कहिले पाउँछन भत्ता ?

समाचार

काठमाडौं । कोरोनासँग भिडेका चिकित्सक, मृत्यु संस्कारमा सहभागी सुरक्षाकर्मी, सडकमा दिनभरि खटिएर सरकारको उपस्थिति देखाएका ट्राफिक, प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका नर्स, अहेबहरूलाई विशेष भत्ता दिने प्रधानमन्त्री केपी ओलीको घोषणा व्यवहारका कहिले आउँछ ? प्रधानमन्त्री ओलीले यो घोषणा गत वर्ष गरेका थिए । एक वर्षसम्म अर्थ मन्त्रालयले यसबारे चासो देखाएको छैन । अहिले त्यही भत्ताको कुरा बहसमा समावेश भएको छ ।
वीर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाएर आन्दोलनमा उत्रिएका छन् । शिक्षण अस्पताल, शुक्रराज ट्रफिकल अस्पताल, गंगालाल अस्पतालका कर्मचारी, नर्स, चिकित्सकले तलब समयमा पाएकी, पाएनन, स्वास्थ्य मन्त्रालय बेखबर बनेको छ । आर्थिकरूपमा कमजोर अवस्थामा सञ्चालन गरेका सुरक्षा फौजले चलाएको कोभिड अस्पतालहरूमा सरकारले ध्यान दिएको छैन ।
प्रधानमन्त्रीको काम पदीय इष्र्या देखाएर मनपरी बोल्ने मात्र भएको छ । अस्पताल सुरक्षाकर्मीको निम्ति ध्यान नदिएपछि कोरोनासँग भिडेको समूहसँग राज्यको सम्बन्खध राम्रो छैन । सिंहदरबारभन्दा बाहिर नजाने बालुवाटारभित्र मात्र भत्ता पुग्ने हो भने प्रधानमन्त्रीले फटाइ गरे भन्ने हुन्छ ।
कोरोना रोग पानी र अम्बाको पातले छेक्न नसकेपछि दोस्रो लहर चल्दै गर्दा भारतको सेरम कम्पनीलाई २० लाख डोज खोप ल्याउन स्वीकृति दिएको स्वास्थ्य मन्त्रालय बालुवाटारको छायाँमा परेको छ । स्वार्थको लागि प्रधानमन्त्री ओलीले जे पनि गर्छन्, नेपाली जनताको होइन आफ्नो विचौलियाको स्वार्थ पूर्तिमा लाग्छन् । यिनलाई सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी भए पुग्छ ।
राजनीति गर्नेको जनता साथमा हुनुपर्छ । हाम्रो देशको प्रधानमन्त्री स्वार्थको धन्दा चलाउँछन् । संकट पर्दा धर्मको काण्ड चलाएर पशुपति र राम–सिताको भजन गाउँछन् । सम्वृद्धि भन्दै विचौलिया, तस्करी रमाउँछन् भन्ने देखियो । कोरोना राजनीति इस्यु होइन । यसको समाधानको लागि पूर्व तयारी भएन । संघीयता लागू गर्दा संकटको समाधान गर्ने स्थानीय तहको वडालाई संघीय सरकारले ध्यान दिएन । ओलीका सहयोगी र बैठकले गरेका अपराको छानबिन गर्ने स्थान बाँकी रहेन ।
नीति, सिद्धान्त र विचारलाई लत्याएको ओली समूहले जसरी जनतालाई ढाँट्यो त्यस्तै स्थिति ०५६ सालमा नेपाली कांग्रेकाका संस्थापक कृष्णप्रसाद भट्टराई आवन्छित चरित्रले जसरी घर जमायो । त्यस्तै चरित्र र शैली कम्युनिस्ट पार्टीका नक्कली माटहरूबाट प्रदर्शन भयो । जो मान्छे जहाँ क्षमता राख्छ त्यहाँ जोडिएको भए ओलीको छाडावादले देशको संविधान, कानुनमाथि प्रहार गर्न सक्दैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *