बुढाले छेक्दा कमल अलपत्र

राजनीति

काठमाडौं । संसद विघटनविरुद्ध लागेको राप्रपाका अध्यक्ष कमल थापा प्रधानमन्त्री केपी ओलीसँग मिलेर उपप्रधानमन्त्रीसहित गृह वा परराष्ट्र मन्त्री हुने दाउमा थिए । तर पार्टीका अध्यक्ष पशुपति समशेर राणा, डा. प्रकाशचन्द्र लोहनीले सहमति नदिँदा मकवानपुरबाट चुनाव हरेका कमललाई दाउ लागेन । यसपटक राप्रपाको खेल कतै सफल हुँदैन भन्ने थियो । नभन्दै भयो पनि त्यस्तै । संवैधानिक अंगहरु छिन्नभिन्न बनेको देशको संरचनाभित्र नेकपा एमालेको ओली समूह रमाएका छन् ।
सर्वोच्चले संसद पुनस्र्थापना गर्छ कि गर्दैन ? त्यो बेला पनि नैतिकताको कुरा आउँछ । संविधानको धारा ७६(४) अनुसार जान नसकेका प्रधानमन्त्री ओली आफैँ वैधानिक नहुँदा राप्रपादेखि जसपासम्मलाई विभाजित गर्न तयार भए । जसपाका ९ मन्त्री २ राज्य मन्त्री छन् । थापाले राप्रपाबाट खोजेको सहजता दुई अध्यक्षको साथ थियो । पार्टीको एकता महाधिवेशनको दिन तोके पनि कोरोनाले छेकेको अवस्था छ ।
संसदमा एक सिट रहेको राप्रपाले ओली पक्षलाई साथ दिएको छ । अघिल्लोपटक संसद पुनस्र्थापना भएपछि हिस्स परेका थिए, राप्रपाका कमल पनि प्रधानमन्त्री ओली पक्षकै कृष्णप्रसाद ढकालले मकवानपुरबाट चुनाव हराएका हुन् । थापासँग विरोध खतिवडालाई भडाउनु पथ्र्यो भन्नेहरुले वाम गठबन्धनलाई लहरको मूल्यांकन गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *