काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले माओवादी छाडेर एमालेको ओली पक्षमा लाग्दा फाइदा बढी छ भन्ने थियो । तर उनको पछाडिको जमात कमजोर छ । एमालेभित्रै काटाकाट छ, प्रम ओलीले माओवादीका अध्यक्ष प्रचण्डलाई देखाउन लिएको मान्छे लेखराज भट्ट मात्र राजनीतिक धारका हुन्, रामबहादुर थापा, टोपबहादुर रायमाझी हाटहुट, प्रभु साह सीमा तस्कर हुन् । एमालेका इमानदार कार्यकर्ता विचारविहीन तस्कर र हाटहुटेलाई न त पहिला नेता माने न त अब मान्छन् ।
राजनीतिक व्यवहारले एमाले अध्यक्ष भए पनि प्रधानमन्त्री केपी ओलीलाई समेत नेता मान्न नचाहने जमात ठूलो छ । किनकि ओली पक्षले संघीय सरकारमा देखाएको असक्षमता गैरजिम्मेवारीपन प्रदेश सरकारका मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीले झैँ पदको एमालेले निर्दिष्ट गरेको विचारसँग मेल खाँदैन । माओवादीलाई सिध्याएर प्रम ओली आप्mनो कुर्सी जोगाउन कांग्रेसको घर र कोठा चहार्दा ठिक हुने, माधव–प्रचण्डले त्यो कांग्रेसको नेतृत्व सामु पुग्दा बेठिक हुने, तानाशाहा तर्क दिए पनि प्रम ओलीलाई राम्रै भएको छ । शासकहरू आप्mना कुरा असत्यलाई सत्य बनाउँछन् । विपक्षीका कुरा सत्य भए पनि असत्य ठान्छन् । यो वास्तविकतामा ओली समूह देखिएको छ । बुधबार प्रम ओलीले उपप्रम इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, संसदीय दलका उपनेता सुभाष नेम्वाङलाई लिएर बुढानीलकण्ठ जानु ठीक थियो कि आप्mनैसँग मिलेर प्रचण्ड माधव नेपाल समक्ष जानु उचित थियो ?
यो दौडको अर्को मक्सकद हो, जेठ ६ गतेको राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई मत माग्नु । एमालेको माधव पक्षसँग छलफल गरेर आन्तरिक विवाद मिलाएको भए माओवादीकै साथ रहन सक्थ्यो । तर, प्रमको टिमले माओवादीलाई अछूतो ठान्यो यो निर्वाचनमा वाग्मती प्रदेशमा एमालेका ५७ मत रहेका थिए । त्यो मत अहिले भड्किँदो छ । यसको कारक नै प्रम केपी ओली र प्रधानमन्त्रीको टिमको व्यवहारले हो । माओवादी २३, कांग्रेस २२, विवेकशील ३, राप्रपा नेमकिपा २÷२ र स्वतन्त्र १ गरी ११० मत यहाँ छ । तर, कांग्रेस, माओवादी, एमाले माधव पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओलीका अक्कल गृहमन्त्री थापाले जित्ने आस गर्न सकिँदैन किनकि ५७ मत सबै प्रम ओलीले भनेको मान्ने भए माधवले किन डा.देवकोटालाई अगाडि सार्थे ?