नैतिक संकटमा माधव पक्ष

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन गराएपछि नेकपा एमालेको अस्तित्व संकटमा फसेको छ । एमालेलाई गुटको पेरीफेरिबाट मुक्त गराएको भए यो बेला नेकपा एमालेभित्र आन्तरिक द्वन्द्व आउने थिएन । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थमा दुई पटकसम्म संसद भंग गराए । पहिलो पटक भंग संसद गत फागनु ११ गते सर्वोच्च अदालतले स्थस्र्थापना गरिदिएको थियो । जहाँ प्रधानमन्त्री ओलील्े विश्वासको मत गुमाएका थिए । त्यहीबेला प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो, यदि त्यसो गरेको भए पार्टीमा यो स्तरको द्वन्द्व चर्किने थिएन । ठूलो पार्टीको हैसियतमा ओलीले पार्टीका अरु नेतालाई प्रधानमन्त्रीमा अगाडि सारेको भए यो तहको विवाद हुने थिएन ।
पार्टीमा फरक विचार हुन्छन्, प्रधानमन्त्री ओलीले वामपन्थीहरूभन्दा भारतीय संरक्षणमा राजनीति गरेकाहरूलाई काखी च्यापे । मौका पर्दा ३९ लाख भारतीयलाई नेपाली नागरिकता दिने महन्थ ठाकुर, राजेन्द्र महतो पक्षको सहयोग लिएर सरकार चलाउन खोजे । जसका कारण जनता समाजवाद पार्टी पनि फुटको संघारमा छ । कामचलाउ सरकारलाई बारम्बार मन्त्रिपरिषद गठन गर्न कानुनले दिँदैन भन्ने हेक्का पनि ओली खेमाले वास्ता गरेन । एमालेबाट एमाले पिल्सिने, पेलिने, महासंकट निम्त्याउने काम भयो । अहिले नैतिक संकट ओली र माधव दुवैतिर तरेली परेको छ । एमाले नेतृत्वको सरकार गिराउन विपक्षसँग लागेका माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेको कुरा अहिले निकै पेचिलो भएको छ । ओलीभन्दा नेपाल पक्षले हस्ताक्षर फिर्ता गर्नुपर्छ । नेपाल पक्षले अदालतको पैmसलाले हस्ताक्षको विवाद स्वतः अन्त्य गर्ने बताएको छ, यसमा दुई मत छैन । तर, हस्ताक्षर प्रकरण एकले अर्कोलाई घोचपेच गर्ने माध्यम बन्दै छ । ओलीद्वारा खडा गरिएको संकट ओलीले नै संसद भंगको सिफारिस फिर्ता गरिदिए एमालेको अरु कुनै नेतालाई प्रमको उम्मेदवार बनाएको भए यो अवस्था आउने थिएन भन्ने विश्लेषण पनि गरिएको छ । संघीय सरकारले सिकाएको ज्ञान प्रदेशले लिएकोले कर्णाली प्रदेशमा लडाइँ छ । नेपाल पक्षकै कारण सुदूपश्चिमको सरकार टिकेको छ । लुम्बिनी प्रदेशमा नेपाल पक्षविना नै विपक्षी गठबन्धन बलियो छ । कर्णाली प्रदेशमा एमालेको संस्थापन पक्षले संसद चल्न दिएको छैन । गण्डकीमा एमालेको सत्ता गुम्यो । वाग्मती र प्रदेश १ मा अस्थिरता जाग्दो छ । कम्युनिस्टको नाममा पाएको जनमत बचाउन चासो नदिने सत्तामा जो छ त्यही हो । नेपाल पक्षलाई दोष थुपारेर ओली समूह साधु बन्दै छ । सामूहिक नेतृत्व त्याग्ने जो हो कमजोरी उसकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *