काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको हित र जनताको सेवाको लागि कहाँ, कसरी अगाडि बढ्ने भन्ने कुरामा एक्लैले निर्णय गर्दा आलोचित भइरहेका छन् । उनले आफ्ना वरपर सरकारी सेवा सुविधा दिएर राजनीति नियुक्ति र सरकारी जागिर दिएको सल्लाहकार, शुभचिन्तकहरूले झन् उनको बदनाम गराइरहेका छन् । ओलीको बदनाम गर्न विष्णु रिमाल, सूर्य थापा, डा.राजन भट्टराई, गणेश बस्नेत सिहदरबार र बालुवाटारमा सक्रिय छन् भने पदको लागि रातारात छेपारोले रंग फेरेजस्तै रंग फेर्ने श्याम बस्नेत वाग्मती प्रदेशका राष्ट्रिय योजना आयोगमा रहेका छन् । त्यस्तै, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल प्रधानमन्त्रीको गुनगानले सफल भएका छन् ।
नेकपा एमालेभित्रै तामा, पित्तल, फलाम र किट प्रकृतिका नेता कार्यकर्ता छन् । उनीहरूलाई प्रधानमन्त्री ओलीको बदनाम भए होस्, पार्टी विभाजन भए होस् मतलब छैन । केवल कमाइ गर्न पाए पुगेको छ । त्यही कारण सरकारले राम्रो काम गर्दागर्दै विपक्षीको विरोधको सामना गर्नु परिरहेको छ ।
प्रेस चौतारीको नाममा गणेश बस्नेत, प्रेस सेन्टरको नाममा महेश्वर दाहालले गर्दा पत्रकार महासंघ बदनाम भएको छ । पत्रकार महासंघमा सफल, असफल के भएको छ, सबै सामू छर्लंग छ । बस्नेतकै घमण्डले पत्रकार महासंघको दुई कार्यकालमा प्रेस चौतारीको कमजोर हालत देखियो । जित्ने पत्रकारभन्दा आफ्नै भाइ, भारदारलाई टिकट दिएर प्रेस चौतारीका नेताहरूबीच बोलचाल बन्द गराएका छन् । सहयात्रीहरूको मर्यादासमेत चौतारीको नेताबाट राखिएन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको पक्षमा दोलखाली पत्रकार इन्द्रणी बस्नेतले भेला गराएका थिए । तर, सञ्चारमन्त्रीको तहबाट गरिदिनुपर्ने काम पनि गणेशकै कारण नगरिँदा पत्रकारहरू प्रधानमन्त्रीविरुद्ध लागेका थिए । आफ्नो व्यापार व्यवसायको बारेमा खोजी नहोस्, सञ्चार मन्त्रालयअन्तर्गतको कामको पनि आलोचना नहोस् भन्ने पार्वत चाहना थियो । त्यसैले दोलखामा पत्रकार र राजनीतिक खेमाका पत्रकारलाई बोलाएर उनले खाना खुवाएका थिए । नेपालमा विज्ञहरू छन् यस विषयमा ज्ञान भएका पनि छन् । तर, बालुवटार र सिंहदरबारमा एडिबीको विचौलिया, क्रिश्चियनको दलाली भएको, मौकाअनुसार छेपारोले रंग फेरे जसरी रंग फेर्दै हिँड्ने सूर्य थापाहरूले प्रधानमन्त्रीको बदनाम गरेका छन् । क्याम्पस पढ्न प्युठानबाट काठमाडौं आउँदा उनको संगठन भनेको अनेरास्ववियु थियो । पत्रकार बनेर बाँच्न उनी कांग्रेस पार्टीको ‘पुनर्जागरण’ साप्तहिकबाट एमालेको ‘दृष्टि’ हुँदै ‘बुधबार’मा पुग्दा उनी झलनाथ, बामदेव हुँदै ईश्वर पोखरेलमार्फत ओलीसम्म पुगेका हुन् सूर्य थापा । उनी यतिखेर ईश्वर पोखरेलको सहयोगमा बालुवाटार प्रवेश गर्न सफल भएका हुन् । प्युठानमा बामदेवविरुद्ध एलान गर्ने सूर्यजस्ता व्यक्ति हुन नसक्दा डा.कुन्दन अर्यालको प्रेस सल्लाहकार पद गयो । डा.अर्याल र थापाबीच योग्यता क्षमताको त के राजनीतिको तुलना नहुनु पर्ने हो । चन्द्र रिजालबाट पर्यटन क्षेत्र छिरेका थापाले केही पत्रपत्रिकामा लेख लेख्ने गरेका थिए । उनी प्रधानमन्त्री ओलीपछि कता लाग्छन्, पत्रकारहरूबीच नै चासो सुरु भएको छ ।
ट्रेड युनियनको लोगो भजाएर मजदुरको रगत र पसिना बेचेर भित्र्याइएको डलर हजम गर्न सफल विष्णु रिमाल क्रिश्चियनको पैसाले प्रधानमन्त्रीको राजनीतिक सल्लाकारसम्म पुग्न सफल भए । नेपालको भन्दा विदेशीको सेवक बन्ने डा.राजन भट्टराई एडिबीकै विचौलिया हुन् । चाकडी गरेर नै एमालेको राजनीतिमा उचाइ लिएका पात्रहरूले प्रधानमन्त्रीको इज्जत कहाँ कति बदनाम गरे गोकुल बाँस्कोटा, महेश बस्नेत, कर्ण थापाजस्ता नेताहरूले मूल्यांकन गरेको होलान् ? तर, अहिले प्रधानमन्त्रीबाट निराश भएका छन् । किनकी उनीहरू आफँैले आफैँलाई मन्त्री नियुक्त हुने प्रचार गराएका थिए । प्रधानमन्त्री ओलीको नाम भजाएर खाने कारण यस्तै हो ।