सर्वोच्चले मन्त्री खारेज गरेपछि यता न उता

राजनीति

काठमाडौं– प्रचण्ड विनाको नेकपा बनाउनु पर्छ भन्दै कुर्लिने हाइ कमाण्डर टोपबहादुर रायमाझी डेटिकेट फिडर जडान गरेर लोडसेडिङको बेला विद्युत प्रयोग गरी पैसा नतिर्ने व्यापारीको पक्षमा लाग्दा मन्त्री पदबाट चट भए । अराजकताको घमण्डबाट साइनो जोडिन्छ । रायमाझी आफै मात्र सक्किएन प्रदेश संसद खोसिएपछि राष्ट्रियसभा सांसद पदमा लुम्बिनी प्रदेशबाट उम्मेदवार बनेका चन्द्र खड्काको अवस्थासमेत टोपबहादुरको जस्तै भएको छ । रायमाझीसहित ३ जना चैत २७ मा मन्त्री भएका हुन् ।
माओवादी त्यागेर प्रधानमन्त्री ओलीको पक्षमा लाग्दा मन्त्री पद सर्वोच्चले खारेज गरिदियो रामबहादुर थापा, लेखराज भट्ट मात्र होइन प्रभु साह, गौरीशंकर चौधरी, सांसद पदसँगै मन्त्री पद गुमाउन पुगेका छन् । संसद नै नभएका मणि थापा प्रदेश सांसद पदमा पराजित भए पनि बादलको पछि लाग्दा खेलकुद मन्त्री भएका दावा लामासमेतको मन्त्री पद गयो । एमालेभित्रै एमालेले ठाउँ नपाएको बेला माओवादी त्यागेर प्रचण्डविरुद्ध खुलेर लागेको नेताहरूले स्थान पाउने सम्भावना छैन । उनीहरू गत वैशाख ३१ मा पुनः मन्त्री बनाइएका हुन, जो संसद थिएनन् ।
प्रधानमन्त्री केपी ओलीले जसपाका राजेन्द्र महतो र महन्थ ठाकुर समूहलाई हटाउनै परेन । माओवादीबाट एमालेमा आएका थापा र तामाङ पुसमा मन्त्री भएका थिए । प्रमलाई संविधानविपरीत मन्त्री नियुक्ति गर्ने ठाउँ थिएन । संसद नभएका मान्छे मन्त्री बनाउने धन्दा चलाइयो । संसद विघटनपछि संविधानलाई लत्याउँदै राजनीतिक स्वार्थ पूरा गर्ने प्रवृत्ति हाबी भएको छ । अब त्यहाँ जसपाका महन्थ पक्षधर सांसदले मन्त्री पदका लागि देखाएको लालसा पूरा हुन्छ । कि ओली सरकारले चुनाव गर्छ त्यो भावी दिनले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *