास) को क्रममा अठारौँ शताब्दीको अन्तसम्म आइपुग्दा हात र खुट्टाको प्रयोग गर्ने छरिएर रहेका (घरघरमा बसेर धागो काट्ने, तानमा कपडा बुन्ने) कामदारहरू मेसिन चलाउने, मेसिन बनाउने, मर्मत संभार गर्ने, कच्चा पदार्थ ढुवानी र तयारी वस्तु ओसारपसारमा संलग्न समूहहरू बनिसकेका थिए । बजारमा मजदुरको माग बढेसँगै गाउँको कृषि पेसा छाडेर सहरमा काम गर्न आउनेहरू झुन्ड–झुन्डमा बस्ने गर्दा उनीहरूको बसोबास अस्वस्थकर र अव्यवस्थित तथा पानी र सरसफाइको अभावमा सहर फोहोर तथा प्रदूषणको तीव्र चपेटामा प¥यो । अझ ठूला–ठूला मेसिनको प्रयोग हुन थालेपछि त्यस्ता कारखानामा हजारौँ कामदारले काम गर्ने भएकोले कारखाना स्थलमै स–साना सहर बने र धेरै कारखाना भएका ठाउँ ठूला सहर । सन् १८८० सम्म आइपुग्दा अमेरिकामा मात्र ५० लाख मजदुर कार्यरत थिए भने बेलायतमा मजदुरको आगमनसँगै सहरीकरणको विस्तार तीव्र हुँदै गएको थियो । उत्पादनमा यान्त्रिकरण र सामाजिक जीवनमा सहरीकरणको नकारात्मक प्रभाव क्रमिकरूपमा परिरहेको थियो । फ्याक्ट्रीका मालिकहरू मजदुरलाई बढीभन्दा बढी काम लगाएर, कमभन्दा कम ज्याला दिएर आफ्नो उत्पादन बढाउन र सरकारसँग मिलेर विश्व बजारमा बेचेर बढी नाफा कमाउन आफ्नो भएभरको बुद्धि र शक्ति लगाइरहेका थिए । तसर्थ, कच्चा पदार्थमाथिको नियन्त्रण, श्रमिक माथिको अधिपत्य र उत्पादित वस्तु बिक्री गर्ने बजारमाथिको एकाधिकारले औपनिवेशीकरण, प्राकृतिक स्रोत र श्रम दुवैको अधिक दोहोन तथा मजदुरमाथिको अत्याचार बढिरहेको थियो । त्यसैको फलस्वरुप सन् १९१९ देखि १९ औं शताब्दीको अन्तसम्म संसारभर सयौँ÷ हजारौँको संख्यामा मजदुर आन्दोलन भए । जसमा हजारौँ मजदुरले ज्यान गमाउनु प¥यो । आन्दोलनका क्रममा झडप भएर मात्र होइन मालिकविरुद्ध विद्रोह गरेको अभियोगमा कतिपयले अदालतबाटै मृत्यु दण्डको सजायसमेत पाए । बेलायतमा एकातिर मजदुरमाथिको शोषण र उत्पीडनप्रतिको प्रतिरोध बढ्दै थियो भने सन् १९७९ देखि १८३१ सम्ममा मेसिनले मान्छेको काम गर्ने अधिकार खोसिदियो भनेर मेसिन तोडफोड गर्ने अभियान नै चल्यो, जसलाई लुडाइट  भनिन्थ्यो । सन् १८३१ मा २३ कामदारहरूलाई मृत्युदण्ड र जरिबानाको सजाय बकिङघम अदालतले सुनायो ।

नेपालमा ट्रेड युनियन आन्दोलन
मनमोहनदेखि गिरीजासम्म
नेपालमा ट्रेड यूनियन आन्दोलनको सुरुवात सन् १९४७ मा तत्कालिन नेपाली कांग्रेसका गिरीजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला र कम्युनिस्ट नेता मनमोहन अधिकारीले विराटनगर जुट मिलका मजदुरलाई राणा विरोधी आन्दोलनमा सामेल गराउन परिचालन गरेको समयलाई मानिन्छ । त्यो आन्दोलन मजदुरले आफ्ना हक हितका लागि मालिकविरुद्ध ज्याला, कार्यस्थल सुरक्षा र कामको अवधिजस्ता मजदुर आन्दोलनका आधारभूत विषयलाई लिएर उनीहरूबाटै परिचालित भन्दा पनि राजनैतिक दलले राणा विरोधी आन्दोलनमा मजदुरलाई परिचालन गरेर सुरु गरेको पाइन्छ । जसको उद्देश्य मजदुरहरूलाई विरोधमा उतारेर धेरै मानिसको ध्यानाकर्षण गर्नु थियो । मजदुर र आन्दोलनमा उतार्ने नेताहरू दुवै सामूहिक सौदाबाजीबारे जानकार पनि थिएनन् । राजनैतिक व्यक्तिहरू मजदुरको भेषमा विराटनगरका विभिन्न उद्योगहरूमा सहयोगी कर्मचारीको रूपमा प्रवेश गरेर उनीहरूलाई आन्दोलनमा उतारे । गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा १९४७ को मार्च ४ तारिखबाट विराटनगर जुट मिलका मजदुरहरूले ७ मिनेट मात्र काम गरेर काम बन्द गरे । भारतमा बसेर राणा विरोधी आन्दोलन चलाएका बिपी कोइरालाले ज्याला दुई गुणा बढाउने लगायतका केही थोरै माग राखेर आन्दोलन गर्न सल्लाह दिएका थिए । सुरुमा संगठित भइनसकेका र नबुझेका कामदारहरू आन्दोलनमा सहभागी भएनन्, तर जब नेताहरूले आन्दोलन (बन्द) गरे र अरुलाई उनीहरूकै हक–हितका लागि आन्दोलनमा सहभागी हुन आह्वान गरे अनि मजदुर आन्दोलनले गति लियो । राणाहरूले मजदुरका मागलाई कोइराला परिवारको कानुन विरोधी गतिविधि भनी आन्दोलनकारी नेतालाई थुन्ने आदेश दिए । आन्दोलन २३ दिनसम्म नसकिएपछि राणा महाराजाले १५% ज्याला बढाउने र हडताल अवधिको ज्याला नकाट्ने (पूरै ज्याला दिने) आदेश दिएपछि पहिलो आन्दोलन खास क्षति नभई सफलतामा टुंगियो । नेपालमा मजदुर आन्दोलनको अनुभव नभए पनि मनमोहन अधिकारीलाई त्यसबखतको भारतको मजदुर आन्दोलनबारे राम्रो जानकारी भएकोले नेपालको त्यस आन्दोलनमा काम बन्द, झण्डा प्रदर्शनजस्ता क्रियाकलाप भारतीय मजदुर आन्दोलनजस्तै गरिएको थियो । त्यो मजदुर आन्दोलन नेपालको भूमिमा नेपालबाटै नेपाली शैलीमा चालिएको पहिलो आन्दोलन थियो र त्यसको सफलताले राजनैतिक नेतालाई निकै उत्साही बनाएको त्यसबखतको आन्दोलनकारी नेता गिरीजाप्रसाद कोइराला र मनमोहन अधिकारीले आफ्ना संस्मरणमा विभिन्न समयमा व्यक्त गर्ने गरेका थिए ।
नेपाली राष्ट्रिय कांग्रेस ( नेपाली कांग्रेस) ले मजदुर आन्दोलनलाई समर्थन गरेको थियो, भने ५–७ हजार मजदुर आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिए । जनताले हड्तालकारी मजदुरलाई खानेकुरा, पानी र पैसा दिएर सहयोग गरेका थिए । त्यो आन्दोलनपश्चात कयौँ कामदार नेताको जागिर खोसियो र युनियन गठन गर्न बन्देज लगाउने कानुन ल्याइयो । तर, सँगसँगै राष्ट्रियसभामा मजदुर नेतालाई मननोयन गर्ने व्यवस्था पनि गरियो । सन् १९४७ को मजदुर आन्दोलनपछि मनमोहन अधिकारी र बिपी कोइराला दुवैले मजदुर आन्दोलनलाई कम्युनिस्ट र समाजवादी आन्दोलनको शैलीमा अगाडि बढाए । ‘विश्वका मजदुर एक हौँ’ भन्ने नारा पनि आन्दोलनमा लगाइयो । आन्दोलन तलबाट उठेको नभई माथिबाट तल संगठित गरिएको थियो ।
सन् १९५१ मा राणा शासनको अन्त्य भएपछिको दशक ट्रेड युनियन विस्तारको अवधि थियो । राजनैतिक दलहरू खुला भएपछि मजदुर फाँट संगठन विस्तारको सबैभन्दा आकर्षक क्षेत्र थियो । विराटनगर जुट मिल आन्दोलनका एक नेता मनमोहन अधिकारी कम्युनिस्ट पार्टीमा बन्देज लागेपछि उनले मजदुर संगठनमार्फत राजनीति गर्न थाले ।
गिरीजाप्रसाद कोइरालाले नेपाली राष्ट्रिय काग्रेस पार्टीमा मजदुरहरूलाई भातृ संगठनको रूपमा विस्तार गर्न थाले । करिब ६ हजार मजदुरहरूलाई त्यसपछिका १० वर्षमा अखिल नेपाल ट्रेड युनियन कांग्रेसमा संगठित गरेका थिए । सन् १९५० को दशक ट्रेड युनियन विस्तारको समय थियो । सन् १९५१ मा नेपाली कांग्रेस समर्थित नेपाल ट्रेड युनियन कांग्रेस र कम्युनिस्ट समर्थित अखिल नेपाल ट्रेड युनियन कांग्रेस छुट्टाछुट्टै संगठनका रूपमा संगठित भए । यसरी नेपालको ट्रेड युनियन मजदुरले आफ्नो हक–हितका लागि गठन गरेर सुरु गरेको नभई राजनैतिक नेतृत्वले राजनैतिक आन्दोलनको एउटा मोर्चाको रूपमा माथिबाट तलतिर विकास गर्दै लगेको र राजनैतिक दलको सहयोगी संस्थाको रूपमा विकसित भएको पाइन्छ ।

नेपाली कांग्रेस सर्मथकहरू विराटनगर जुट मिल मजदुर संघ गठन गरी गिरीजाप्रसाद कोइराला सन् १९४७ मै पहिलो अध्यक्ष भएको दाबी गर्छन् भने कम्युनिस्टहरू त्यसलाई स्वीकार्दैनन् । नेपाली कांग्रेस समर्थकहरू ट्रेड युनियनलाई पहिलो प्रजातान्त्रिक आन्दोलनको वाहक र प्रजातान्त्रिक मूल्य, मान्यता निरन्तर रक्षकका रूपमा हेर्छन भने कम्युनिस्टहरू वर्गीय आन्दोलनको एउटा बलियो माध्यम ट्रेड युनियनलाई मान्दछन् । सन् १९५० को दशकमा कांग्रसे समर्थक ट्रेड युनियन पनि प्रतिबन्धित भए । सन् १९६० को दशक नेपालको ट्रेड युनियन आन्दोलनका हिसाबले एकदमै कमजोर रह्यो । तर, सरकार समर्थित मजदुर संगठन भने अस्तित्वमा थियो । जसले अन्तराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रिय तहमा पनि मजदुरको प्रतिनिधित्व गर्ने गर्दथ्यो । सन् १९७३ मा विराटनगर जुट मिलमा मजदुरले आन्दोलन गरे र सरकार समर्थित ट्रेड युनियनलाई मजदुरको समर्थक भएको मात्र प्रमाणित गरेनन् प्रगतिशील मजदुर संगठनको जग विराटनगरलाई बनाए । सन् १९७६ मा झापा विद्रोहलाई समर्थन गर्ने विद्यार्थीहरूलाई काठमाडौंमा मुस्लो परिवार गठन गरी केही होटल मजदुरलाई साक्षरता कक्षा चलाउने बहानामा संगठित गरे र त्यही वर्ष मे दिवसका दिन क्याम्पसभरि पर्चा, पम्पलेट वितरण गर्ने कार्यक्रम गरे । सरकारले त्यसका योजनाकार प्रदीप नेपाल, गोपाल शाक्यलगायतका नेतालाई त्यही अभियोगमा जेल पठायो । विद्यार्थीहरूले भने जेलमा नेताहरूलाई भेटेर थप संगठित हुने अवसर बनाए । जनवरी २९–३०, १९८० मा बालाजु औद्योगिक क्षेत्रका मजदुरहरूको भेलाले नेपाल स्वतन्त्र मजदुर युनियन ( ल्भउब िक्ष्लमभउभलमभलत धयचपभचुक ग्लष्यल) गठन गरे । सन् १९८०–९० को दशकभरि भूमिगत राजनैतिक दल समर्थित स्वतन्त्र मजदुर संगठनहरू बन्दै गए । उनीहरूले वर्गीय आन्दोलनका अतिरिक्त ट्रेड युनियन अधिकार, सामाजिक न्याय र कामदारको हकहितका मुद्दासमेतलाई आन्दोलनको विषय बनाए ।

यो स्वतन्त्र यातायत मजदुर संगठन १९७६, नेपाल स्वतन्त्र मजदुर युनियन १९७९, नेपाल स्वतन्त्र होटल मजदुर युनियन १९८०, ट्रेकिङ मजदुर एशोसियसन नेपाल १९८४, स्वतन्त्र प्रेस मजदुर युनियन १९७९ जस्ता संगठनहरू राजनैतिक दललाई ऊर्जा, संगठन विस्तार र आन्दोलनको प्ल्याटफर्म तर, मजदुरकै वर्गीय हितमा सक्रिय रहे । सन् १९८९ मा तत्कालिन माले समर्थित ट्रेड युनियनहरूको महासंघ अखिल नेपाल ट्रेड युनियन महासंघ (न्भ्ँइल्त्) स्थापना गरियो । सन् १९८१ मा पेसागत संगठनका रूपमा शिक्षक संगठन र संघको जन्म भयो । त्यसैगरी सन् १९९० को राजनैतिक आन्दोलनले कर्मचारीहरूलाई पनि संगठित बनायो । जसरी मजदुर संगठनहरू पार्टीगतरूपमा विभाजित थिए, त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियन र शिक्षक संगठनजस्ता पेसागत संगठन, विकल, पत्रकारजस्ताका पेसागत संगठनहरू अघोषितरूपमा दलीय आधारमा विभाजित थिए । ती सबैको प्रभाव निजामति संगठनमा पनि प¥यो । सन् १९९१ मा राजाले संविधान जारी गर्ने क्रममा षड्यन्त्र गरेको विरोधमा कर्मचारीहरू सड़कमा उत्रिए । तर, केही कर्मचारी नेतृत्वले त्यसको विरोध गरे । सडकमा उत्रिएका कर्मचारी उपर तत्कालीन सरकारले कारबाही गर्ने घोषणा गरेपछि कर्मचारीबीच तीव्र विवाद भयो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एउटा आन्दोलनको विरोधमा वक्तव्य जारी गर्ने कर्मचारीलाई संरक्षण दिएपछि कर्मचारीका दुईवटा संगठन अस्तित्वमा आए । निजामती सेवा ऐन, ०४९ मा निजामती कर्मचारीका राजपत्रांकित तृतीय श्रेणीसम्मका कर्मचारी ट्रेड युनियनमा भाग लिन पाउने व्यवस्था र एउटा ट्रेड युनियन ऐनको व्यवस्थाविपरीत वापपन्थी र प्रजातन्त्रवादी कर्मचारीका छुट्टाछुट्टै संगठनहरू अस्तित्वमा रहे । ट्रेड युनियन सम्बन्धी ऐन १९९२ मा ५० वटा संघ÷संस्था तहका युनियन मिलेर ५ हजारभन्दा बढी एकै प्रकृतिका काम भएका उद्योगका मजदुर सदस्य भएको र कम्तिमा ५०० व्यक्तिहरू मिलेर ट्रेड युनियन संघ बनाउन पाइने व्यवस्था गरेको छ । त्यस्तै १० वटा वा सोभन्दा बढी संघ मिलेर महासंघ बनाउन सक्ने, अथवा माथि भनिएका ५० व्यवसाय र ५ हजार सदस्य भएका कम्तिमा ६ वटा संघ मिलेर महासंघ बनाउन सकिने व्यवस्था छ । फेडेरेसनले आफ्ना इकाइहरूको प्रतिनिधित्व राष्ट्रियस्तरमा गर्न पाउँछ । ता पनि महासंघ नभई सरकार, व्यवसायी र मजदुरसहितको त्रिपक्षीय समितिमा प्रतिनिधित्व गर्न पाउँदैन । त्रिपक्षीय समितिले श्रम सम्बन्ध समिति, सल्लाहकार परिषद र न्यूनम ज्याला निर्धारण समितिमा काम गर्दछ ।

मुख्य–मुख्य मजदुर आन्दोलनहरू
सन् १६१९ को जेम्सटाउन कालिगढ हडताल पछि युरोप र अमेरिकामा औद्योगिकरणको लहर (अठारौं शताब्दीको अन्त)सम्म आइपुग्दा युरोप र अमेरिकामा उत्पीडन र शोषणविरुद्ध मजदुरहरूका विद्रोहका दर्जनौँ घटनाहरू घटेका थिए । सन् १७७८ को न्युयोर्कको जर्निमेन प्रिन्टर्समा भएको हड्तालले कामदारको ज्याला बढायो भने १७८६ मा फिलाडेलफियामा स्थानीय युनियनले सामूहिक सौदावाजीको सुरुवात गरेको थियो । सन् १९९७ मा पेन्सिलभानियाको एक सिसा उद्योगमा कामदार र मालिकले नाफा बाड्ने (एचयाष्त क्जबचष्लन) सहमति गरेका थिए । हड्ताल र प्रतिरोध बढ्दै जाँदा सन् १७९९ मा बेलायतले कारखानामा मालिकको दबाबमा मजदुरहरूले सामूहिक दबाब दिन नपाउने कम्बिनेशन कानुन जारी ग¥यो । सन् १८२४ मा त्यहाँ मजदुरहरूको दबाबमा खारेज ग¥यो । तर, दुर्भाग्य यही कानुनको प्रयोग गरेर बेलायतमा मजदुरहरूलाई मृत्यदण्डसमेत दिइएको थियो ।

सन् १८०६ मा अमेरिकामा कमनवेल्थविरुद्ध पोलिस (ऋयmmयल ध्भबतिज ख्क एयििष्कज० केसमा अदालतले तीन दिनसम्म सुनुवाई गरी मजदुर हड्तालका लागि उक्साएको अभियोगमा तीन जनालाई मृत्युदण्डसहित कयौँ मजदुरहरूलाई अपराधी करार गरी सजाय सुनायो । सन् १९०८ मा दासहरू अफ्रिकाबाट आयात गर्न बन्देज लगाइयो । सन् १८२८ मा अमेरिकाको फिलाडेल्फियामा मेकानिक्स युनियन अफ ट्रेडर्स एशोसिएसनले कामदारहरूको पार्टी (धयचफभलुक एबचतथ) गठन गरे । यसरी मजदुर आन्दोलन एक राजनैतिक दलका रूपमा परिणत भयो । सन् १८३४ मा अमेरिकाभरिका ट्रेड युनियनको महासंघ गठन गर्ने उद्देश्यले न्युयोर्कमा भेला आह्वान गरियो । सन् १८३४ मा अमेरिकाको वोष्टनमा दैनिक १० घन्टा कार्यावधि बनाउन गरिएको हड्तालले १४ घन्टाको कार्यावधिलाई १२ घन्टा बनाउन सफल भयो भने न्युजर्सीमा त्यस्तै हड्तालले ११ घन्टा कार्यावधि बनाउन सफल भए । फिलाडेल्फियामा भने १० घन्टा बनाउन सफल भए । सन् १८४२ भन्दा अगाडि युनियनलाई अवैध र षडयन्त्रपूर्ण क्रियाकलाप करार गरिने गरेकोमा त्यहाँको उच्च अदालतले पहिलो पटक युनियनलाई वैध मान्यता दियो ।

सन् १८४७ मा स्कटल्यान्डका शैक्षिक संस्थामा कार्यरत शिक्षकहरू संगठित भए जसलाई संसार कै पहिलो शिक्षक संगठनको जन्म मानिन्छ । सन् १८४७ मा अमेरिकाको न्यू ह्याम्साएर कामदारको कार्यावधि १० घन्टा तोक्ने पहिलो राज्य बन्यो । सन् १८४८ मा पेन्सिलभेनियामा पहिलो पटक कामदारको उमेर १२ वर्ष हुनुपर्ने तोकियो । सन् १८४८ मा जर्मनीमा पहिलो ट्रेड युनियन स्थापना भयो । सन् १८५६ को अप्रिल २१ मा पहिलो पटक अष्ट्रेलियाको मेलवर्नमा दैनिक ८ घन्टाको कार्यवधि तोकियो । सन् १८५९ मा बेलायतमा फलाम कारखानामा मदजुरहरूको अन्तर्राष्ट्रिय संगठन बन्यो । सन् १८६४ मा कामदारहरूको अन्तराष्ट्रिय एशोसिएसन (क्ष्लतभचलबतष्यलब िधयचफभलुक ब्ककयअष्बतष्यल जसलाई ँष्चकत क्ष्लतभचलबतष्यलब िपनि भनिन्छ) गठन गरियो । सन् १८६८ मा जर्मनीमा जर्मन निजामती कर्मचारीहरूको महासंघ (ँभमभचबतष्यल या न्भलभचब िन्भचmबल ऋष्खष् िक्भचखबलतक) बन्यो जसले १ लाख ४२ हजार कर्मचारीको प्रतिनिधित्व गर्दथ्यो । यो नै निजामती कर्मचारी युनियनको पहिलो संगठन हो ।

सन् १८६८ मा अमेरिकामा प्रतिदिन ८ घन्टे कार्यवधि हुने कानुन पारित भयो । सन् १८७० मा पहिलो पटक कोइलाखानीका मजदुरसँग करार पत्रमा हस्ताक्षर गरियो । सन् १८७६ मा कामदारहरूको पार्टी गठन गरियो । जसलाई सोसलिष्ट लेबर पार्टी भनियो । सन् १८७७ लेबर आन्दोलनका लागि एकदमै खराब वर्ष हो जुनवर्ष अमेरिकी रेल यातायात मजदुरले गरेको राष्ट्रिय प्रतिरोध आन्दोलनको घोषणासँगै सिकागोमा जर्मन फर्निचर, कामदार युनियन र प्रहरीबीचको झडपमा ३० कामदारले ज्यान गुमाए र सयौँ घाइते भए । रेल मजदुर आन्दोलनमा १० आइरिस कोइला मजदुर र पछि ९ गरी १९ कामदारलाई पेन्सिलभानियामा झुण्ड्याइयो । सन् १८७८ मा सोसलिष्ट लेबर पार्टी अफ अमेरिका स्थापना भयो । सन् १८८१ मा न्यूयोर्क सिटीमा पहिलो मजदुर दिवसमा प्रदर्शन गरियो । सन् १८८४ मा संगठित व्यापारी र मजदुरहरूको युनियनहरूको महासंघ (ब्mभचष्अबल ँभमभचबतष्यल या बिदयच ग्लष्यल) ले मे १, १८८६ देखि प्रतिदिन आठ घन्टा काम गर्ने प्रस्ताव पारित ग¥यो । यसै दिनलाई हामी अन्तराष्ट्रिय मजदुर दिवसका रूपमा संसारमा मनाउछौँ । उक्त घोषणाबमोजिम नै मे १, १८८६ मा अमेरिकाभर ८ घन्टा कार्यवधि भन्दै ठूला प्रदर्शनहरू भए । विस्कान्सिनमा १० घन्टा कामविरुद्ध पोलिस कामदारले प्रदर्शन गरे, एउटा फलाम कारखानामा १६ हजार मजदुरले हड्ताल गरे । त्यहाँका गभर्नरले मजदुरमाथि मिलिसियालाई गोली हान्ने आदेश दियो । ५ तारिख बिहान खेतमा सुतिरहेका मजदुरमाथि गोली प्रहार गर्दा १ बच्चासहित १५ जनाको मृत्यु भयो र सयौँ घाइते भए । सन् १८८७ मा सिकागोको हेमार्केट केन्द्र (ज्बथmबचपभत क्त्रगबचभ) मा बम हानेको अभियोगमा ७ मजदुरलाई मृत्युदण्ड दिइयो । सन् १९०९ मा न्युयोर्कको एउटा कपडा कारखानामा कार्यरत २० हजार महिलाले कार्यस्थल सुरक्षाको माग राखेर हड्ताल गरे । माग पूरा गरियो । सन् १९१९ मा फ्रान्समा अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्लतभचलबतष्यलब िीबदयच इचनबलष्शबतष्यल) को स्थापना भयो । प्रथम विश्व युद्धपश्चात भएको शान्ति सम्झौतामा सामाजिक नीति तथा कार्यक्रम समावेश गरी दबाब दिए । फलस्वरुप यो संगठनको जन्म भयो । सन् १९२६ मा अमेरिकामा युनियनमा लागेवापत कामदार÷ मजदुरलाई विभेद गर्न र अभियोग लगाउन नपाइने कानुन बन्यो । ीबदयच ७ क्यअष्बष्कित क्ष्लतभचलबतष्यलब िको सहयोगमा सन् १९१९ मा क्ष्लतभचलबतष्यलब िँभमभचबतष्यल या त्चबमभ ग्लष्यल गठन गरियो । कम्युनिस्ट मुलुकले विरोध गरेको यो संगठन सन् १९४५ सम्म कायम रह्यो । सन् १९३४ मा अमेरिकी कपडा उद्योगमा राष्ट्रव्यापी हडताल भयो । सन् १९३५ मा अमेरिकामा राष्ट्रिय मजदुर सम्बन्धी ऐन (ल्बतष्यलब िीबदयच च्भबितष्यल ब्अत) र सामाजिक सुरक्षा ऐन पारित गरियो । सन् १९६२ मा सौदा गर्ने अधिकार र सन् १९६३ मा आएर मात्रै अमेरिकामा लिंगका आधारमा ज्यालामा भेदभाव गर्न नपाइने कानुन बन्यो । सन् १९७० मा आएर व्यवसायिक सुरक्षा र स्वास्थ्य सम्बन्धी ऐन जारी भयो ।

माओवादी आन्दोलन र ट्रेड युनियन
सन् १९९६ मा नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि त्यस पार्टीप्रति सहानुभूति राख्ने मजदुर तथा पेसाकर्मीहरू विभिन्न हिसाबले सक्रिय र क्रियाशील थिए । मजदुरहरूका क्रियाकलापहरू छद्मरूपमा सञ्चालित थिए । किनभने जनयुद्धलाई राज्यले आतंककारी क्रियाकलाप करार गरेकाले त्यससँग सम्बद्धता हुनु भनेको सोझैँ आतंककारीको अभियुक्त बन्नु थियो । तर, माओवादी आन्दोलनको विस्तार र प्रभाव सबै क्षेत्र र पेसामा परिरहेको सन्दर्भमा ट्रेड युनियन गतिविधि अछुतो रहने कुरा भएन । सन् २००६ मा माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरणपछि अखिल नेपाल फेडेरेसन अफ ट्रेड युनियन गठन भयो । कर्मचारी र शिक्षकहरूमा पनि राष्ट्रिय कर्मचारी, राष्ट्रिय शिक्षकजस्ता पदावलीयुक्त मजदुर तथा पेसागत संगठनहरू देखा परे । सन् २००२ मा नेपाली कांग्रेस पार्टीमा आएको विभाजनको प्रभाव ट्रेड युनियन कांग्रेसमा पनि प¥यो र त्यो दुई समूहमा विभाजित भयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको गठन
जनयुद्धको गर्भमा आफ्ने भ्रुण धारण गरी जनयुद्धको जगमा सफल भएको जनआन्दोलनपछि तयार भएको विशिष्ट परिस्थितिमा नयाँ मूल्य, मान्यताका साथ अघि बढ्ने र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणमा नेपालको कर्मचारीतन्त्रवाट महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि नेपालका कर्मचारीहरूको एउटा नयाँ संगठनको आवश्यकतालाई पूरा गर्न, वि.सं. २०६३ साल मंसिर २४ गते नेपाल राष्ट्रिय कर्मचारी संगठन आयोजक भेला गरी सोही राष्ट्रिय भेलावाट संगठनको घोषणा भई सांगठनिक गतिविधि सुरु गरी २०६४ माघ २० गते श्रम विभागमा दर्ता भएको यो संगठन हाल ७ प्रदेश समति, ३८ विभागीय समिति, ७७ जिल्ला समिति र ७५३ पालिका समितिसम्म विस्तार भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *