ईश्वरको योजनामा विश्वलाई बाइपास थपिए आइजिपीका दाबोदार

समाचार

काठमाडौं । प्रहरीभित्र एक्लै एआइजी बनाएर भ्रष्टाचार गर्ने नेता ईश्वर पोखरेल कार्यबहाक प्रधानमन्त्री बनेको मौका छोपी नेपाल प्रहरीको डाडु–पन्यू लिएका विश्वराज पोखरेल अब भने साँचोमा पर्दैछन् । आइजिपी शैलेश थापाको योजना राजनीतिक दबाब नझेल्ने अडानका बीच नेपाल प्रहरीलाई पछिल्लो पटक महेश बस्नेतहरूको दबदबा सहन परेन । भन्न त बस्नेतले आइजिपी पद थापालाई आफैँले दिएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र, बस्नतेलाई जसपा फुटाउन डा.प्रदीप यादवलाई अपहरण काण्ड पनि लागेको थियो । महेशले आफ्नो स्थिति बिगारे, किसन श्रेष्ठ, पूर्वआइजिपी सर्वेन्द्र खनालको प्रतिष्ठा पनि माटोमा मिलाई दिएकै छन् । पोखरेल प्रतिस्पर्धीविहीन आइजिपी बन्ने दाउमा थिए । तर सफल भएनन् ।
थापाको अवकाशसँगै प्रहरीको आइजिपी बन्ने बाटो खोलेको छ । जेष्ठताको आधारमा विश्व पोखरेल नै हुन् । कांग्रेस पनि हुने, एमालेको नेता ईश्वर पोखरेल काका नै पर्ने भएपछि विश्वको दिन कसो नआउला ! कांग्रेसका खुमबहादुर खड्काले वैकल्पिकमा छानिएका २१ जना निरीक्षकहरूलाई वैधता दिए । त्यही भीडमा थिए विश्व पोखरेल र सहकुल थापा । पोखरेलका प्रतिस्पर्धी रविन्द्र धानुक, धीरज प्रताप सिंहहरू पनि प्रदेश चलाएर राजधानी आएका छन् । यो टीममा निरीक्षकबार्ट प्रवेश गरेका धेरै नेपाली कांग्रेसका सदस्य थिए । रविन्द्र धानुकलाई लोकेन्द्रबहादुर चन्दले तत्कालीन गृहमन्त्री खड्कालाई भनेर निरिक्षक बनाएका थिए । आर्थिकरूपमा धानुक र धिरज मात्र होइन प्रहरीको जिल्ला कमाण्ड गरेका कोही पनि शुद्ध छैनन् । विश्व पोखरेल विराटनगरको कमाण्ड गरेर काठामाडौं कमाण्ड पनि गरे । उनले प्रहरीको प्रबन्ध, भौतिक पूर्वाधार, लेखा प्रशासन सबैतिर भ्याएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँग ससुरालीको साइनो हुनुले पनि पोखरेलको पहुँच बढेको छ । ईश्वर पोखरेलको योजना एमालेलाई पुरानै ठाउँमा ल्याएर बहुमतको सरकार बनाउने, आफू प्रधानमन्त्री ओलीको उत्तराधिकारी बन्ने दाउ थियो । आफ्नो दाउ पूरा गर्न ईश्वरले विश्वलाई एक्लो एआइजी बनाएका थिए । तर, अब एकजना एआइजी थप्ने तहमा सरकार पुग्दा गृह सचिव र आइजिपीको जिल्लावासी स्व.जगनाथ आचार्यको सिफारिसमा निरीक्षक बनेका सहकुल थापा पनि एआईजी थपिएका छन् । उनी पनि वैकल्पिक निरक्षक हुन् । पहिले थापाको कमाण्डमा रविन्द्र धानुक, धिरज प्रतापको टोलीले विश्वलाई एआइजी बन्न नदिन ब्रिफकेश बोकेर हिँडेका थिए । त्यसको कमाण्ड सहकुलले गरेका थिए । अहिले तीनै थापा एआइजी भएका छन् ।
समाचार सूत्रका अनुसार विश्व पोखरेल एक्लो एआइजीबाट बढुवा हुँदा भोलि एमालेलाई भन्दा कांग्रेसलाई सहयोग हुनसक्ने भएकाले ईश्वर पोखरेलेको डिजाइनमा सहकुल थापालाई अगाडि सार्ने तयारी ओली सरकारले गरेको हो । थापालाई आइजिपी शैलेश थापाले पनि साथ दिँदै आएका छन् । उनी आइजिपीका विश्वास पात्र भएकाले प्रहरीको भौतिक पूर्वाधारको जिम्मा दिइएको छ । प्रहरीमा भ्रष्टाचारको महाभारत प्रबन्ध र उक्त शाखाबाट नै हुने गर्छ । देशभरका प्रहरीको लत्ताकपडा, मिसनको गाडीदेखि, झुलसम्म, रासनदेखि सम्पूर्ण खरिद प्रबन्धले हेर्छ । त्यस्तै भौतिक पूर्वाधारका कुरामा पनि आचमौले हेर्छ । यी दुवै ठाउँमा आइजिपीले विश्वासी मान्छेको खोजी गर्नु अनौठो होइन ।
०००
दियालो फुडल्याण्डमा पौडेल समूहको भेला
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी भइरहँदा सभापतिको सात उम्मेदवार बन्ने चर्चा छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सकस उत्पन्न हुँदैछ । देउवा, पौडेल र कृष्ण सिटौलाको अलग–अलग मोर्चा १३औँ महाधिवेशनमा बनेको थियो । कृष्ण सिटौलाले देउवालाई सहयोग गरेका थिए । त्यसकारण पौडेल पराजित भए । अहिले रामचन्द्रको मोर्चा छिन्नभिन्न भएको छ । पौडेललाई पहिला सहयोग गरेका प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा. शेखर कोइराला मात्र थिएन डा. रामशरण महत र अर्जुननरसिंह केसीले समेत यसपटक साथ नदिने अवस्था सिर्जना भएको छ ।
सभापति देउवाकै साथ लिएर उपसभापति र महामन्त्रीसम्म भएका विमलेन्द्र निधिको आधार पनि देउवाकै टिम हो । पौडेललाई कोषाध्यक्ष सीतादेवी यादवले सहयोग गरेर मात्र पुग्दैन । पौडेललाई तनहुँका नेताले सहयोग गर्ने छैनन् । अरुका अगाडि साधु बन्ने गर्छन । सत्ताको फाइदा लिँदा कार्यकर्ताभन्दा आफ्ना सम्धी र छोरालाई राजनीतिक नियुक्ति दिएर उनी चर्चामा आए । शुशील कोइराला प्रधानमन्त्री हुँदा पौडेलले ठूलै फाइदा लिएका थिए ।
यसैबीच कांगे्रसको क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन । विवाद समाधानका लागि समिति नै गठन गरिएको छ । उक्त समितिले विवाद समाधान गर्न सहयोगका लागि पदाधिकारीलाई आग्रह गरेको छ । रमेश लेखक त्यो समितिका संयोजक छन् । भिष्मराज आङदेम्बेले संयोजक पद त्यागेका कारण लेखकलाई बोझ थपिएको हो । उनी सभापति देउवाका विश्वास पात्र हुन् ।
०००

एमालेको महाधिवेशन आयोजक समिति आज भंग
काठमाडौं– नेकपा एमालेको आन्तरिक झगडाको बिन्दु १०औँ महाधिवेशन आयोजक कमिटी आज भंग हुँदैछ । पार्टी एकतालाई ०७५ जेठ २ गतेको अवस्थामा पु¥याउने र पुरानै स्थायी समितिको बैठक बोलाउने दायित्व भने अध्यक्ष केपी ओलीको काँधमा छ । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमको जोड विभाजित एमाले मात्र होइन माओवादीलाई समेत एकतामा ल्याउने छ । पार्टी एकता आफ्नै नेताको पहलमा भएको थियो अदालतले विभाजित गरे पनि पुनः एकता गर्ने दायित्व अध्यक्ष ओलीको काँधमा छ । आज बालुवाटारको बैठकले गर्ने निर्णयलाई पार्टी एकता चाहने कार्यकर्ताले प्रतिक्षा गर्दै छन् ।
ओली नगन्ने माधव नमान्ने
पार्टी सरकारमा छ । एमालेको ओली समूह विदेशीको इसारामा चलेको छ । नेपालको राष्ट्रवादी शक्ति एकजुट भएर भारतीय विचौलिया बन्न लज्जित भएन । वामपन्थी शक्तिको गठबन्धन तोडेर मधेसी दललाई लिएर बिहारी पथमा लागेका प्रधानमन्त्री ओलीलाई संसदभन्दा अध्यादेश प्यारो भएको छ । अध्यादेश निरंकुशताको बाटो हो । लोकतन्त्रले नै मुलुकको एकता बलियो बनाउँछ । तर, संघीयताविरोधी ओली लोकतन्त्रको पनि विरोधी बन्दैछन् ।
प्रधानमन्त्री ओलीले चुनाव जित्न माओवादी मिलाएर बहुमतको सरकारको नेतृत्व गरे । तर, कम्युनिस्ट आचरण सिद्धान्तको कतै कार्यान्वनय गर्न ध्यान दिएन । एक दलीय तानाशाह बन्न प्रत्येक मन्त्रालयमा हस्तक्षेप गरे । गुप्तचर, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग आफैँमा मातहतमा राख्ने निर्णय गरे । तर, प्रगति भने शून्य भयो । यसबारेमा प्रमलाई ध्यान भएन । नीतिगत भ्रष्टाचार र गुटबन्दी ओलीको प्राथमिकतामा प¥यो । प्रधानमन्त्रकिो व्यवहारले पार्टी फुटाइयो । सर्वोच्च अदालत प्रयोग भयो, राष्ट्रपतिले संसद विघटन गर्न र लोकतन्त्रमाथि आक्रोश पोख्न सक्रिय भइन ।
एमाले विभाजन गर्न ओली खेमा लागेका हुन् । उनले एकताभन्दा विभाजनलाई जोड दिएपछि माधव पक्षले विद्रोह ग¥यो । त्यो विद्रोह सैद्धान्तिक हो वा पद तथा स्वार्थ केन्द्रित हो, निर्णय भएको छैन । पार्टी विभाजन ओलीले ०५४ सालमा पनि गराए । सूर्य चिह्नकै नाममा कार्यकर्ता लस्कर लाग्छन भन्ने छैन ।
प्रधानमन्त्रीले कुर्सी त्याग्न पर्ने बेलामा बरु कुर्सी हल्लिने हो कि भन्ने त्रासमा रहेका छन् । ६ महिनामा दुई पटक संसद भंग गर्नु नै प्रमको कुर्सी मोह भएको प्रमाण हो । एमालेको नाममा ओलीलाई तीन वर्षसम्म सहयोग गरेको माधव पक्षलाई मुख्यमन्त्री त के, विभागीय मन्त्रालयसम्म दिइएन । अरु राजनीतिक पार्टीले देख्दा पनि ओलीको मन्त्रिपरिषद समावेशी भएन । पार्टी मै ओली समूहको स्थायी समितिमा महिला, जनजाति क्षेत्र परेन । बिग्रेको पार्टी मिलाउन दोस्रो पुस्ता सक्रिय छन् । यो पुस्ता निर्णायक होइन । ओली आफ्ना गल्ती स्वीकार्न नसक्ने, माधव नेपाल गल्ती स्वीकार गरी आत्मालोचना गर्न दबाब दिने, यही झमेला एमालेमा भएको छ ।
लोकतन्त्र तथा विधिको शासन, राष्ट्रियता र संविधानको रक्षा अहिलेको प्रमुख मुद्दा हो । बिहारीलाई नेपाली नागरिकता दिएर नेपाली राष्ट्रिय स्वाभिमान बच्दैन । जसरी ओलीले सिंगो देशलाई गुटबन्दीमा लगे, सरकारी नियुक्तिमा पनि एकलौटी गराए । पार्टीको ख्याल गरेनन् नेतासँग समन्वय गरेनन्, आफ्नो निर्णयलाई प्रश्न उठाउनेलाई पेल्ने र सिध्याउने, भ्रष्टाचारी, माफियालाई बचाउने काममा प्रम ओलीले प्राथमिकता दिएको सबैलाई जानकारी छ । तर, ओली भ्रष्टाचारको विरोध गर्छन् माफियासँग मिलेर देशको राजस्व डुबाउँछन् । देश हित नहुने अमेरिकी सहयोग एमसिसी भित्र्याउन जोड दिन्छन् । यिनको यो खेलमा माधव पक्ष सहभागी छैन । कसरी मिल्छ नेकपा एमाले ? जहाँ ओलीले दुई तिहाइको शक्ति पूरै अल्पमतको सरकारमा पु¥याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *