देउवाको रहर पूरा नहुने

राजनीति

काठमाडौं– सरकारी अस्पतालमा विरामी उपचार गर्न जान्छन् । तर, सरकारी अस्पतालले अक्सिजन आफैँ लगाउन भन्छ, हामीसँग छैन भन्दा विरामीको मनोबल कस्तो हुन्छ, त्यस्तै हालत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हँुदैछ । कांग्रेस ६४ मतको भरमा माओवादीका ४९ जसपाका ३२ मत प्राप्त गरी १४५ मतको आडमा शेरबहादुरलाई पाँचौ पटक प्रधानमन्त्री बन्न ज्याोतिषले बाटो देखाएको बताउँदै छ । मुलुक कोरोना महामारीले आतंकित छ । कांग्र्रेस प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्दै गर्दा जसपालाई प्रधानमन्त्री पद दिन सक्ने आँट देखाएको थिएनन् । तर, संसद नै भंग गरी मध्यावधिको रोइलो सुरु भयो ।
स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले नेपालभर समन्वय गरेको भए एमाले अहिलेको अवस्थामा रहने थिएन । भरतपुर महानगरमा बाहेक कांग्रेस माओवादीको मिलाप अन्यत्र भएन । चुनावी लहर सम्बन्धित पार्टीले उठाएका मुद्दामा भर पर्दछ । जसरी वाम गठबन्धनले संघीय चुनाव र प्रदेशको चुनावमा एजेण्डामा प्रतिस्पर्धा गरे । चुनावपछिको यो अवधिमा दलहरूले आफैँले उठाएका इस्यु बिर्सिएका छन् । यस्तो बेलामा स्वार्थका एजेण्डा बाँझिएका छन् । त्यही कारण कांग्रेसलाई ओलीको विकल्प खोज्न जसपाको पूर्ण टीमबाट साथ हुने अवस्था छैन ।
जसपाको राष्ट्रिय सरकार र सरकारको नेतृत्व जसपाको हातमा भन्ने प्रस्ताव गरेको भए पनि जसपाको यो निर्णयले सभापति देउवाको रहर माथि धक्का लाग्दै छ । यो स्थिति सिर्जना हुनुको मुख्य कारण तमलोपाभन्दा फोरमकै सांसद संख्या धेरै हुनु हो । महन्त र यादवका १÷१ सांसद निलम्वित छन् । ३२ सांसद रहेको जसपाभित्र महन्थतर्फ १५ जना जादा १७ जना उपेन्द्रका हुन्छ । प्रधानमन्त्री ओलीलाई अहिले जालझेलबाट छल्न माधव पक्षका २८ सांसदबाहेक १३ जना सांसद छन् । ओली इतरको सरकारका लागि पनि आवश्यक संख्या त्यही नै थियो ।
ओली सरकारले एउटा शिक्षा दियो । संसदभन्दा अध्यादेशमा देश चलाउने कानुनी राजको खिलापमा एकाधिकार प्रर्दशन गरेर निरंकुश बन्ने बाटो यसले समात्यो । प्रमको तर्फबाट सार्वभौम संसदको गरिमामाथि आँच आउने सर्वोच्च प्रहरी, सेना, निर्वाचन आयोग, लोकसेवाजस्ता संवैधानिक संस्थाहरू ऐन कानुनमा नचल्ने बालुवाटार हाबी हुने संस्कृति स्थापित भएको छ । जसपा विभाजनका लागि अध्यादेशको जरुरी छैन । किनकी ४० प्रतिशत सांसद र केन्द्रीय समिति महन्थ–राजेन्द्रसँग छ । राजनीति विकृतिको तितो संघीय लोकतान्त्रिक गणतन्त्रमा सहन नपरोस् भनेर जनताले नेकपाको मोर्चालाई दिएको बहुमत आखिर जति सुकै मिठो खान दिएको पनि के खाना छाड्दै भनेजस्तै भएको छ । श्रमजीवी वर्ग किसान मजदुर वर्गको चाहना, तीन वर्षमै भत्काएकाले जनताले लोप्पा दिन सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *