बादल समूह पनि भाँडिदै

राजनीति

काठमाडौं । मानिसलाई उल्का ग्रहले सबैतिर सताउँछ । ग्रह शान्तिको लागि ज्योतिषशास्त्रले पनि काम गर्दैन । समय आएपछि नफाप्ने हुन्छ, सप्रने होइन बिगार गर्छ, यस्तै नक्षेत्र राजनीतिमा पनि हुन्छ । माओवादी भत्कायो, एमाले चोइट्याउने खेल भारतीय गुप्तचरले चलायो । प्रधानमन्त्रीले पार्टीका १२१ जनाको मत पाएनन् । यहाँ चलखेल सिआइए र रअ कै थियो । नेकपामा माओवादीलाई हटाइयो भनेर प्रधानमन्त्री ओलीका विश्वासपात्रहरू रमाए । तर, आफ्नै पार्टी प्वाल परेको पत्तो भएन । सत्ताको लागि राजनीतिक गतिविधि र प्रक्रिया प्रयोग भएकै छ । ओलीलाई साथ दिए पनि माओवादीबाट गएका ढाक्रेको अर्थ संसदमा छैन ।
माओवादीको पाँचकौरको हालत पतला छ । रामबहादु्र थापाले चुनाव हारे । मणी थापा सांसद थिएनन् । दावा लामा चुनाव हारेका व्यक्ति थिए, तर पनि खेलकुदमन्त्री भए । संकट त टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीलाई भयो । प्रभु शाह प्रधानमन्त्री केपी ओलीसँग रिसाएका छन् । बादलले श्रीमती नैनकला थापा र ज्वाला सिंहलाई मन्त्री बनाए । अरु हेरेको हेरेकै भए । आसा त तिनले पनि गरेका थिए । पाँच जनालाई मन्त्री दिनुपर्छ जो सांसद भए । तिनले मन्त्री पद पाउने आस गर्नु नौलो कुरा पनि थिएन ।
तर, मन्त्री पाए नैनकला र ज्वालाले । तिनको काम भनेको झण्डा हल्लाउने र कुद्ने मात्र हो । किनकी प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्रीलाई स्वविवेकीय अधिकार पूरा गर्नु त पर जाओस् आफ्नो निर्णय स्वीकार्न बाध्य पार्छन् । मन्त्रिमण्डलमा क्षमता, योग्यताभन्दा गुटको भक्तिगानले नै बढी महत्व पाएको विगतले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *