अरुको पैसा नतिर्ने सामाजिक अभियानकर्मी शाही

समाचार

काठमाडौं । २०७६ भदौको २९ गते शनिबार बेलुकी ७ बज्दै थियो, नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार भयो । उनीमाथि दुव्र्यवहार हुनुको एउटै कारण थियो बुद्ध एयरको जहाज उनकै कारण नियमित उडान समयभन्दा केही ढिला हुनु । जहाज भट्टराईका कारण करिव १५ मिनेट ढिला भएको थियो । मन्त्री भट्टराईले पनि यो कुरा पुष्टि गरेका छन् । आफ्नै कारण प्लेन उड्न ढिलाइ भएकोमा सामाजिक सन्जालमै उनले सर्वसाधारणप्रति क्षमा मागेका पनि छन् । तर १५ मिनेटको ढिलाइलाई मौका पर्खेर बसेकाहरुले मन्त्री भट्टराईमाथि दुव्र्यवहार गर्ने अस्त्र बनाए । उनीमाथि विमानस्थलदेखि जहाजभित्रै पनि केही व्यक्तिले अशिष्ट रुपमा दुव्र्यहारको प्रयास गरे । त्यसको नाइके थिए, ज्ञानेन्द्र शाही । उनीसँगै रहेका तीनजना व्यक्तिले भट्टराईका कारण १५ मिनेट ढिलो भएको उडानलाई लिएर स्थिति भड्काउने अनेक प्रयास गरे, मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरे र सामाजिक सन्जालमै समेत अपशब्द लेख्दै अनर्गल प्रचारमा उत्रिए । १५ मिनेट ढिलो भएकोलाई एक घन्टा ढिलाई गरेको भन्दै ज्ञानेन्द्र शाहीहरुले विमानस्थलमा भट्टराईविरुद्ध स्थिति भड्काउने प्रयास गरेका थिए । तर मन्त्री भट्टराईले चुपचाप बसी कुनै प्रतिवाद नगरेपछि ज्ञानेन्द्रहरुको योजना विफलभएको थियो । बुद्ध एयरका यात्रुहरुकै अनुसार, प्रचार गरिएको जस्तो मन्त्रीको कारण प्लेन एक घन्टा ढिलो भएको थिएन । त्यही बेला दरबारिया गठवन्धनका ज्ञानेन्द्र शाही नेतृत्वको सानो समूहले भट्टराईमाथि दुव्र्यवहार प्रयास गरेका थिए । सोही टोलीमध्येका एकजनाले ‘पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुःख दिएको छस्, त्यो हामीले कहाँ बिर्सेका छौँ र’ भन्दै भट्टराईमाथि अपशब्द प्रयोग गरेका थिए । उनीहरुले जहाजमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौतीसमेत दिएका थिए । मन्त्रीले जहाजमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिएनन् । बरु मुस्कुराएरै चुपचाप बसिरहे । यद्यपि यात्रुहरुलाई आफ्नो कारण परेको असरप्रति भट्टराईले सार्वजनिक रुपमै क्षमा मागेका छन् । तर ज्ञानेन्द्र शाहीले यो घटनालगत्तै मन्त्रीलाई ‘रामधुलाई’ गरेको भन्दै सामाजिक सन्जलमा आफूले हो–हल्ला गरेको भिडियोसहित स्टाटस लेखेका छन् । शाही पछिल्लो समयमा सरकार र गणतन्त्रविरुद्धमा आक्रमक छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ भनी गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवालाई जेल हाल्ने धम्की दिँदै आएका थिए । जुम्लाका शाही आफूलाई भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउँदै अहिले हिँडिरहेका छन् । तर खासमा उनी भारतीय गुप्तचर संस्था रअबाट पैसा लिएर उनीहरुकै योजनामा हिँडेका व्यक्ति हुन् । त्यस्तै शाहीका समर्थकहरुले पिएनपीखबरका सहसम्पादक युवराज खत्रीको सामाजिक सञ्जाल फेसबुकमार्फत बारम्बार चरित्र हत्या पनि गरेका छन् । अभियानकर्ता शाहीले आफू अनुकूल समाचार नबनेपछि सहसम्पादक खत्रीमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न आफ्ना समर्थकलाई लगाएका हुन् । उनी यस्ता अभियनकर्मी हुन् कि जो बारम्बार पक्राउ र कुटपिट पनि गर्दछन् । बैशाख १० गते लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाट शाहीलाई पक्राउ गरेको थियो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई जहाजभित्र दुव्र्यवहार अभियोगमा शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि उनलाई भट्टराइले नै रिहा गर्न अनुरोध गरे । असोज ११ गते भने चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका शाही सोहि स्थानमा स्थानीय युवाहरुद्वारा कार्यक्रम स्थलबाटै लखेटिएका थिए । स्थानीय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनको कार्यक्रमको विरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुका साथै ब्यानरसमेत च्यातिदिएका छन् । २९ फागुनको घटना पनि रोचक नै छ । उनले जसरी बाहिरी प्रचार भ्रष्टाचार विरोधी अभियान भनेका छन्, त्यसको ठीकविपरीत काम गर्ने गरेको खुलासा भएको छ । हाम्रो नेपाल, हामी नेपालीका संयोजकसमेत रहेका ज्ञानेन्द्र शाहीकै टिमका अभियानकर्मीले भने नर्सिङ लाइसेन्सका लागि परीक्षा पास गरिदिन्छु भन्दै रकम लिएको खुलेको छ । ज्ञानेन्द्रकी अभियानकर्मी जिता बरालले नर्सिङ परीक्षा उत्तीर्ण गरिदिने भन्दै रकम लिएको रहस्य खुलेको छ । यी त भए पुराना कुरा ताजा कुरा छ शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलाको । जहाँ स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियानकर्मी शाहीको टोलीले मापसे गरेको प्रमाणित भएको छ । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो । तर शाहीले आफूहरुले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको भिडियोमा सुन्न र हेर्न सकिन्छ । यसैबीच, उक्त घटना मिलाउन १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियानकर्मी शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौँ रुपैयाँ वर्षौँदेखि नतिरी सामाजिक अगुवा बनेको बताइन्छ ।
केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । नौ लाख रुपैयाँको न साँवा, न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्ली बिल्ली पारेका शाही दुःखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अगुवा हुन् । अग्रहरिलगायत व्यापारीले पटक–पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गरेका थिए । यदाकदा फोन उठाएर पुरानो रकम तिर्छु भने पनि शाहीले तीन वर्षसम्म झुक्याएको उनीहरु बताउँछन् । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् । अग्रहरिलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर, पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले बताए । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् । तर, त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक–पटक फोन गरेका थिए । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत रेडिमेड जवाफ दिएर शाही धेरैपटक उम्केको उनी बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *