मुद्रण विभागका महानिर्देशकको ‘ध्रुवे’ प्रवृत्तिले कर्मचारी आतङ्कित !

प्रशासन

काठमाडौं । पद र पावर पुगेपछि मान्छे अन्धो हुन्छ । उसलाई शक्तिको घमन्ड पलाउने गर्छ, यस्तै घामट र तानाशाह एक हाकिमका कारण अन्याय भुक्तमान गर्न विवश कर्मचारीहरूको पीडा हो यो । यस्तै तानाशाह हाकिमका कारण सिंहदरबारभित्रका दर्जनौँ कर्मचारीले सास्ती खेपेका छन् । त्यस्ता तानाशाह हाकिम हुन ध्रुवराज पोखरेल, उनी मुद्रण विभागका हाकिम । उनकै कारण सो विभागमा कार्यरत साना तहका कर्मचारीहरू पर्नुसम्म मारमा परेको गुनासो अहिले सिंहदरबार परिसरतिर सुन्न पाइन्छ ।
कोरोनाको दोस्रो लहर फैलिएर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सरकारले सकेसम्म आलोपाले गरेर कर्मचारी कार्यालयमा उपस्थित हुने, नभए वर्क फर्म होम (घरबाटै काम गर्ने) निर्णय ग¥यो । पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन सरकारले निर्देशन दियो । कार्यालय प्रमुखले कोभिड काज दिनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको थियो । राजपत्रमै सो सूचना प्रकासन भयो । राजपत्र मुद्रण विभागले नै प्रकासित गरेको हो । तर, विभाग आफैँले प्रकासित गरेको राजपत्रलाई बेवास्ता गरी मनपरी नियम लाद्दा त्यहाँ कार्यरत कर्मचारीहरू मारमा परे । एकातिर सरकारी नीति निर्णय यस्तो हुन्छ भने अर्कोतिर नेपाल सरकारकै विभागहरूमा हाकिमहरूको मनमौजी चल्यो, कानुन कार्यन्वयन गर्नुपर्नै हाकिमले नै साना कर्मचारीमाथि कारबाहीको कोर्रा बर्साए । आतंक मच्चाए । उनले राजपत्रमै प्रकासित सूचना, सरकारको निर्देशनको खिल्ली उडाउँदै कर्मचारीलाई कोभिड काजको सट्टा घरबिदा लिन भने । सञ्चित बिदा १८० दिन नपुगेका कर्मचारीहरू मारमा परे । राजपत्रकै निर्देशनसमेत बेवास्ता गर्दै त्यहाँका महानिर्देशकको ज्यादतिका कारण मुद्रण विभागमा कार्यरत केही कर्मचारी दैनिक २६ किमी दूरी पैदल नापेर सिंहदरबारस्थित कार्यालय प्रवेश गर्न बाध्य भए । अवकासको मुखमा रहेका कर्मचारीको पेन्सन गोलमाल पारियो । धु्रव पोखरेलको यो आतंकबाट प्रताडित कर्मचारीमध्येको एक हुन्, श्रीकृष्ण श्रेष्ठ ।
यस्तै विभागकै मुद्रण अधिकृत विमला कोइरालालाई पनि संक्रमण अवधिभर काज दिइएन, घरबिदा लेख्न भनियो ।
हाकिमका कारण सास्ती भोग्नेहरूको सूचीमा पर्छन्, मुद्रण सहायक भागिरथी अधिकारी र शारदा वाग्ले अनि कार्यालय सहयोगी लक्ष्मी राना । भक्तपुर सूर्यविनायभन्दा भित्रबाट लक्ष्मी नियमित हिँडेरै सिंहदरबार पुगिन् । कपनभन्दा माथि बसोबास गर्ने भागीरथी र शारदाले पनि त्यसरी नै सिंहदरबारको जागिर थेगे । मुद्रण विभाग, जसले सरकारी सूचना, अर्थमन्त्रालयले तयार पारेको बजेट तथा आवश्यक सुरक्षा मुद्रण गर्छ । अत्यावश्यक सेवा भएकाले बिदा बस्न नपाइने महानिर्देशक ध्रुवकुमार पोखरेलले निर्देशन दिए । त्यसैले उनीहरू दैनिक २६ करिब किलोमिटर यात्रा गरी कार्यालय आउजाउ गर्न बाध्य भए । त्यहाँका हाकिमले न्यूनतम मानवीय व्यवहार नदेखाइदिँदा उमेर हद लागेर अवकासको मुखमा पुगेका कर्मचारीको निवृत्ति भरणमै तलमाथि परेको छ । ५८ वर्षको उमेरहद लाग्ने अवस्थामा पुगेका विभागका कर्मचारी श्रीकृष्ण कण्ठलाल श्रेष्ठ उमेर अवधिका कारण अनिवार्य अवकासमा परे । लामो समय मुद्रण विभागमा वरिष्ठ मुद्रण सहायकका रूपमा कार्यरत उनलाई कोरोना संक्रमणको समयमा कार्यालय उपस्थित हुन नसक्दा घर बिदा लिन बाध्य पारियो । भक्तपुर ख्वपः इन्जिनियरिङ कलेज नजिकै घर भएका श्रेष्ठ निषेधाज्ञामा सिंहदरबारसम्म कसरी आउन् ? आएनन् । पेन्सनमा पुगेको अवस्थामा समेत कोभिड बिदाको सट्टा सञ्चित घर बिदा कट्टा गरिदिँदा आफ्नो निवृत्ति भरणमा नै फरक परेको श्रेष्ठले गुनासो गरे । मुद्रण अधिकृत दीपक न्यौपानेकी श्रीमतीको कोरोना रिपोर्ट पोजेटिभ आयो । श्रीमतीलाई कोरोना पुष्टि भइसकेपछि न्यौपाने पनि १२ दिन होम आइसोलेसन बसे । उनले विभागका महानिर्देशक पोखरेललाई यसबारे सुरुमै जानकारी गराएका थिए । श्रीमतीलाई कोरोना पुष्टि भइसकेपछि कार्यालयमा उपस्थिति भएर बिदा स्वीकृत गराउनु स्वास्थ्य मापदण्डविपरीत हुन्थ्यो । आइसोलेसनको अवधि पूरा गरी कार्यालय आउँदा हाजिरीमा घर बिदा उल्लेख गरेको पाए । यस्तै, विभागकै अर्का अधिकृत बलराम चौधरी कोरोना संक्रमित भएर २६ दिन होम आइसोलेसनमा बसे । त्यस अवधिको आधा कोभिड बिदा र आधा घर बिदा जनाइयो । हाकिमको यो छुद्र व्यवहारप्रति त्यहाँकै कर्मचारीहरूले चाहिँ धु्रवे हात्तीको संज्ञा दिएका छन् ।
उसो त ध्रुव सो कार्यालयमा हाजिर हुनुपूर्व सूचना तथा प्रसारण विभागको निर्देशक, उनकै ज्यादतिका कारण त्यहाँबाट शाखा अधिकृत प्रवीण कटुवाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र रूपा वि.क. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएर हिँडेका हुन् । हाल विभागकी निर्देशक सुमन बज्राचार्यसँग पोखरेलको सम्बन्ध कहिले पनि हार्दिक नरहेको त्यहाँका कर्मचारीहरू सुनाउँछन् ।
त्यहाँबाट उनी पोखरा महानगरपालिकाको पुग्दा अनलाइनमा राजस्व अपचलन गर्ने कर्मचारीलाई कारबाहीको सट्टा पुरस्कृत गरेर आलोचित भए । सरुवा भएर फेरि गृहमा पुगे । सिडियो खान गृह गएका उनको नाम बीचमै काटिएर मुद्रण विभागतिर हालिएको थियो ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *