किन ल्याइँदैन चिनियाँ खोप

समाचार

काठमाडौं– सत्तामा बसेर कमिसन मोहमा डुब्नु नौलो भएन । भारतबाट ल्याइने सेरम कम्पनीको खोपमा हुकम कम्पनीले विचौलियाको रूपमा प्रस्तुत हुँदा स्वास्थ्य मन्त्रीले भण्डाफोर गरिदिए । त्यहाँ मोती दुगड, सुरज वैद्य, रितु वैद्य, अभिषेक दुगडका बाउछोरा दलालका रूपमा थिए । यिनको चरित्रले नेपाली जनताको जीवनमाथि खेलबाड गर्दैछ । स्वास्थ्य मन्त्रालयले चीनको भेरोसेल खोप उत्पादक कम्पनीले तत्काल ५ लाख डोज र पछि २० लाख डोज दिने विश्वास दिलाउँदा चासो राखेन ।
कोरोना नियन्त्रणको नाममा खडा भएको सिसिएमसीका खन्चुवाहरूका कारण यस पटक यो महामारीमा उद्योगी, व्यापारीले चासो दिएनन् । विजय शाखा र शेखर गोल्छा पाटन अस्पताल, धुलिखेल अस्पतालमा आफैँ पुगेर रकम बुझाए । सरकारका मान्छे इमान्दार भएको भए त्यो रकम सिसिएमसीमार्फत् जान्थ्यो । ‘सामान होइन, पैसा देउ भन्दै’ गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूमा फोन गर्ने उपप्रधान मन्त्री ईश्वर पोखरेल यसपटक हच्किए । उनका पुत्र पनि जोडिएको ओम्नी कम्पनी प्रधानमन्त्रीसँग जोडिएको थामसेर्कु समूह पनि कोरोनामा कमाउने कम्पनी हो ।
चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालय हुँदै स्वास्थ्य मन्त्रालयले खोप ल्याउन चासो दिएन । यहाँ विचौलियाका रूपमा सुरज वैद्यहरू पुगिसकेका छैनन् । सरकारसँग जोडिएका चरित्रका कारण अपराधीमाथि कारबाही हुँदैन । ओली सरकारले जनतासँग जोडिएका काम गर्दैन भन्ने कुरा भोकमारी र रोग व्याधीको पीडामा भएका जनताको सेवाभन्दा कुर्सी बचाउन र कोरोना फैलाउने गरी सभा गर्न व्यस्त छ । खोप नै कोरोनाको उपचारमा पहिलो हतियार बनेको अवस्था छ । मन्त्रालयले किनेर ल्याउन लागेको सेरम कम्पनीमा भारतीय मिस रितुसिंह वैद्य दलालबन्दा चिनियाँ जहाज नेपालमा भित्र्याएर कमिशन कुम्ल्याउन सफल टोयटा गाडी कम्पनीका दलाल सुरज वैद्यले बार लगाउने त होइन ? शंका छ । यति बेला जनता पीडित छन् । सरकार जनताको सेवा गर्न होइन, व्यापार गर्न तल्लीन छन् ।
खोपका लागि रुस, अमेरिका, बेलायतले पनि चासो दिएका छन् । नेपाल सरकार भने दलालहरूको खेलौना बन्न पुगेको छ । केपी ओली तेस्रोपटक प्रधानमन्त्री भएकै दिन देशमा २०३ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *