गिरीले हटेपछि राजेन्द्र आतंकित

राजनीति

काठमाडौं । स्थानीय सरकारजस्तो सिंहदरबारको भित्री मागमा प्रभाव पार्दैन । डोको थापेर एउटै फाइलमा भ्रष्टाचार गर्नहरू सिंहदरबारमा धेरै छन् । तीनकै देखासिकी गरेका स्थानीय तहमा भ्रष्टहरूलाई शैक्षिक योग्यताको ख्याल नगरी धमाधम दलको झण्डा ओढाउने काम भएको छ । सरकारले काठमाडौंको पश्चिमी क्षेत्र चन्द्रागिरी नगरपालिकासँग तत्कालीन रामकोट भिमढुंगा स्वीचाटार इचंगुनारायण गाउँपालिका जोड्यो । भ्रष्टाचारीलाई राम्रै भो
आठ कक्षा पास गरेका व्यक्ति गाउँपालिकामा हुँदा जागिरमा प्रवेश गरेकाहरूलाई शैक्षिक योग्यताको सोधिखोजी छैन । एमालेका नेता राजेन्द्र पाण्डे स्थानीय विकासमन्त्री हुँदा जिविसबाट नियुक्ति भएका कर्मचारीले स्थानीय हुन पर्ने आन्दोलन गरे । उनीहरूसँग मन्त्रालयले सम्झौता गरी स्थानीय नियुक्ति गर्नुपर्ने निर्णय भएको दुगर्ति अहिले नागार्जुन नगरपालिकाले भोग्दै छ । सो नगरपालिकामा आठ कक्षा पास गरेका राजेन्द्र गौतम राजस्व प्रमुख बनाइए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीका पिए गंगाधर गौतमको सुझावमा नगरप्रमुखले गौतमलाई राजस्व प्रमुख र गिरीलाई सामाजिक विकास प्रमुख बनाइयो । शैक्षिक योग्यता नभएकै कारण भ्रष्टाचार केसमा गिरीको जागिर गयो । एमाले छाडेर कांग्रेस भएका राजेन्द्र गौतमलाई अहिले छटपटी हुन थालेको छ । उनको शैक्षिक योग्यताको बारेमा असार १५ गते अख्तियारमा मुद्दा दर्ता भएको छ । राजेन्द्रले छोरालाई कांग्रेस बनाए । स्वार्थमा दुब्दै गर्दा स्थानीयबाट पर्यटनमा सरेका रुद्रसिंह तामाङसमेत जोडिएका छन् । तामाङ स्थानीयको प्रवक्ता हुँदा राजेन्द्र गौतमको जगजगी थियो । स्वीचारटारका नागरिकले भ्रष्टाचार गरेर कमाएको धनमा अख्तियार नलागोस् भन्दै गर्दा रक्सीको होलसेल पसल २ वटा गाडी गौतमको देखिन्छ । पत्रिका सम्पत्तिबाहेक जोडिएका घडेरीको समेत छानबिन नभएको खण्डमा उनले आयस्रोत के देखाउलान् ? गौतमजस्तै आठ कक्षा पास गरेका दुई जनालाई वडा सचिव बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *