दूतावासमा थन्कियो महन्थको मधेसवाद

राजनीति

काठमाडौं– सांसदहरूलाई रिसोर्टमा थुनेर महन्थ ठाकुर र राजेन्द्र महतोले बालुवाटार र भारतीय दूतावासमा धाए । मधेसको समस्या समाधान गर्न आग्रह गर्दा यो देश सञ्चालनको साँचो अन्यत्रै छ भन्ने डा.बाबुराम भट्टराई अहिले जसपाभित्रै छन् । नेपालको सत्तामा भारतीय दबदबा फेरि सिर्जना भएको छ । यसको लागि भ¥याङ भएका छन्, प्रधानमन्त्री केपी ओली र महन्थ ठाकुर ।
राजेन्द्र महतो, महन्थ ठाकुर आयतित नेपाली हुन् । यिनको मन नेपालमा भएर भारततर्फ बढी झुकाव राख्छन् । त्यसैले त मधेसका जनताको जीवनमा खेलवाड गरेका छन् । देशमा नाकाबन्दी लगाई देउ भन्दै भारतमा शरण लिन पुगेका राजेन्द्र प्रहरीको लाठी खाएपछि रातारात बालुवाटार छिरेका दिन पनि थिए । अहिले जसले मधेसमाथि दमन ग¥यो, झुट्टा मुद्दा लगायो, उसकै पछि लागेर भाजपाका सुब्रमन्यव स्वामीको आदेश भन्दै कहिले बालुवाटार कहिले लैनचौर गर्दैछन् ।
जसपा विभाजन गर्ने प्रधानमन्त्री ओलीको चाहना पूरा हुन्छ, हुँदैन । तर, सरकारमा भने पुरानै चेहराले स्थान पाएका छन् । सांसद नभएका दावा लामा, मणि थापाको पुनर्नियुक्तिमा संवैधानिक अड्चन खडा भएको पनि छ । ओली शासनका लागि यस्ता कुरा सामान्य भएका छन् । महन्थको मधेशवाद लैनचौरमा थुनिएको बेला रामबहादुर थापाले आचारसहिंता उल्लंघन गर्नु नौलो होइन । नालायकहरू कोभिड बोकेर प्रधानमन्त्रीको सम्वृद्धि र विकासले कतिबेला नेटो काट्छ थाहा छैन । तर, मधेसको मुद्दा उठाएर हत्यारालाई जेलमुक्त गराउनुपर्छ, संविधान संशोधन गर्नुपर्छ, भारतीयलाई नागरिकता दिनुपर्छ, मधेसका गरिब र निमुखालाई दमन गर्नुपर्छ भन्ने मान्यताका महन्थ र राजेन्द्रको मधेसवादले सांसदलाई रिसोर्टमा थुनेर देखाएको भारतभक्तिको अबका दिनमा सजाय हुन्छ । यिनका लागि कांग्रेसले गरेको लगानी अबका दिनमा फिर्ता गर्नुपर्छ । अर्थात् महन्थ र राजेन्द्रको टिमलाई चुनावमा हराउनुपर्छ भन्ने मत बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *