ह्याम्सको लुटमा सरकार रमिते ह्याम्सको लुटमा सरकार रमिते

प्रशासन

काठमाडौं– अस्पताल जनताको सेवाका लागि होइन । यिनको धन्दा कमाउने हो लक्ष्य र उद्देश्य भनेकै घनाढ्यको पैसा धुत्ने गरिबलाई प्रवेश नदिने भएको छ । डा.शेखर कोइरालासमेत पार्टनर रहेको त्यो अस्पतालले १०, २०, ३०, ४० र ५० हजार शुल्क राखेर सरकारलाई छाति खोलेर चुनौती दियो । त्यति मात्र गरेन ह्याम्सले बिरामीका आफन्तलाई बिरामीको मृत्य भएमा कुनै विरोध गर्दिन भनेर कागज गरायो । अक्सिजन छैन । सरकार सत्ता जोगाउन र अल्पमतको भए पनि बहुमतको हुँकार गर्न सक्रिय छ । मुलुकको हितमा सरकार छैन भन्ने कुरा लुट्न खडा गरिएका नेताकै अस्पतालले देखाएको व्यवहार छर्लङ्ग छ । नेताका नाउमा खुलेका अस्पतालले नै मोका पारेर लुटन सक्रिय हुनु भनेको नेतासमेत बदनाम भए भन्ने प्रमाण हो ।
सरकार सञ्चालक शुद्ध भएको भए पो मुलक कानुनमा चल्छ । पार्टी विधि, प्रक्रिया, सिद्धान्त र नीतिमा चल्छ । नेकपाका नेताहरू गुणकारी छैनन् । प्रधानमनत्री केपी ओलीले आफ्नै दलाल र पछुवाहरूलाई राज्यको ढुकुटी लुटाएका छन् । सरकारकै बद्नाम गरेका छन्, जहाँ पनि विवादित निर्णय गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेलकै कारण पार्टी पनि बद्नाम छ । सरकारका सेवकहरूले कोरोना महामारीकै बेला देखाएको लिच्चड शैली सर्वत्र आलोचित छ । समय बाँकी छदै ३५ वर्षका लागि नेपाल ट्रष्टको जमिन, सगरमाथा राष्ट्रिय निकुञ्जको जमिन थामसेर्कुलाई दिन लाज भएन । देशको ढुकुटीमा असर पर्ने व्यक्ति मोटाउने संस्कृति ओली कालमा चम्केको छ । पार्टीको इज्जतसमेत नराख्नेहरू पार्टी विभाजनको तरखरमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *