संक्रमितको संख्या घट्यो की परीक्षणको दायरा ?

समाचार

काठमाडौं– केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो साताको संक्रमणदर निकै घटेको देखिएको छ । संक्रमणको संख्या घट्नु सुखद् सन्देश हो । तर, संक्रमित संख्या घट्नुमा कोभिड परीक्षणको दायरा पनि घटाइएको प्रष्ट देखिन्छ । जेठ १२ मा कूल २० हजार ४ सय ४५ को नमुना परीक्षण गर्दा ६ हजार ७ सय ४१ संक्रमित पुष्टि भएको थियो । जेठ १३ मा कूल २० हजार ९ सय ९२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ९ सय ४९ संक्रमित भएका थिए । जेठ १४ मा कूल गते २० हजार १ सय १० जनाको नमुना परीक्षण गर्दा ६ हजार ९ सय ५१ संक्रमित पुष्टि भएको थियो । जेठ १५ मा परीक्षणको दायरा साविकको दिनभन्दा घटेको छ । उक्त दिन १४ हजार ७ सय ७२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ संक्रमित पुष्टि भएको छ ।
जेठ १६ मा १२ हजार ७ सय ७० जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६९ संक्रमण पुष्टि भयो । त्यसैगरी जेठ १७ मा १७ हजार ४ सय ८० जनाको नमुना परीक्षण गर्दा ४ हजार १ सय ७८ संक्रममित पुष्टि भएको थियो । त्यसैगरी जेठ १८ गते १७ हजार १ सय ४७ जनाको नमुना परीक्षण गर्दा ५ हजार २ सय ८५ संक्रमित संख्या थपिएका थिए । जेठ १९ गते अनुसार १ सय १ जनाको ज्यान गएको छ भने ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ५ पिसिआर तथा ३ हजार ७३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । जेठ २० गतेको अनुसार कोरोनाबाट १ सय १ जनाको ज्यान गएको छ भने ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ५ पीसीआर तथा ३ हजार ७३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।
जेठ २१ गते अनुसार कोरोनाबाट १ सय १ जनाको ज्यान गएको छ भने ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ जनामा एन्टिजेन गरी २० हजार ८ सय १३ जनामा परीक्षण गरिएको थियो । २२ गतेको अनुसार कोरोनाबाट ६८ जनाको ज्यान गएको छ भने ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ पिसिआर तथा ५ हजार ३ सय ४३ जनामा एन्टिजेन गरी १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । जेठ २४ गते अनुसार ४ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पिसिआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो । यसरी यो साता नेपालमा कोरोना भाइरस संक्रमणको दर घट्न थालेपछि संक्रमण हट्दै गएको भन्ने निष्कर्षमा पुगिहाल्न यही आँकडा पर्याप्त हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *